मिथिलाकाे माैलिक प्रेमिल हाेली
१२ चैत्र २०८०
•
४ मिनेट पाठ
मिथिलाकाे माैलिक प्रेमिल हाेली
जनकपुर, चैत ११  




रामजीके हाथ कनक पिचकारी...

सीयाजीके हाथ अबिरझोरी... मिथिलामे

मिथिलामा राम खेले होरी... मिथिलामे...

मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली सोमबार प्रारम्भ भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।

‘कञ्चनवन राम खेले होरी कञ्चनवन...’ आइतबार मिथिला माध्यमिकी परिक्रमामा सहभागी नेपाल तथा भारतका मिथिलाञ्चलवासीले धनुषाको कञ्चनवनमा होलीका यस्तैयस्तै गीतमा होली खेलेर त्रेतायुगको सम्झना गरे। सहभागीहरूले एकअर्कालाई रङ–अबिर लगाएर मिथिलामा होली पर्वको स्वागत गरे। फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुग्ने गर्छ। परिक्रमामा सहभागी हुनेहरूले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ। यसपाली मधेस प्रदेशमा सोमबार र मंगलबार दुई दिन होली मनाईदै छ।

जगाउँदै जोगिरा

‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग

कौन ताल पर गोरिया नाचे कौन ताल पर हम’

जोगिरा सरररर...

श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिँदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल उतिसारो सुनिँदैन। यो गीत गाउँदा बजाइने ढोल, मृदंग, डम्पा, झ्यालीजस्ता बाजा अचेल दुर्लभ भए। फागु पूर्णिमाको पहिलो दिन चतुर्दशीको रात पौराणिक पात्र होलिकालाई परम्परागत बाजा बजाउँदै ‘होलिका दहन’ गर्ने परम्परा छ।

पहिले र अहिलेको होलीमा धेरै फरक आइसक्यो। नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले यसपटक मौलिक जोगिरालाई जिवन्त बनाउन पहल सुरु गरेका छन्। यादव सम्झन्छन्, ‘वसन्तपञ्चमीका दिनदेखि नै हामी दिवाना हुन्थ्यौं।’ अचेल जबर्जस्तीको पर्वजस्तो हुन थालेकोप्रति उनले चिन्ता व्यक्त गरे। मौलिकता हराएर विकृति आएको भन्दै उनले नयाँ पुस्तालाई होलीको सांस्कृतिक महŒव बुझाउन मौलिक होली सुरु गरेका छौं।’ खेल्ने तरिका, खानपान सबै फेरियो,’ यादवले भने, ‘विगतमा गाउँबस्तीमा रहेका सबैजना भेला भएर खेलिन्थ्यो यसपटक गाउँका मान्छे बटुलेर एक ठाउँ भेला भएर होलीको मौलिकता पुनर्जीवित बनाउँदै छौं।’

होली विशुद्ध आध्यात्मिक र सांस्कृतिक पर्व भएको सिरहा गोलबजारका ७० वर्षीय झमन यादव बताउँछन्। सानो छँदा बाँसको पिच्करी बनाएर खेलेको होली सम्झँदै उनले भने, ‘अचेल उबेलाको जस्तो रमाइलो छैन, संस्कृतिमा विकृति मिसिएको छ।’ गाउँले भेला भएर डम्फा (डम्फु), ढोलकजस्ता बाजा बजाउँदै होली गीत गाएर होली मनाउने गरेको उनले सम्झे। ‘जोगिरा गाएर घरघर पुग्ने गरिन्थ्यो,’ उनले भने, ‘अग्रजले आशीर्वाद दिन्थे, उमेरदारहरू साथ लागेर नाचगान गर्थे।’

सूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पस सिरहामा मैथिली भाषाका प्राध्यापक उमेशकुमार झाका अनुसार बढ्दो आधुनिकता, मानिसमा व्यस्तता, सहरमुखी प्रवृत्ति, पुराना संस्कृतिको प्रर्वद्धनमा बेवास्ताले होलीजस्ता मौलिक पर्वमा आकर्षण घट्दै गएको छ। संस्कृति, संस्कारप्रति घट्दो आकर्षण बढाउन युवाहरू जागरुक हुनुपर्ने उनको भनाइ छ।

मिथिलामा मौलिक होली

फागु पर्वमा सहभागी हुन नवविवाहिताहरू माइती आउँछन्। ज्वाइँलाई पनि पहिलो फागु खेल्न निम्तो पठाइन्छ। मिथिलाका सबै सांस्कृतिक पर्वमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ। महिला सहभागिताबिना होलीको कल्पनासमेत गर्न नसकिने मिथिला संस्कृतिका जानकार झा बताउँछन्। मिथिलाको होली घरमुली महिलाको पूजाबाटै सुरु हुन्छ। मालपुवा, खिरजस्ता परिकारहरू घरगोसाइँ (कुल देवता) लाई प्रसादका रूपमा अर्पण गरिन्छ। सँगै रङ–अबिर पनि पतल (प्रसाद) मा राखिन्छ। घरमुली महिलाको पुजा सकेपछि बल्ल होलीको उमंग सुरु हुन्छ।

एक दशकअघिसम्म मिथिलाञ्चलका टोलटोलमा वसन्त पञ्चमी (सरस्वती पूजा) सँगै राति फागु गीत गाइन्थ्यो। ग्रामीण इलाकाबाट लोप हुन लागेको फागु गीतलाई जगेर्ना गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् जनकपुरधामले (मिनाप) विगत अढाई दशकदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ। फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजन हुने दुई दिवसीय होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ। गीत–संगीतमा धनी तराई–मधेसको होलीमा आजकाल धेरै ठाउँमा ‘लाउडस्पिकर’ मा गीत बजाउने चलन आइसकेको छ। तर कतिपय स्थानमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा अझै देखिन्छ।

प्रेमिल होली

नन्द–भाउजु, भाउजु–देवर तथा साली–भिनाजुबीचको फागु मिथिलाञ्चलमा चर्चित छ। भाउजु–देवर तथा साली–भिनाजुबीचको प्रेम रहस्य पनि होलीमै खुल्छ। त्यो वासनायुक्त प्रेम नभई वात्सल्य प्रेमका रूपमा खुल्छ। यसमा यौन आकर्षणभन्दा पनि अभिभावकत्व प्रेम झल्किएको देख्न सकिन्छ। होलीमा देवर–भाउजुबीच जुन खुला रूपमा रङ–अबिरको खेल देखिन्छ, यस्ता दृश्यले उनीहरूबीचको प्रेमलाई सतहमा ल्याउँछ। मधेसको बन्द समाजमा होली नै 
अर्को समाचार
मिथिलाकाे माैलिक प्रेमिल हाेली
१२ चैत्र २०८०
•
४ मिनेट पाठ
मिथिलाकाे माैलिक प्रेमिल हाेली
रामजीके हाथ कनक पिचकारी...




सीयाजीके हाथ अबिरझोरी... मिथिलामे

मिथिलामा राम खेले होरी... मिथिलामे...

मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली सोमबार प्रारम्भ भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।

‘कञ्चनवन राम खेले होरी कञ्चनवन...’ आइतबार मिथिला माध्यमिकी परिक्रमामा सहभागी नेपाल तथा भारतका मिथिलाञ्चलवासीले धनुषाको कञ्चनवनमा होलीका यस्तैयस्तै गीतमा होली खेलेर त्रेतायुगको सम्झना गरे। सहभागीहरूले एकअर्कालाई रङ–अबिर लगाएर मिथिलामा होली पर्वको स्वागत गरे।

फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुग्ने गर्छ। परिक्रमामा सहभागी हुनेहरूले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ। यसपाली मधेस प्रदेशमा सोमबार र मंगलबार दुई दिन होली मनाईदै छ।

जगाउँदै जोगिरा

‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग

कौन ताल पर गोरिया नाचे कौन ताल पर हम’

जोगिरा सरररर...

श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिँदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल उतिसारो सुनिँदैन। यो गीत गाउँदा बजाइने ढोल, मृदंग, डम्पा, झ्यालीजस्ता बाजा अचेल दुर्लभ भए। फागु पूर्णिमाको पहिलो दिन चतुर्दशीको रात पौराणिक पात्र होलिकालाई परम्परागत बाजा बजाउँदै ‘होलिका दहन’ गर्ने परम्परा छ।

पहिले र अहिलेको होलीमा धेरै फरक आइसक्यो। नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले यसपटक मौलिक जोगिरालाई जिवन्त बनाउन पहल सुरु गरेका छन्। यादव सम्झन्छन्, ‘वसन्तपञ्चमीका दिनदेखि नै हामी दिवाना हुन्थ्यौं।’

अचेल जबर्जस्तीको पर्वजस्तो हुन थालेकोप्रति उनले चिन्ता व्यक्त गरे। मौलिकता हराएर विकृति आएको भन्दै उनले नयाँ पुस्तालाई होलीको सांस्कृतिक महत्व बुझाउन मौलिक होली सुरु गरेका छौं।’ खेल्ने तरिका, खानपान सबै फेरियो,’ यादवले भने, ‘विगतमा गाउँबस्तीमा रहेका सबैजना भेला भएर खेलिन्थ्यो यसपटक गाउँका मान्छे बटुलेर एक ठाउँ भेला भएर होलीको मौलिकता पुनर्जीवित बनाउँदै छौं।’

होली विशुद्ध आध्यात्मिक र सांस्कृतिक पर्व भएको सिरहा गोलबजारका ७० वर्षीय झमन यादव बताउँछन्। सानो छँदा बाँसको पिच्करी बनाएर खेलेको होली सम्झँदै उनले भने, ‘अचेल उबेलाको जस्तो रमाइलो छैन, संस्कृतिमा विकृति मिसिएको छ।’

गाउँले भेला भएर डम्फा (डम्फु), ढोलकजस्ता बाजा बजाउँदै होली गीत गाएर होली मनाउने गरेको उनले सम्झे। ‘जोगिरा गाएर घरघर पुग्ने गरिन्थ्यो,’ उनले भने, ‘अग्रजले आशीर्वाद दिन्थे, उमेरदारहरू साथ लागेर नाचगान गर्थे।’

सूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पस सिरहामा मैथिली भाषाका प्राध्यापक उमेशकुमार झाका अनुसार बढ्दो आधुनिकता, मानिसमा व्यस्तता, सहरमुखी प्रवृत्ति, पुराना संस्कृतिको प्रर्वद्धनमा बेवास्ताले होलीजस्ता मौलिक पर्वमा आकर्षण घट्दै गएको छ। संस्कृति, संस्कारप्रति घट्दो आकर्षण बढाउन युवाहरू जागरुक हुनुपर्ने उनको भनाइ छ।

मिथिलामा मौलिक होली

फागु पर्वमा सहभागी हुन नवविवाहिताहरू माइती आउँछन्। ज्वाइँलाई पनि पहिलो फागु खेल्न निम्तो पठाइन्छ। मिथिलाका सबै सांस्कृतिक पर्वमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ। महिला सहभागिताबिना होलीको कल्पनासमेत गर्न नसकिने मिथिला संस्कृतिका जानकार झा बताउँछन्।

मिथिलाको होली घरमुली महिलाको पूजाबाटै सुरु हुन्छ। मालपुवा, खिरजस्ता परिकारहरू घरगोसाइँ (कुल देवता) लाई प्रसादका रूपमा अर्पण गरिन्छ। सँगै रङ–अबिर पनि पतल (प्रसाद) मा राखिन्छ। घरमुली महिलाको पुजा सकेपछि बल्ल होलीको उमंग सुरु हुन्छ।

एक दशकअघिसम्म मिथिलाञ्चलका टोलटोलमा वसन्त पञ्चमी (सरस्वती पूजा) सँगै राति फागु गीत गाइन्थ्यो। ग्रामीण इलाकाबाट लोप हुन लागेको फागु गीतलाई जगेर्ना गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् जनकपुरधामले (मिनाप) विगत अढाई दशकदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजन हुने दुई दिवसीय होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ। गीत–संगीतमा धनी तराई–मधेसको होलीमा आजकाल धेरै ठाउँमा ‘लाउडस्पिकर’ मा गीत बजाउने चलन आइसकेको छ। तर कतिपय स्थानमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा अझै देखिन्छ।

प्रेमिल होली

नन्द–भाउजु, भाउजु–देवर तथा साली–भिनाजुबीचको फागु मिथिलाञ्चलमा चर्चित छ। भाउजु–देवर तथा साली–भिनाजुबीचको प्रेम रहस्य पनि होलीमै खुल्छ। त्यो वासनायुक्त प्रेम नभई वात्सल्य प्रेमका रूपमा खुल्छ। यसमा यौन आकर्षणभन्दा पनि अभिभावकत्व प्रेम झल्किएको देख्न सकिन्छ। होलीमा देवर–भाउजुबीच जुन खुला रूपमा रङ–अबिरको खेल देखिन्छ, यस्ता दृश्यले उनीहरूबीचको प्रेमलाई सतहमा ल्याउँछ। मधेसको बन्द समाजमा होली नै 
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस