सम्मानित आदेश
०८ पौष २०८०
•
१ मिनेट पाठ
सम्मानित आदेश
आफ्नै घरभित्रबाट मालिकको कठालो तान्दै गरेको देखेर मूल ढोकाले घृणाको भावले हेर्दै भन्यो,‘धत् बेमान! यत्रो विलासी घर बनाइस्। इमानको जग नै रहेनछ। जा अब कालो मुख लगाएर।’




उसले बगलीबाट सेतो रुमाल झिकेर आफ्नो मुख छोप्यो र लुरुक्क प्रहरीको भ्यानभित्र पस्यो। भ्यानको कालो सिसामा हेर्‍यो। अनुहारमा कालो पोतिएको देख्यो।

उसको मनले भन्यो, ‘धिक्कार तेरो बुद्धि! यत्रो अकुत थुप्रो लागेकै थियो। लोभले जात फालिस्।’

नमिठो साइरन बजाउँदै भ्यान दौडियो। उसको कानले यति नजिकैबाट यस्तो कर्कश आवाज कहिल्यै सुनेको थिएन। भ्यान एउटा ठुलो गेटभित्र पस्यो र रोकियो। चारैतिर सुरक्षाकर्मी तैनाथ थिए। अभिवादनमा कसैको हात उठेनन्। ऊ झसङ्ग झस्कियो। टाउको निहुराउँदै ओर्लियो। भुईको खुट्टाले टाउको तर्फ हेर्दै भन्यो, ‘खै रातो कार्पेट? थुक्क तेरो स्वाभिमान!’

सुरक्षाकर्मीहरूले पाखुरा समातेर भित्र लगे। कुर्सीमा राखेर केरकार गर्दै भने, ‘ल अब सबै कालो ओकल्नुस्।’

ऊ भएभरको कालो ओकल्दै थियो। घाँटीमा केही अड्केको महसुस गर्‍यो।

पेटले भन्यो, ‘हैट, यस्तो  नपच्ने गरी के घिचेको, घाँटी हेर्नु पर्दैन!’

अनुसन्धान अधिकारी झोला थापिरहेका थिए। ऊ कालो ओकलिरहेको थियो। अकस्मात् अधिकृतको मोबाइलमा घण्टी बज्यो। उताबाट निर्देशनको कडा आवाज आयो, ‘सम्मानित ठाउँबाट सम्माननीयको आदेशबमोजिम माननीयज्यूलाई सम्मानपूर्वक सेतो कारमा रातो माला लगाएर मूल ढोकामा छोडेर आउनु।’
अर्को समाचार
पाँच दशकदेखि सहकार्य गरेको स्मरण गर्दै खनालले भने : माधवले मलाई पार्टी छाड्न आदेश दिए
१८ साउन २०८२
•
१ मिनेट पाठ
पाँच दशकदेखि सहकार्य गरेको स्मरण गर्दै खनालले भने : माधवले मलाई पार्टी छाड्न आदेश दिए
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीभित्रको वैचारिक सङ्घर्षलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।




काठमाडौं शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको महाधिवेशनबाट पारित भएको समाजवादको वैचारिक नीति तथा कार्यक्रम हालसम्म नेतृत्वतहले ल्याउन नसकेको बताए। महाधिवेशनबाट अनुमोदित दस्ताबेज वङ्ग्याएर प्रकाशित गरिएकाले सैद्धान्तिक विषय ओझेलमा परेको उनको भनाइ छ।

पार्टीभित्र देखिएका समस्याबारे सचिवालयदेखि स्थायी समितिसम्म छलफल गर्नुपर्नेमा नेता खनालले जोड दिए। उनले भने, 'पार्टीभित्रको वैचारिक सङ्घर्षलाई छलफलमार्फ सम्बोधन गर्नुपर्छ। पार्टीको बैठकमा समस्या समाधानका विकल्पहरू खोज्नुपर्छ।'

पार्टी अध्यक्ष माधव नेपालसँग करिब पाँच दशकदेखि सहकार्य गरेको स्मरण गर्दै नेता खनालले भने, 'उहाँले मलाई पार्टी छाड्न आदेश दिनुभएछ, आफू र अध्यक्षबीचको विवाद व्यक्तिगत नभइ वैचारिक र सैद्धान्तिक हो। एमालेबाट विद्रोह गरेको चार वर्ष हुँदा पनि औचित्य स्थापित गर्न नसक्दा कार्यकर्तामाझ निराशा छाएकाले वैचारिक र सैद्धान्तिक स्पष्टता जरुरी छ।'

दक्षिणपन्थी अवसरवादविरुद्ध क्रियाशील रहने गरी समाजवादी पार्टी बनाउने उद्देश्यले एमालेबाट अलग भएको बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले चार वर्षमा नेतृत्वले दक्षिणपन्थी अवसरवाद परिभाषित गर्न नसक्नु दुःखद विषय भएको उल्लेख गरे।

केही दिनअघि नेता खनालले एकीकृत समाजवादी गठनको औचित्य पुष्टि गर्न नसके एमाले विभाजन गलत सावित हुने अभिव्यक्ति दिएपछि पार्टीभित्र विवाद उत्पन्न भएको हो।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २६ सेकेन्ड अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस