आँसु दिएर गए, सपना भुलाई सारा....
०५ माघ २०८०
•
२ मिनेट पाठ
आँसु दिएर गए, सपना भुलाई सारा....
सपना भुलाई सारा, आँसु पिएर जाऊ....भन्ने चर्चित गीतका गायक योगेश वैद्यले संगितप्रेमी स्रोताका आँखामा आँसु दिएर गएका छन्। नेपाली आधुनिक सङ्गीतका सदाबहार गायक एवं वरिष्ठ सङ्गीतकार योगेश वैद्यको निधनसङै उनी अव संगितप्रेमीको मन मन्दिरमा तस्बिर बनेर रहने छन्।

जनम जनम नखुल्ने, आँखा दिएर जाऊ ...भन्ने यी गायक आफै आँखा कहिल्यै नखोल्ने गरी अनन्त यात्रामा निस्किएका छन्। एक सुर बाँसुरीको बिन्ती सुनेर जाऊ..भन्ने उनी  पीडाको लामो सुस्केरा दिएर हिडेका छन्।

नेपाल मेरो तिमीलाई उपहार भो यो जिन्दगी...गाउँदै गरेका गायक अपनाउँ नअपनाऊ सर्वस्व जे जति....भन्दै सबैसँग बिदा भएका छन्।

अँगालो अँगालोमा रुने... रहर पालेका यी गायक मृत्युको अँगालोमा बाँधिएका छन्। ए जून ए तारा गइदिनु बत्तीहरू नबाल्दिनु...भन्ने उनी मेरो रात त्यसै उज्यालो छ मेरो दिल जलीरहेकोले.....भन्दै बिदाइ भएका छन्।

खोला जस्तै बगिरहेछु अनिश्चित बाटाहरूमा...भन्ने यी गायक मेरो बिदाइलाई साइत रति नखोज्नु भन्दै गुनगुनाउँथे। बाग्मतीको किनारको कलकलमा आज उनको अन्तिम बिदाइ हुँदै छ। 
दिवङ्गत गायक योगेश वैद्यका नेपाली र नेपालभाषामा अन्य थुप्रै लोकप्रिय गीतहरू रहेका छन्। नेपाली भाषामा उनका ‘सपना भुलाइ सारा आँसु लिएर जाऊ’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू पनर्क लोकप्रिय छन्। त्यस्तै नेपालभाषाय् ‘जय नमो सिरी बुद्ध भगवान्’, ‘जिमी यःम्ह थौं जिथाय् वइ’ आदि अत्यन्त लोकप्रिय छन्।

बिहीबार राति १२ः३० काठमाडौँको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा उनको निधन भएको हो। ७७ वर्षीय गायक वैद्य लामो समयदेखि मधुमेह रोगबाट ग्रसित थिए। उनको आज पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी रहेको जानकारी पारिवारिक स्रोतले दिएको छ।

एक लासको चिताको बत्ती निभाई जाऊँ भन्ने यी गायक चितामा आफै बलेर गएका छन्। खोला जस्तै बगिरहेछु अनिश्चित बाटाहरूमा.. भन्ने  यी गायक मेरो बिदाइलाई साइत रति नखोज्नु भन्दै गुनगुनाउँथे। बागमतीको किनारको कलकलमा आज उनको अन्तिम बिदाइ हुँदैछ।  
अर्को समाचार
सम्झनामा गायक वैद्य: आँसु दिएर गए, सपना भुलाई सारा..
०६ माघ २०८०
•
४ मिनेट पाठ
सम्झनामा गायक वैद्य: आँसु दिएर गए, सपना भुलाई सारा..
‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित भएका छन्। शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उनको कालजयी विसं २०४२ मा रेकर्ड भएको थियो।

सङ्गीतकर्मीले उनलाई अन्तिम श्रद्धाञ्जलि दिँदै ‘सपना भुलाइ सारा’ गीत गाउँदै बिदाइ गरे। उनको बिदाइमा उपस्थित अधिकांशका आँखा रसाएका थिए। कालजयी गीत गाएका गायक वैद्यको बिदाइ कसैका लागि सहज थिएन। उनी गायकसँगै कवि पनि थिए। वैद्यको निधनले साङ्गीतिक र साहित्य क्षेत्रमा अपूरणनीय क्षति पुगेको श्रद्धाञ्जलि दिनेको भनाइ थियो।

बाल्यकालमा आमाबाट नेवारी भाषाको सरस्वती बन्दना सुन्दै हुर्किएका गायक वैद्य त्यही समयमा गीतसङ्गीतप्रति आकर्षित भए। त्यसपछि बुबाले एक दिन घरमा रेडियो ल्याएपछि उनको सङ्गीतसँगको नाता झनै झाँगियो। उक्त रेडियोमा उनले नेपालीसँगै हिन्दी गीतहरूलाई सुन्ने र बुझ्ने मौका पाए। उनले रेडियो नेपालमा दिएको एक अन्तर्वार्तामा रेडियोलाई साथीका रुपमा चित्रण गरेका थिए।

विसं २०१४ मा चीनका प्रधानमन्त्री चाउ एन लाइ नेपाल भ्रमणमा आएका बेला शान्ति निकुञ्ज सहविद्यालय पुगेका थिए। त्यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा गायक वैद्यले गीत गाए। विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागी हुँदै गीतसङ्गीतसँग नजिकिँदै गएका गायक वैद्यले रेडियो नेपालमा किरण खरेलको शब्द र नातिकाजीको सङ्गीतमा पहिलो गीत ‘कति प्यासी छ जिन्दगी’ रेकर्ड गरेका थिए।

उनलाई चिनाउने गीत ‘सपना भुलाइ सारा’ बनेको गायक तथा सङ्गीतकार टीका भण्डारीले बताए। वैद्यले आफूलाई सुहाउने भन्दै सङ्गीतकार नातिकाजीसँग उक्त गीत मागेको उनले जानकारी दिए। 

‘एक दिन गायक वैद्य नातिकाजीको कोठामा पुग्नु भएछ। त्यहाँ टेबलमा पहिलोपटक उक्त गीत देख्नुभयो। त्यसपछि उहाँले मलाई यो गीत मन पर्‍यो नातिदाइ, म गाउँछु भन्नुभएछ। त्यसपछि उहाँले स्टुडियोमा अभ्यास गरेर गीत गाउनुभएको हो’, गायक भण्डारीले भने। उनले गायक वैद्यले व्यावसायिक रुपमा गीत गएको सम्झना नभएकोसमेत बताए।

‘उहाँले गीत गाएर पैसा लिएको सम्झना छैन। उहाँले श्रोताको मन छुने गीतमार्फत आफूलाई प्रस्तुत गर्नुभयो। उहाँको अभाव नेपाली सङ्गीतमा रहिरहनेछ। म रेडियो नेपालमा कार्यरत रहँदा उहाँसँग काम गर्न पाएको थिएँ। उहाँको गीतमा वाद्यवादन पनि गरेको छु’, गायक भण्डारीले भने, ‘वैद्य गीत र शब्द चिन्न सक्ने गायक हुनुहुन्थ्यो। उहाँ धेरै गीत गाउने गायक होइन। थोरै गीतलाई पाँचदेखि छ महिनासम्म अभ्यास गरेर गाउने गर्नुहुन्थ्यो।’

गायक तथा सङ्गीतकार शम्भुजित बाँस्कोटाले गायक वैद्य मखमली आवाजका धनी रहेको बताए। ‘उहाँसँगको सामीप्यतालाई भन्ने शब्द छैन। तीन दिनअगाडि मात्र कुराकानी भएको थियो। उहाँले मेरो सङ्गीतमा पाश्र्व गायन पनि गर्नुभएको छ’, उनले भने, ‘वैद्यले सधैँ भारतीय गायकजस्तो नेपाली गायकगायिका बन्नुपर्नेमा जोड दिने गर्नुहुन्थ्यो। उहाँ सुगम सङ्गीतका लागि संरक्षक हुनुहुन्थ्यो। उहाँले समय–समयमा दिएका अभिव्यक्ति, गाउनुभएका गीत, गीतसङ्गीत गर्ने तरिका सबै गहन हुन्थ्यो। उहाँ अत्यन्तै गहन व्यक्तित्व हुनुहुन्थ्यो।’

सङ्गीतकार बाँस्कोटाले गायक वैद्यको विदाइ सहज नभएको प्रतिक्रिया दिँदै उनले छाडेर गएपनि उनको गीतसङ्गीत र कृतिहरु रहिरहने बताए।

उनको आवाजको प्रभावमा आफूलाई काठमाडौंसम्म ल्याएको सङ्गीतकार तथा गायक चेतन सापकोटाले बताए। ‘उहाँको आवाजको जादुले कलामा लाग्न प्रेरित गर्ने धेरै युवा छन्। उहाँको गीतसङ्गीतलाई मैले शब्दमा व्यक्त गर्न सक्दिनँ। उहाँलगायत अग्रज सर्जकको आवाजले रेडियो नेपाललाई थप उचाइमा पु¥याएको भन्छु म’, उनले भने, ‘म वैद्यको आवाजले सङ्गीतमा भविष्य खोज्दै एघार वर्षको उमेरमा सिन्धुपाल्चोकदेखि काठमाडौं आएको थिएँ। त्यो समयमा सोचविचार केही थिएन। योगेश दाइ झैँ उक्त समयका अन्य गायकको आवाजमा आफ्नो आवाज राख्दै गीतसङ्गीत सुरु गरेको हुँ।’

नयाँ पुस्ताका उदीयमान गायक कर्णराज गिरीले उनको गीत महोत्सवमा गएको स्मरण गरे। ‘उहाँसँग मेरो प्रत्यक्ष भेटघाट कमै रह्यो। त्यस्तो धेरै नजिक पनि होइन तर उहाँको गीतले हामी जस्तालाई गायक बन्ने सपना देखाउनाका साथै चिनाएको पनि छ’, उनले भने, ‘आफ्नै परिचय नहुँदा उहाँकै गीत गाएर मेला महोत्सवमा परिचय बनाएको हुँ। उहाँको गायन प्रभावले मलाई गायनमा लाग्न प्रत्यक्ष रुपमा सहयोग गरेको छ।’

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन्। उनको गीति कवितासङ्ग्रह ‘समय प्रवाहमा छुटेका पलहरू’ प्रकाशित छ। विसं २००३ असार २४ गते काठमाडौंको नरदेवीमा जन्मिएका गायक वैद्यको श्रीमती, दुई छोरी र एक छोरा छन्।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाका गीतमा स्वर दिएका वैद्य पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहेका थिए। गायक वैद्यको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित थिए।

७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो। उनको ‘नेपाल मेरो तिमीलाई’, ‘चोट दिलमै रातदिन’, ‘आँखैमा रात’, ‘यो लामो जीवनमा किन म हतासहतास छु’ लगायत गीत कालजयी छन्। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस