...र फेरी ‘जन्मिए’ धुर्मुस-सुन्तली
०४ फागुन २०८०
•
३ मिनेट पाठ
...र फेरी ‘जन्मिए’ धुर्मुस-सुन्तली
कलाकारितामा बेजोडको उडान भरिरहेका थिए ‘धुर्मुस सुन्तली’ ले। नेपालका स्टेज मात्रै हैन, बाह्य मुलुकका स्टेजको बोलावट थेगिनसक्नुकै अवस्था थियो। 




२०७२ को भूकम्पले यो जोडीको उडानमा केही बद्लाव ल्याइदियो। जति बेला यो जोडी अमेरिकामा थियो। अमेरिकाका विभिन्न राज्यमा ८ वटा कार्यक्रम सकिसकेका थिए उनिहरु। बाँकी दर्जनौँ कार्यक्रमको सुची हातमै थिए। 

भूकम्प गएपछि बाँकी कार्यक्रम स्थगित गरेर नेपाल फर्किएको यो जोडीलाई भूकम्पले निम्त्याएको भयभितले फरक बाटोमा मोडिन बाध्य तुल्यायो। अनि सामाजिक सेवामा लाग्ने प्रणमा उनिहरु पुगे। 

भूकम्पले सम्याइएका बस्तीमा पुनः घर ठड्याउने अभियानका साथ भूकम्प बस्तीमा केन्द्रित बनेको धुर्मुस सुन्तलीको कलाकारिता यात्राले विश्राम लियो। 

भूकम्प प्रभावितहरुका घर निर्माण देखि विभिन्न बस्ती निर्माणमा दत्तचित्त बनेर लागेको यो जोडी सामाजिक सेवा भावले यति प्रभावित बन्यो कि राष्ट्रिय गौरवका आयोजना मानिने योजना निर्माण सम्मै हौसिए। फलतः चितवन स्थित क्रिकेट रंगशाला निर्माणको अभियान थालनी गरे।

तर यो जोडी यो बेला गल्यो, थाक्यो। यसका विभिन्न कारणहरु सुनाउँदै धुर्मुसले भने ‘हामीले सीताराम कट्टेल र कुञ्जना घिमिरे बनेर काम गर्दा धेरै असहज परिस्थिति भोग्यौँ, तर धुर्मुस र सुन्तली बन्दा उत्तिकै आनन्दित छौँ, यसर्थ कहिले काहीँ त लाग्छ धुर्मुस र सुन्तली, सीताराम कट्टेल र कुञ्जना घिमिरेका प्रतिष्पर्धी हौँ।’

क्रिकेट मैदान निर्माणमा खटिएका बेला खानु परेका हण्डर, चोटिला प्रहारले धुर्मुस नगलेका हैनन्, तर गलेको भान परिवारलाई पर्न दिएनन्। उनी भन्छन् ‘सिंहदरबारका सिसिटिभी फुटेज हेर्ने हो भने म कतै रोएको देखिन्छु होला, कतै टोलाएको देखिन्छु होला, कतै खुसी भएर हाँसेको पनि देखिन्छु होला।’ 

जेनतेन धुर्मुसले मन दह्रो बनाए पनि श्रीमती सुन्तलीको कमजोरीलाई कसरी नजरअन्दाज गर्न सक्थे उनी। फलतः परिवारलाई पुनः पहिलेकै अवस्थामा फर्काउन करै लाग्यो धुर्मुसलाई। अनि १९ वर्ष अगाडी खरिद गरेर दराजमा थन्काइएको ‘धुर्मुस कट्टु र स्टकोट’ निकाले उनले। अनि ‘सुन्तलीगुन्यू र चोली’ खरिद गरेर श्रीमती सुन्तलीलाई थमाइदिए धुर्मुसले। पुनः कलाकारिता क्षेत्रमै फर्कने प्रणका साथ कलाकारिताको यात्रा नाप्ने योजनामा पुग्यो यो जोडी। 

‘मानसिक रुपमा विक्षिप्त बनिसकेको मेरो परिवारलाई यो सकसबाट मुक्त गराउनु थियो,’ उनी भन्छन् ‘फलतः पुरानै यात्रामा निस्कने निधो गरेँ, त्यसो त कलाकारितामै फर्कनु पर्छ भन्ने आम दर्शकहरुको अपेक्षा, अग्रज, साथी भाइहरूको सरसल्लाहलाई उपेक्षा गर्न सकिएन।’

पुस १२ देखि लेखनाथ महोत्सवबाट कलाकारिता क्षेत्रमा पुनरागमन गरेको ‘धुर्मुस सुन्तली’ यात्रा उसैगरि कुद्यो, जसरी भूकम्प अघिको रफ्तारमा थियो। ‘पुस १२ गते देखि अहिले सम्म झण्डै २५ वटा जति महोत्सवमा सहभागी भयौँ होला,’ धुर्मुसले भने ‘दर्शकहरुले उसैगरि माया दिनु भयो, हामी निकै आभारी छौँ।’

लामो समय पछिको पुनरागमन दर्शकका लागि कति रुचीकर बन्ला ? यो जोडीका लागि चुनौतीको विषय थियो। किनकि उनिहरु १९ वर्ष अघिकै शैली र रूप धारण गरेर यो क्षेत्रमा देखा पर्नु थियो। तर महोत्सवमा पोखिएको दर्शकको उल्लासपूर्ण प्रेमले धुर्मुस चकित छन्। 

‘१९ वर्ष अघिका धुर्मुस र सुन्तली अहिले फेरी उही रुपमा, उही शैलीमा यो क्षेत्रमा जन्मियौँ,’ उनले भने ‘त्यति लामो अवधिको शैली, रूप दर्शकहरुले मन नपराइदिए के होला भन्ने चिन्तन हामीहरुमा थियो, तर हामी भाग्यमानी हौँ आज पनि भगवान् रुपी दर्शकहरुले उही धुर्मुस र उही सुन्तलीलाई उसैगरि माया दिनु भयो।’

अनवरत कलाकारिता क्षेत्रमै अडिग रहने बाचा गरेको यो जोडी स्टेजमा प्राप्त हुने दर्शकको प्रेमले विगतका सबै ‘तीता’ बिर्सँदै गएका छन्। 

धुर्मुस भन्छन् ‘जब स्टेजमा आधा घण्टाको प्रस्तुतिमा हामी प्रस्तुत हुन्छौँ, यो बेला दर्शकहरुले देखाउनु भएको प्रेमले हामी हाम्रा सबै तिता कुराहरू बिर्सिरहेका हुन्छौँ, यसर्थ लाग्छ हाम्रो यो बाटो पो सही रहेछ, हामी कलाकारितामै फिट रहेछौँ भन्ने सिकाई हो यो हाम्रो लागि।’
अर्को समाचार
मतदाता शिक्षाः लोकदोहोरीदेखि भजनसम्म
२८ वैशाख २०७९
•
५ मिनेट पाठ
मतदाता शिक्षाः लोकदोहोरीदेखि भजनसम्म
'पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो? यस पटक त्यस्तो टोली आउँदैन?' आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर-११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन्।




यस पटक आयोगले कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तहमा यसका लागि घरदैलोमा टोली पठाएको छैन। त्यसरी टोली नजाँदा बदर मत बढ्ने त होइन? भन्ने प्रश्न पनि उत्पन्न भएका बेला निर्वाचन आयोगले श्रव्यदृष्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गरिरहेको छ।

आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरुलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गरेको छ। जोगीले फेरी लगाउने शैलीमा मनोज गजुरेल, पुराणवाचक दिनबन्धु पोखरेलको पुराण वाचनको क्यारिकेचरमा कलाकार सुवोध गौतमले मतदातालाई स्थानीय तह निर्वाचनबारे सरलरुपमा बुझाउने सन्देश पस्कीएका छन्।

यस्तै वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकारहरु सीताराम कट्टेल र कुञ्जना घिमिरे, (धुर्मुस-सुन्तली), केदार घिमिरे (माग्ने बुढा), दीपकराज गिरी, दिपाश्री निरौलालगायत, दमन रुपाखेतीका प्रस्तुतिका साथै गायकहरु पशुपति शर्मा र मनमाया वाइवाको लोकदोहोरी पनि मततदाता शिक्षा सन्देशका रुपमा प्रयोग गरिएको छ।

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले ती सन्देशलाई १६  राष्ट्रिय दैनिक र २८ टेलिभिजन (रेडियो नेपाल, नेपाल टेलिभिजनसहित) बाट पनि प्रसारण भइरहेको छ। निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्।

उनले आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टरलगायतका सामग्री छपाई गरेर वितरण पनि गरिसकेको र कसरी मतदात गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरिसकेको बताइन्। 'हामी कागजी प्रकारको शिक्षाभन्दा यस पटक भर्चुअल माध्यमको शिक्षामा केन्द्रित भएका छौँ। यसमा दल, उम्मेदवार र नागरिक समाजको पनि सक्रिय भूमिका हुन आवश्यक छ।'

आयोगमा मतदाता शिक्षासमेत हेर्ने आयुक्त डा. तुलाधरले भनिन्, 'कुनै पनि मतदाता सचेतनतापूर्वक  मतदान गर्न पाउने अधिकारबाट वञ्चित नहोस् भन्ने आयोगको मनसाय रहेको छ। हरेक रुचिका मतदातालाई सम्बोधन गर्ने गरी विविध सामग्री तयार गरेर प्रवाह गरेका छौँ।'

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ।

निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदान स्थलहरुमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ।

निर्देशनमा मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्यटोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदातालाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकता अनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने, मतदानस्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्ष रुपमा जानकारी दिने, मतदान गर्ने तरिका बारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिन्हको नाम नलिने, मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रबार बिहान ७:०० देखि अपरान्ह ५ बजेभित्र मतदान गर्न आउन आग्रह गर्ने उल्लेख रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यस्तै मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सातवटा निर्वाचन चिन्हमा मतसङ्केत गरी मतदान गर्नुपर्ने, पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, छैठौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारहरुको निर्वाचन चिन्हहरुमध्ये कुनै दुई निर्वाचन चिन्हमा छुट्टाछुट्टै छाप लगाई दुई उम्मेदवारलाई मतदान गनुपर्ने आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्, भने छ वडा अध्यक्षसहित ३५ स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन्। यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन्।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८६५स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन्। निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन्। ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको र सो बमोजिम निर्वाचन  सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस