‘अपनहाइमर’ लेखक काई बर्डसहित फागुन ३ देखि ११ औं नेपाल लिटरेचर फेस्टिभल
२५ माघ २०८०
•
४ मिनेट पाठ
‘अपनहाइमर’ लेखक काई बर्डसहित फागुन ३ देखि ११ औं नेपाल लिटरेचर फेस्टिभल
तस्बिर क्रमश: ‘अपनहाइमर’ का सहलेखक लेखक काई बर्ड, ‘एभ्रिथिङ द लाइट टचेज’ पुस्तक लेखिका ज्यानिस प्यारियट, ‘क्लाउड्स’ र ‘अर्जी द ड्वार्फ’ पुस्तकका समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी।
सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल फागुन पहिलो साता पोखरामा हुने भएको छ। 




बुकवर्म फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा हुने नेपाल लिटरेचर फेष्टिभलको एघारौं संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म पोखराको लेकसाइडस्थित बाराहीघाटमा हुने बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।

 नेपाल लिटरेचर फेस्टिभलबारे जानकारी गराउँदै आयोजक।
सूर्य नेपाल गाथाले टाइटल स्पोन्सर्ड गरेको लिटरेचर फेष्टिभलमा देश विदेशका गरेर दुई सय भन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् व्यक्तित्वको उपस्थिति रहने आयोजक संस्थाका केशवशरण लामिछानेले जानकारी दिए।

फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश हुने उनको भनाई छ।

 ‘अपनहाइमर’ का सहलेखक काई बर्ड
लिटरेचर फेष्टिभलको प्रमुख आकर्षणका रुपमा विश्व प्रसिद्ध ‘पुलिट्जर प्राइज’ विजेता पुस्तक ‘अमेरिकन प्रोमिथियस: द ट्रायम्फ एन्ड ट्रयाजिडी अफ जे: रबर्ट ‘ अपनहाइमर’ का सहलेखक काई बर्ड सहभागी हुँदै छन्। 

उनको यस पुस्तकमा आधारित अपनहाइमर चलचित्र सन २०२३ मा बक्स अफिसमा ब्लकबस्टर बनेको थियो।
त्यसबाहेक फेष्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ पुस्तकका प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट, ‘क्लाउड्स’ र ‘अर्जी द ड्वार्फ’ पुस्तकका विश्व प्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरीलगायतका चर्चित विदेशी लेखक, लेखिकाहरु पनि सहभागी हुने फेष्टिभलका निर्देशक निरज भारीले जानकारी दिए।

फेष्टिभलमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘संविधान र सुशासन’ विषयमा विद्वत् प्रवचन दिनेछन् भने पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल श्रृङ्खला खतिवडालगायतले बिचारको मन्थन गर्ने उनले बताए। 

उनका अनुसार फेष्टिभलमा नेपालको अर्थतन्त्रका समस्या र समाधानबारे वर्तमान तथा पूर्व अर्थमन्त्रीहरुसँग बहस हुने भएको छ। जसमा अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायत सहभागी हुने आयोजकको भनाई छ। 

नेपालको राजनीति र अबको बाटोबारे सिके राउत, लेखक खगेन्द्र संग्रौला, कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहस र चर्चा गर्नेछन्। 

यसैगरी फेष्टिभलमा सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैङ्कर अनिलकेशरी शाह, कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायतपनि वक्ताका रुपमा सहभागी हुने निर्देशक भारीले बताए।

यसैगरी फेष्टिभलमा गायक बद्री पङ्गेनी, गजलकार एवम् लेखक शीतल कादम्बिनी, कवि नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिका लगायत पनि सुनिनेछन्।

फेष्टिभल हरेक दिन पूर्वाह्न १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछन्। प्यानल डिस्कसनबाट सुरु हुने फेस्टिभलमा हरेक दिन साँझ साङ्गीतिक प्रस्तुति रहने निर्देशक भारीले जानकारी दिए। 

उनका अनुसार फेस्टिभलमा कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, बिपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्डलगायतको प्रस्तुति रहनेछन्। सो अवसरमा लेखक कुमार नगरकोटीले कुटुम्ब ब्यान्डसँग रिसाइटेसनसमेत गर्ने आयोजकले जनाएको छ।

फेस्टिभलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नेछन्। सो दिन वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्स्यायनको कार्टुन प्रदर्शनी गरिने केशवशरण लामिछानेले जानकारी दिए। 

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिट्रेचर फेस्टिभलले कला, साहित्यको प्रवर्द्धन गर्नुका साथै विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिने काम गरिरहेको उनले बताए। 

‘त्यसैले यो लिटरेचर फेस्टिभल पोखरेली र समग्र साहित्य अनुरागीका लागि बहुप्रतिक्षित बनेको छ’ उनले भने। यो ब्राण्डका रुपमा स्थापित भइसकेको उनको भनाई छ। उनले हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको दाबी गरे।

आयोजक संस्थाका भरत कोइरालाले पोखरा र लिटरेचर फेस्टिभल पर्याय बनिसकेको बताए।

नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले पोखराले जो कसैलाई सिर्जनात्मक बनाउने बताइन्। 

उनले भनिन्,‘पोखरा यसै पनि कला–साहित्यको सङ्गम हो। गीत सिर्जनादेखि विभिन्न कलाकर्मका लागि मानिस खोजीखोजी पोखरा आउँछन्। यहाँको प्रकृति नै यस्तो छ, जसले जो कसैलाई सजिलै सिर्जनात्मक बनाइदिन्छ।’
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
१० घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस