‘नखुलेको आकाश खुलेर आयो, चियाको कप आफैँ उडेर आयो।’
‘राँगा जति मःमः खाएर सिध्याएपछि, अब यमराज टिपरमा नआए केमा आउँछ त?’
‘यो टिपरको ठक्कर र माया प्रेमको चक्कर साह्रै खतरनाक हुँदो रहेछ।’
‘यता पढाइको चिन्ता ! उता भविष्यको चिन्ता, लभ कता पर्ने हो ? कस्तो पर्ने हो ? अर्को तनाव, घर व्यवहारको पनि त्यस्तै चिन्ता, हैन यत्रो चिन्ता हुँदा नि बेहोस ! हुन्न त म के भाको?’
अचेल सामाजिक सञ्जालमा अत्यधिक पढिने र चर्चा गरिने विषय हुन्, उखान–टुक्का जस्ता लाग्ने यिनै वाक्यांश । यस्ता वाक्यले न नयाँ ज्ञान दिन्छन्, न त कुनै विषयको यथार्थ जानकारी । तर पनि कहिले फोटो त कहिले कार्टुनमा रोचक ढंगले जोडेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि तिनले जो–कोहीलाई हँसाउँछन्।
सामाजिक सञ्जालमा भाइरल बनाइने यस्ता सामग्रीलाई ट्रोल भनिन्छ । यथार्थलाई रमाइलो ढंगले जोडेर व्यंग्य गरिएका ट्रोल अचेल सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छन् । फेसबुक पेज र ट्विटर ह्यान्डल बनाएरै ट्रोल चलाउने समेत छन् ।
नेपालमा फेसबुकमा ट्रोलकै लागि पेज बनाउन सुरु भएको एक दशक भइसकेको ट्रोलमा सक्रिय युवाहरू बताउँछन् । सामाजिक सञ्जाल प्रयोगकर्ता कम हुँदा ट्रोलको खासै चर्चा हुँदैनथ्यो । अहिले भने यसको चर्चा धेरै हुने गरेको छ ।
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल पेजलाई लाइक र फलो गर्न थालेका छन् । फेसबुक, ट्विटर र इन्ट्राग्राममा ट्रोल सेयर गर्नेको संख्या पनि बढ्दो छ।
सन् २००७ बाट फेसबुक चलाउन सुरु गरेका कुमार व्यञ्जनकारले २०११ मा ‘ट्रोल नेपाल’ नामक पेज खोलेका थिए । ‘सुरुवाती चरणमा मानिसलाई ट्रोल भनेको के हो भन्ने थाहा थिएन, अहिले जस्तो सामाजिक सञ्जालको प्रयोग पनि गरिँदैनथ्यो,’ उनी भन्छन्।
सामाजिक सञ्जाल प्रयोग गर्ने क्रममा चिनियाँ ट्रोल पेज देखेपछि कुमारलाई नेपाली ट्रोल पेज बनाउने सोच आएको हो । इन्टरनेटमा अभ्यस्त भएकाले पनि उनलाई यस्तो पेज बनाउने जाँगर चलेको हो । ‘पेज बनाएपछि सुरुमा लाइक पाउन पनि निकै गाह्रो थियो,’ उनले भने, ‘आफूले देखेका, भोगेका, समाजमा भइरहेका रमाइला कुरालाई व्यंग्य चित्रमार्फत पब्लिक फिगरको फोटो राखेर हँसाउने शैलीमा विषय पस्किन थालेपछि त ट्रोल रुचाउनेको संख्या ह्वात्तै बढ्यो ।’ उनी ट्रोल नेपालमार्फत समाजमा देख्दै आएका कुरालाई सकेसम्म अरुलाई असर नपार्ने तरिकाले व्यंग्य गर्ने गरेको बताउँछन्।
ट्रोल पेजको सुरु गर्दा सुरुमा आफैँले पोस्टहरू बनाउने उनीसँग अहिले १२ जनाको समूह छ । ‘पब्लिक फिगरको प्राइभेट लाइफलाई हामी असर गर्दैनौँ, उनीहरूको कामलाई चाहिँ व्यांग्य गर्छौं,’ उनले भने, ‘सामान्य जनतालाई इन्टरटेन गराउने हेतुले यसो गरेका हौँ ।’ उनीहरूले ट्रोल बनाएपछि कतिपय सेलीब्रेटीले म्यासेज गरेर प्रोमोका लागि सम्पर्क गर्ने गरेका छन् । कसैले राम्रो सिर्जना गरेको छ, तर प्रचारप्रसार गर्ने माध्यम छैन भने ट्रोल नेपालमार्फत विज्ञापन समेत गर्न सक्ने कुमारले जानकारी दिए।
ट्रोल समाजका गलत क्रियाकलापप्रति आक्रोश व्यक्त गर्ने माध्यम बनेको युवाहरू बताउँछन् । गलत क्रियाकलापको विरोधमा कोही हडताल गर्छन् त कोही तालाबन्दी, कोही चक्काजाममा उत्रन्छन् भने कोही बन्दमा । यसैगरी तिनै गतिविधिलाई व्यंग्य प्रहार गर्नका लागि बन्ने गर्छन्, ट्रोलका पेजहरू पनि।
मनोज सापकोटा ‘मेमी नेपाल’का एड्मिन हुन् । उनले पनि सन् २०११ देखि ‘मेमी नेपाल’ पेजबाट ‘हँसायो पासा’ले भन्ने ट्रोल सुरु गरेका थिए । विभिन्न कार्टुन र रमाइला फोटोको प्रयोग गरेर हँसाउने खालका ट्रोल बनाउने मनोजले पनि सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । उनी ट्रोल चलाउनेबीच भने एकापसमा शीतयुद्ध चल्ने गरेको बताउँछन् । उनले भूकम्पका बेला बनाएका धेरै ‘मेमी’ विवादमा परेको थिए । ‘मेमी’कै कारण जेलसम्म जानुपरेको अनुभव छ, उनीसँग । ‘केही महिनाअघि सामाखुसीको ढलमा खसेकी बालिकालाई लिएर बनाइएको ट्रोल पनि निकै विवादमा प¥यो,’ उनले भने, ‘त्यो समयमा १० हजारले डिसलाइक नै गरिदिए ।’ सम्बन्धित पक्षलाई खबरदारी गर्न बनाइएका ट्रोल कतिपयले नबुझ्दा धेरै समस्या झेल्नुपरेको छ उनले।
‘विशेष गरेर म्याचको समयमा कुनै खेलाडीको पक्ष र विपक्षका फ्यानका बीच निकै चर्को घम्साघम्सी पर्छ,’ उनले भने, ‘कसैलाई अप्ठेरोमा पार्ने उद्देश्य हाम्रो हुँदैन, तर प्रायः धेरै अवस्थामा यस्तै पर्न जान्छ ।’
सामाजिक सञ्जालमा हँसाउन, मनको आक्रोश पोख्न, रीतिथिति र विकृतिलाई व्यंग्यात्मक प्रहार गर्न ‘मेम नेपाल’को सुरु गरिएको मनोज बताउँछन् । चित्त नबुझेका कुरा, समाजमा घटेका राजनीतिक, सामाजिक, आर्थिक कुराका सकारात्मक, नकारात्मक दुवै पक्षलाई समेट्ने गरेको उनले बताए । ‘ट्रोलको माध्यमबाट मान्छेलाई हँसाउने र जनचेतना जगाउने मात्र नभएर सामाजिक कार्य पनि गरेका छौँ,’ उनले भने । ‘डा. केसी बचाऊ अभियान’मा ट्रोलकै माध्यमबाट धेरैलाई अनुरोध गरेको उनी बताउँछन् । मनोज भन्छन्, ‘डा. केसीसँगै २१ दिने अनशनमा बसेका थियौँ ।’
सामाजिक कार्यका लागि मान्छे भेला पार्न पनि ट्रोलबाट सजिलो हुने उनी बताउँछन् । ‘बाढीपीडितलाई सहयोग गराैँ भनेर पेज (ट्रोल नेपाल र मेम नेपाल)मा पोस्ट गर्यौँ, पोस्ट गरेकै भरमा हामीले राम्रो सहयोग पायौँ, त्यही सहयोग लिएर सप्तरीमा दुई ट्रक चामल राहतस्वरूप बाड्यौँ,’ उनले भने ।
ट्रोल नेपालका एड्मिन कुमार भन्छन्, ‘राहत र सहयोग मात्र नभएर रक्तदानका कार्यक्रम पनि गर्दै आएका छौँ ।’ उनका अनुसार कतिपयले कुन गु्रपको ब्लड चाहिएको हो भन्दै म्यासेज गर्नेहरू पनि छन् । ‘अहिलेसम्म एक हजार पाँच सय भन्दा बढी मानिसलाई रगत उपलब्ध गराएर सहयोग गरेका छौँ,’ उनले भने, ‘मानिस हराएको, सामान हराएको, भेटिएको लगायत पोस्टमा बढी प्राथमिकता दिएर प्रचार गर्दै आएका छौँ ।’
उनीहरू आफ्नो साथै अरुको पनि कला र प्रतिभा प्रस्फुटित होस् भनेर ट्रोलमा लागेको बताउँछन् । ‘कसैको बारेमा विनासोधपुछ, विनाखोज, अनुसन्धान यसै हावा लेख्दा विवादमा पर्ने हुनाले जथाभावी भने लेख्दैनौँ,’ कुमार भन्छन् ।
ट्रोल आफैँमा रोचक छ नै, ट्रोलका माध्यबाट हुने गतिविधिले यसलाई थप रोचक बनाउने समेत गर्छ । ‘ट्रोल नेपाल’का एकजना एड्मिन र युजरबीच कमेन्ट आदान–प्रदान गर्दागर्दै प्रेम भएर विवाह समेत भइसकेको बताउँछन् उनीहरू ।
हरेक कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष भएजस्तै ट्रोलका पनि नकारात्मक पक्ष छन् । ‘एकजना युवतीको अस्ट्रेलिया जाने पासपोर्ट र भिसा हराउँदा उनको नम्बर राखेर भेट्नेले फिर्ता गरिदिनु होला भन्ने पोस्ट गर्दा धेरैले उनलाई फोन गरेर तनाव दिएछन्,’ कुमारले भने ।

नेपालमा फेसबुकमा ट्रोलकै लागि पेज बनाउन सुरु भएको एक दशक भइसकेको ट्रोलमा सक्रिय युवाहरू बताउँछन्। सामाजिक सञ्जाल प्रयोगकर्ता कम हुँदा ट्रोलको खासै चर्चा हुँदैनथ्यो । अहिले भने यसको चर्चा धेरै हुने गरेको छ।