ओझेल पर्दै ‘प्रत्यक्ष लोकदोहोरी’
२९ माघ २०८०
•
४ मिनेट पाठ
ओझेल पर्दै ‘प्रत्यक्ष लोकदोहोरी’
म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई हिजोआजका मेला, महोत्सव खल्लो लाग्छ। परम्परागत रूपमा लाग्ने मेलाको मुख्य आकर्षण  ‘प्रत्यक्ष लोकदोहोरी’ प्रतिपस्पर्धा हुने भए पनि हिजोआजका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उनको भनाइ छ।




म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै राष्ट्रियस्तरका लोक दोहोरीमा समेत थुप्रै पटक पुरस्कार हात पार्न सफल भएकी ६४ वर्षीया थापाले रेकर्ड भएका सङ्गीतमा गीत गाउने र रेकर्ड गरिएका सङ्गीतको ट्र्याकमा गीत गाउने प्रचलनले नेपाली मौलिक संस्कृतिका रूपमा रहेको प्रतियोगितात्मक प्रत्यक्ष लोकदोहोरी गीत ओझेलमा परेको बताए।

उनले चाडपर्वलाई लक्षित गरेर आयोजना हुने मेला, महोत्सवमा परम्परागत लोकदोहोरीको रौनक हराएर जान थालेको गुनासो गरे। उनले भने, ‘परम्परागत रूपमा मेला पर्वका सांस्कृतिक कार्यक्रममा प्रत्यक्ष लोकदोहोरी पहिलो प्राथमिकतामा पर्ने गथ्र्यो। लोकदोहोरीलाई धेरैले रुचाउने गर्थे।’

दोहोरी गाउने कलाकारले मेला पर्वबाटै आफ्नो प्रतिभा प्रस्फुटन र पहिचान गर्ने अवसर पाउने गरेकोमा पछिल्लो समय लोकदोहोरी गाउने र वाद्यवाधन बजाउने सीप हराउँदै गएको अग्रज गायिका थापा बताउँछन्।

‘मैले गाउँमा आमाहरूले रोधी गाउँदा गीत गाउन थालेको थिएँ, १५ वर्षको उमेरमा नै तत्कालीन अञ्चलस्तरीय प्रतियोगितामा प्रथम भएको थिएँ, पछि नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा पनि हाम्रो टिम प्रथम भयो, धौलागिरि क्षेत्रका मेलामा थुप्रै पटक पुरस्कार जितेका थियौं, तर हिजोआज मेला महोत्सवमा स्थानीयस्तरका दोहोरी प्रतियोगिता निकै कम मात्रामा भएको देखिन्छ’, उनले भने।

बेनीको माघेसंक्रान्ति मेला, गलेश्वरको सतबिज छर्ने मेला, बरङ्जाको धुलेमेला, राखुभगवतीको बडादसैं मेला र बागलुङको चैतेदसैंमा लोक दोहोरी गीत सुन्न भीड नै लाग्ने गरेको उनको भनाइ थियो।

प्रत्यक्ष दोहोरीमा माया प्रेम, सद्भाव, नाता सम्वन्ध, घरदेखि अन्यका कथा सुनेर मनोरञ्जन लिन टाढा टाढाबाट आएका सर्वसाधारणले दोहोरीका सवाल–जवाफ र घोचपेचलाई छलफल र बहसको विषयसमेत बनाउने गरेको उनी स्मरण गर्छन्।

तत्कालीन समयमा रेडियो नेपालमा समेत स्वर परीक्षणमा उत्तीर्ण भएकी गायिका थापाले सालैजो, अबिजाले मायाँ, साइलो भाकालगायतका आधा दर्जन बढी म्याग्दी जिल्लालाई चिनाउने गीतसमेत रेकर्ड गरी बाहिर ल्याएका छन्।

विसं २०४० को दशकमा म्याग्दीमा थापासँगै कृष्ण पौडेल, बीरबहादुर कार्की, नरबहादुर बिसीलगायतका कलाकार गण्डकी क्षेत्रमै लोकदोहोरी गाउने चर्चित कलाकारका रूपमा परिचित थिए। बेनी– ६ का अग्रज लोकदोहोरी कलाकार कृष्ण पौडेलले प्रत्येक्ष दोहोरी गाउने संस्कृति गाउँबाट लोप हुँदै गएको बताए।

‘म शिक्षणका क्रममा घर छाडेर अर्मन पुगेपछि दोहोरी गाउन सिकेको हुँ, त्यहाँ टोल टोलमा रोदी बस्ने चलन थियो, रेडियोमा बज्ने गीत सुनेर रोधिमा गाउँदागाउँदै गीतबाट जवाफ फर्काउन सक्ने क्षमता विकास भएको थियो, स्थानीय, अञ्चलस्तर हुँदै राष्ट्रियस्तरका प्रतियोगितामा पनि हामीले धेरै पुरस्कार जितेका थियौं’, उनले भने।

गायिका थापा र गायक पौडेलले बागलुङको चैतेदसैं मेलामा लगातार प्रथम पुरस्कार हात पारे पनि उनीहरूले सहभागी हुन नै छाड्नुपरेको थियो।

शिक्षणमा ३७ वर्ष बिताएका ६१ वर्षीय पौडेलले दुई दशकसम्म प्रत्यक्ष लोकदोहोरी गाएका थिए। ‘मैले लामो समय प्रत्यक्ष दोहोरी गाएँ, तर गीत नै रेकर्ड भने गराउने मेसो मिलेन, त्यतिबेला गाउँगाउँका मेलामा दोहोरी गीत गुञ्जन्थ्यो, हिजोआज रेकर्डका गीतले मेला महोत्सवमा बढी ठाउँ पाउन थालेका छन्, यसले गर्दा परम्परागत नेपाली मौलिक संस्कृतिका रूपमा परिचित लोकदोहोरी गाउँगाउँबाट हराउने अवस्थामा पुगेको छ’, पौडेलले भने।  

तत्कालीन समयमा मेला पर्वमा प्रतियोगी लोक दोहोरीसँगै रातभर रोधि बसेर गाउने चलनसमेत थियो। म्याग्दीमा हरेक वर्ष एक सय बढी ठाउँमा मेला पर्व, महोत्सव आयोजना हुने गर्छन्। तर मेला महोत्सवमा स्थानीय लोकदोहोरी प्रतियोगिता विरलै मात्रामा आयोजना हुने गरेका छन्।

म्याग्दी लोकदोहोरीमा उर्वर भूमिका रूपमा समेत चिनिन्छ। पछिल्लो पुस्ताबाट लोकदोहोरी गायक–गायिकाका रूपमा पहिचान बनाउन सफल कलाकार कृष्ण परियार, कुलदीप जुग्जाली, सोभा कार्की, सुमी घिमिरे सापकोटा, राम गगन, राजन भुजेललगायतले जिल्लाकै मेलाबाट आफ्नो गायन यात्रा सुरु गरेका थिए।

मौलिक मनोरञ्जन, प्रतिभाको पहिचान र प्रस्फुटनमा परम्परागत रूपमा हुने प्रत्यक्ष दोहोरी प्रतियोगिताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा बताउँछन्।

‘मेला महोत्सवमा स्टेज प्रस्तुतिको व्यापकता बढेको छ, परम्परागत रूपमा हुँदै आएको लाइभ दोहोरीको संस्कृति ओझेलमा पर्दै गएको छ, तर पछिल्लो समय म्याग्दीमा त्यसको खोजी र संरक्षणमा चासो पनि उत्तिकै बढेको पाएको छु’, उनले भने।

हालै बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको जिल्लास्तरीय खुला दोहोरी गीत प्रतियोगितामा विभिन्न १० समूहले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा  नयाँनयाँ कलाकारले राखेको दोहोरी घम्साघम्सीले दोहोरी गाउने प्रतिभा जिल्लामा प्रस्फुटन र पहिचानको पर्खाइमा रहेको पुष्टि हुने उनको भनाइ छ। –रासस
अर्को समाचार
नयाँ वर्षमा 'अन्तु पर्यटन महोत्सव'
१९ चैत्र २०८०
•
३ मिनेट पाठ
नयाँ वर्षमा 'अन्तु पर्यटन महोत्सव'
सूर्याेदय नगरपालिकाको पर्यटकीय अन्तुडाँडामा नयाँ वर्ष २०८१ अवसरमा महोत्सव आयोजना गरिने भएको छ। यही चैत ३० र वैशाख १ गते अन्तु पर्यटन महोत्सव तथा ‘दोस्रो सूर्याेदय आइडल’को ग्रान्ड फिनाले आयोजना गर्न लागिएको हो।




