कपिलवस्तुको तिलौराकोटमा ऐतिहासिक प्रमाणका रुपमा छ्योरतेन फेला परेको छ। एक महिना अघि पुरातत्त्वविदहरुले तिलौराकोटको पूर्वी बिहार क्षेत्रमा गरेको उत्खननका क्रममा सो ऐतिहासिक र पुरातात्त्विक संरचना भेटिएको हो।
बुद्धमार्गी अनुसार हिनयान र महायानमा पूजाआजा गर्न स्तूपा निर्माण गरे सरह हिमाली बौद्धमार्गीले पूजाआजाका लागि छ्योरतेन निर्माण गर्ने गर्दछन्। सामान्य बोलिचालीको भाषामा तिनलाई माने भन्ने गरिए पनि तिब्बती भाषामा यिनलाई छ्योरतेन भन्ने गरिएको छ।
नेपालको हिमाली क्षेत्रमा हिमाली बौद्धमार्गीहरुले यस्ता छ्योरतेनहरु यत्रतत्र निर्माण गर्ने गरेको छन्। प्राचिन शाक्य गणराज्यको राजधानीशहर तिलौराकोटको पूर्वि बिहार क्षेत्रको उत्खननमा छ्योरतेन भेटिएको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत राम बहादुर कुवरले बताए।
विगत एक दशक देखि तिलौराकोमटा उत्खनन र अनुसंधानको काम गरिदै आएको छ। यस वर्षको पनि एक महिना लगाएर पूर्वि बिहार क्षेत्र र दरबार क्षेत्र भित्र रहेको केन्द्रिय संरचना परिसर थप अनुसन्धानका लागि त्खनन गर्दा सो फेला परेको कुवरले बताए। गत वर्षको उत्खननमा स्तूपा पोस्टहोल, टायल र गजुर भेटिएको थियो।
नेपालको उत्तरी र हिमाी क्षेत्रमा यस्ता छ्योरतेनहरु देखन सकिन्छ। ‘यहाँ छरोतेनहरु भेटिनुले पनि हिमाली क्षेत्रमा बुद्धधर्मको प्रचारप्रसार गर्न यहीबाट बुद्धमार्गीहरु गएको हुन सक्ने देखिन्छ’ कुवरले भने। ‘उत्खननबाट भेटिएको पोस्टहोल, छानोमा प्रयोग गरिएको टायल र गत बर्षको उत्खननमा गजुर भेटिनुले समेत यो नेपालको उत्तरी हिमाली क्षेत्रमा बनाइएको छ्योरतेन जस्तै छानो भएको लुम्बिनी बिकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रतीले बताए। पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत भाष्कार ज्ञवालीले उत्खननबाट भेटिएको संंरचनाको यकीन भने भई नसकेको बताए।
उनले रेडियो कर्बन नाप गरेर तिथि निर्धारण गरिने र त्यसको लागि माटोको नमुना परिक्षणकालागि ल्याबमा पठाइएको उनले बताए। पूर्वि विहार क्षेत्रको उत्खननबाट माटाका भाँडाका टुक्राहरु, कोइला, हाड, टायल, तामाकासिक्काहरु भेटिएका छन्।
जापानिज फन्ड ईन ट्रस्टको सहयोगमा पुरात्तव बिभाग, बेलायतको दुर्हम बिश्व बिद्यालय लगायतको बिज्ञ टोलीले तिलौराकोमटा उत्खनन र अनुसंधान गर्दा बिभिन्न संरचना, चादीका सिक्का, माटाका सामाग्रीहरु लगायत फेला परेका थिए। तिलौराकोट बुद्धकालीन समय भन्दा अघि नै ब्यस्थित शहरकारुमा रहेको पाइएको छ।
नेपाल सरकारको तर्फबाट तिलौराकोटलाई सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमापेश गरिएको हो। यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थलतिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।
लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।
सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।
जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...