खाना खाँदै थिए, आमाले भन्नुभयो
‘रमेश काकाको छोरा पनि विदेश गएछ नि।’
अस्ति भर्खर मिल्ने साथीलाई विमानस्थल पुराएर आएको म
सोचेँ आज फेरि एउटा युवा विदेश उडेछ।
फेसबुक खोलेर हेर्छु।
कसैको विमानस्थलमा बिदाईको फोटो,
कोही विदेशमा दुख गर्दा गर्दै
एकछिन रमाएको फोटो,
कि त कोही आफ्ना मिल्ने मान्छेसँग
अन्तिम पटक रमाइलो गरिरहेको फोटो,
अनि फेरि सोच्छु,
हो यो पनि विदेश जान लागेछ।
विदेशमै भएको आफ्नो दिदीलाई
फोन गरेर सोधेँ,
‘तलाई देशको याद आउँदैन रु’
उसले भनिन्,
‘आमाले पकाउनुभएको कालो दाल, भात र आचारको याद आउँछ
तर देशको याद आउँदैन।’
‘खाजा खान ५० रुपिया माग्दा,
बुवाले दिएको १०० रुपिया याद आउँछ
तर देशको याद आउँदैन।’
‘गुरुले पढाउँदा साथीहरुसँग
कक्षामा हल्ला गरेको याद आउँछ
तर देशको याद आउँदैन।’
‘त, म र दाइ दिनभरि खेलेको आँगन याद आउँछ
तर देशको याद आउँदैन।’
दिदीले यसो भनि रहँदा, मैले पनि सोचेँ
‘याद आओस् पनि कसरी रु’
‘जुन देशमा दुर्घटनाग्रस्त क्षेत्रमा सहयोग गर्ने हातभन्दा, फोटो किच्ने हातहरु बढी हुन्छन् ,
त्यो देशको याद आउँछ कसरी।’
‘जुन देशमा क्रान्तिकारी आन्दोलनको नाममा पसल पसल लुटिन्छन्,
त्यो देशको याद आउँछ कसरी।’
‘जुन देशमा केही गर्छु भन्नेहरुले आत्मादाह गर्नुपरेको छ,
त्यो देशको याद आउँछ कसरी।’
‘जुन देशमा
म देश बनाउँछु भन्ने
व्यक्तित्वहरुमा केवल सत्ताको लोभ देख्दा,
त्यो देशको याद आउँछ कसरी।’
सोचमा डुबेको देखेर
दिदीले मलाई भन्नुभयो,
‘याद आउँछ घरको तर देशको आउदैन
‘ त्यसैले तँ पनि अब विदेश नै आइज,
त्यो देशमा बसेर केही काम छैन।’
‘रमेश काकाको छोरा पनि विदेश गएछ नि।’
अस्ति भर्खर मिल्ने साथीलाई विमानस्थल पुराएर आएको म
सोचेँ आज फेरि एउटा युवा विदेश उडेछ।
फेसबुक खोलेर हेर्छु।
कसैको विमानस्थलमा बिदाईको फोटो,
कोही विदेशमा दुख गर्दा गर्दै
एकछिन रमाएको फोटो,
कि त कोही आफ्ना मिल्ने मान्छेसँग
अन्तिम पटक रमाइलो गरिरहेको फोटो,
अनि फेरि सोच्छु,
हो यो पनि विदेश जान लागेछ।
विदेशमै भएको आफ्नो दिदीलाई
फोन गरेर सोधेँ,
‘तलाई देशको याद आउँदैन रु’
उसले भनिन्,
‘आमाले पकाउनुभएको कालो दाल, भात र आचारको याद आउँछ
तर देशको याद आउँदैन।’
‘खाजा खान ५० रुपिया माग्दा,
बुवाले दिएको १०० रुपिया याद आउँछ
तर देशको याद आउँदैन।’
‘गुरुले पढाउँदा साथीहरुसँग
कक्षामा हल्ला गरेको याद आउँछ
तर देशको याद आउँदैन।’
‘त, म र दाइ दिनभरि खेलेको आँगन याद आउँछ
तर देशको याद आउँदैन।’
दिदीले यसो भनि रहँदा, मैले पनि सोचेँ
‘याद आओस् पनि कसरी रु’
‘जुन देशमा दुर्घटनाग्रस्त क्षेत्रमा सहयोग गर्ने हातभन्दा, फोटो किच्ने हातहरु बढी हुन्छन् ,
त्यो देशको याद आउँछ कसरी।’
‘जुन देशमा क्रान्तिकारी आन्दोलनको नाममा पसल पसल लुटिन्छन्,
त्यो देशको याद आउँछ कसरी।’
‘जुन देशमा केही गर्छु भन्नेहरुले आत्मादाह गर्नुपरेको छ,
त्यो देशको याद आउँछ कसरी।’
‘जुन देशमा
म देश बनाउँछु भन्ने
व्यक्तित्वहरुमा केवल सत्ताको लोभ देख्दा,
त्यो देशको याद आउँछ कसरी।’
सोचमा डुबेको देखेर
दिदीले मलाई भन्नुभयो,
‘याद आउँछ घरको तर देशको आउदैन
‘ त्यसैले तँ पनि अब विदेश नै आइज,
त्यो देशमा बसेर केही काम छैन।’