पर्यटकीय नगरी सूर्याेदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महोत्सव आयोजना गरिने भएको आयोजक समिति संयोजक तथा नगरका उपमेयर दुर्गाकुमार बरालले बताए। उनका अनुसार महोत्सवको पूर्वसन्ध्यामा चैत २८ गते बृहत् सरसफाइ कार्यक्रम राखिएको छ।

३० गते सूर्याेदय आइडलको प्रस्तुति, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र सांगीतिक कार्यक्रम राखिएको नगरले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नयाँ वर्षको दिन वैशाख १ गते अन्तुडाँडाबाट सूर्याेदय दृश्यावलोकन, शुभकामना आदानप्रदान, महोत्सव उद्घाटन, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, सूर्योदय आइडलको विजेता घोषणालगायत कार्यक्रम राखिएको छ।

प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सूर्याेदय आइडलका अन्तिम आठ प्रतिस्पर्धीबाट विजेता घोषणा गरिने बताए। लागुपदार्थ, दुव्र्यसनी, मदिरा र सुर्तीजन्य वस्तुको नियमन, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक सचेतना कार्यक्रम पनि राखिएको उनको भनाइ छ।

नगरका अनुसार अन्तुडाँडामा गत साउनदेखि चैतसम्म करिब ६० हजार पर्यटकले भ्रमण गरेका छन्। तर, यो संख्या पनि सूर्याेदय दृश्यावलोकन गर्नेको मात्रै हो। अन्तुडाँडा पुग्ने तर सूर्याेदय दृश्यावलोकन नगर्नेको संख्या पनि धेरै हुनेगरेको छ।

महोत्सवमा चर्चित कलाकारहरू यम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश–यशोदा पराजुलीसहित फुटी शेर्पा, रवि रिमाललगायतको सांगीतिक प्रस्तुतिसमेत राखिएको छ।

सूर्याेदय–सूर्यास्त दृश्यावलोकनका लागि अन्तुडाँडा चर्चित छ। अन्तुडाँडामा बिहान सबेरै सूर्याेदय दृश्यावलोकन गरेपछि अन्तुपोखरीमा झरेर डुंगा चढ्नेको घुइँचो हुन्छ। मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट अन्तुको बाटो छुट्टिन्छ। त्यहाँबाट करिब १३ किलोमिटरमा रहेको अन्तुडाँडामा अवलोकन गर्न लायक वस्तु धेरै छन्। सडक कालोपत्रे भएको छ।

जिप, कार, भ्यान र मोटरसाइकलमा कन्यामबाट अन्तु जान सकिन्छ। अन्तुको झुल्केघामको सिजन भदौ अन्तिममा सुरु हुन्छ। मौसम खुले पुस–माघ र वैशाखसम्म यो सिजन रहन्छ। अन्तुबाट देखिने सूर्याेदय चित्ताकर्षक मानिन्छ। यहाँबाट सूर्याेदय हेर्न बर्सेनि सयौं स्वदेशी र विदेशी आउँछन्। ग्रामीण पर्यटनमा पूर्वको खचाखच रहने पर्यटकीय क्षेत्र भएको छ, अन्तु।

अन्तुबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ। यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैं लाग्छ।

झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ। भारतको पश्चिम बङ्गालका सयौं पर्यटक बर्सेनि यहाँ आउँछन्, दुई–चार रात बिताउँछन् र जान्छन्। तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको घुइँचो नै लाग्छ। नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बंगालबाट बढी पर्यटक आउँछन्। कतिपय स्कुलका विद्यार्थी समूहसमेत अध्ययन भ्रमणमा यहाँ आउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस