स्रष्टा सम्मान गर्दै ज्योतिले मनायाे वार्षिकाेत्सव
२७ पौष २०८०
•
२ मिनेट पाठ
स्रष्टा सम्मान गर्दै ज्योतिले मनायाे वार्षिकाेत्सव
ज्योति साहित्य प्रतिष्ठानले आफ्नाे सत्रौं वार्षिकोत्सवको अनामनगर, काठमाडौंमा मनाएको छ। प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा विशिष्ट साहित्यकारहरूलाई सम्मान अर्पण र विशेष कविता वाचनको कार्यक्रम रहेको थियो।




प्रमुख अतिथि विश्व कवि प्रा तुलसी दिवस, विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकार, प्राडा गोविन्दमान सिंह कार्की र ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको उपस्थितिमा खादा र रुद्राक्षको माला लगाई घनश्याम राजकर्णिकार, डा. भरतकुमार भट्टराई र श्रीओम श्रेष्ठ रोदनलाई ज्योति साहित्य सम्मान अर्पण गरिएकाे थियाे।

त्यस्तै उनीहरूकै उपस्थितिमा खादा र रुद्राक्षको माला लगाई जलेश्वरी श्रेष्ठ र सन्ध्या पहाडीलाई ज्योति स्रष्टा सम्मान अर्पण गरिएकाे थियो।

प्रमुख अतिथि तुलसी दिवसले कार्यक्रमका सभाध्यक्ष मणिराज सिंह शारीरिक रूपले अहिले अलिक बिस्तारै हिंडे पनि साहित्यिक कार्यक्रमलाई दौडाएर नै लगेको देखेर आफू जति व्यस्त भए पनि खुसी हुँदै कार्यक्रममा आउने गरेको बताए। उनले नयाँ पिढीलाई अक्षर खेती गर्नुपर्छ र अक्षर खेती गरेर पनि निकै अगाडि पुग्न सकिन्छ भन्दै उदाहरणकाे रूपमा आफूलाई पेश गरेका थिए।

विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकारले यस्ता विशिष्ट हस्तीहरूलाई सम्मान गर्न पाउँदा आफू नै सम्मानित भएको अनुभव गरेका थिए। उनले सम्मानले स्रष्टामा थप ऊर्जा प्रवाह गर्छ भन्ने मन्तव्य व्यक्त गरेका थिए।

उक्त अवसरमा सम्मानित प्रतिभाहरूले खुशी व्यक्त गर्दै यस्ता सम्मानले थप हौसला प्राप्त भएको कुरा व्यक्त गरेका थिए।

कार्यक्रममा कविहरू- शैलेन्द्र साकार, बुद्धिमान महर्जन, नीरा श्रेष्ठ, कुमार नेपाल, रुविना राना मगर र जुमन किरणले आआफ्नो रचना वाचन गरेका थिए।

ज्योति साहित्य प्रतिष्ठानले आफ्नो सत्रौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि, प्राडा गोविन्दमान सिंह कार्की, पत्रकारहरू-राजेश खनाल, श्रीराम राई र इना महर्जनलाई मायाको चिनो प्रदान गरिएको थियो।

सम्पूर्ण कार्यक्रम सुधा मिश्रले प्रभावकारी रूपमा संचालन गरेकी थिइन्। उनले मैथिली भाषामा कविता पनि वाचन गरेकी थिइन्।

आफू यसरी नै साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिइरहने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू लिएर आउने छु भन्दै प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले कार्यक्रमलाई समापन गरेका थिए।
अर्को समाचार
स्रष्टा सम्मान गर्दै ज्योतिले मनायाे वार्षिकाेत्सव
२७ पौष २०८०
•
२ मिनेट पाठ
स्रष्टा सम्मान गर्दै ज्योतिले मनायाे वार्षिकाेत्सव
ज्योति साहित्य प्रतिष्ठानले सत्रौं वार्षिकोत्सवको अनामनगर काठमाडौंमा मनाएको छ। प्रतिष्ठानको सत्रौं वार्षिकोत्सवको अवसरमा विशिष्ट साहित्यकारहरूलाई सम्मान अर्पण र विशेष कविता वाचनको कार्यक्रम रहेको थियो।




प्रमुख अतिथि विश्व कवि प्रा तुलसी दिवस, विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकार, प्राडा गोविन्दमान सिंह कार्की र ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको उपस्थितिमा खादा र रुद्राक्षको माला लगाई घनश्याम राजकर्णिकार, डा. भरतकुमार भट्टराई र श्रीओम श्रेष्ठ रोदनलाई ज्योति साहित्य सम्मान अर्पण गरिएकाे थियाे।

त्यस्तै उनीहरूकै उपस्थितिमा खादा र रुद्राक्षको माला लगाई जलेश्वरी श्रेष्ठ र सन्ध्या पहाडीलाई ज्योति स्रष्टा सम्मान अर्पण गरी सम्मान गरिएकाे थियो।

प्रमुख अतिथि तुलसी दिवसले कार्यक्रमका सभापति मणिराज सिंह शारीरिक रूपले अहिले अलिक बिस्तारै आफू हिंडे पनि साहित्यिक कार्यक्रमलाई दौडाएर नै लगेको देखेर आफू जति पनि व्यस्त हुँदा पनि मणिराजको कार्यक्रममा आउने गरेको छु भनेर खुशी व्यक्त गरेका थिए। उनले नयाँ पिढीलाई अक्षर खेती गर्नुपर्छ र अक्षर खेती गरेर पनि निकै अगाडि पुग्न सकिन्छ भन्दै त्यसको उदाहरणमा आफूलाई पेश गरेका थिए।

विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकारले यस्ता विशिष्ट हस्तीहरूलाई सम्मान गर्न पाउँदा आफू नै सम्मानित भएको अनुभव गरेका थिए। उनले सम्मानले स्रष्टामा थप ऊर्जा प्रवाह गर्छ भन्ने मन्तव्य व्यक्त गरेका थिए। उक्त अवसरमा सम्मानित प्रतिभाहरूले खुशी व्यक्त गर्दै यस्ता सम्मानले थप हौसला प्राप्त भएको कुरा व्यक्त गरेका थिए।

कार्यक्रममा कविहरू- शैलेन्द्र साकार, बुद्धिमान महर्जन, नीरा श्रेष्ठ, कुमार नेपाल, रुविना राना मगर र जुमन किरणले आआफ्नो रचना वाचन गरेका थिए।

ज्योति साहित्य प्रतिष्ठानले आफ्नो सत्रौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख अतिथि, विशिष्ट अतिथि, प्राडा गोविन्दमान सिंह कार्की, पत्रकारहरू-राजेश खनाल, श्रीराम राई र इना महर्जनलाई मायाको चिनो प्रदान गरिएको थियो।

सम्पूर्ण कार्यक्रम सुधा मिश्रले प्रभावकारी रूपमा संचालन गरेकी थिइन्। उनले मैथिली भाषामा कविता पनि वाचन गरेकी थिइन्।

आफू यसरी नै साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिइरहने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू लिएर आउने छु भन्दै प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले कार्यक्रमलाई समापन गरेका थिए।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस