इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ। लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष, साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान र इलाम समाज काठमाडौंका अध्यक्ष हुन्।
यसैगरी कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठ पनि सम्मानित भए। तीनै जनालाई नगद पन्ध्र हजार राशिसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो।
उनीहरूलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राई र इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले सम्मान गरेका थिए।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा दुई दिने ‘इलाम साहित्य महोत्सव’ को आयोजना गरिएको हो। “पर्यटनका लागि साहित्य’’ भन्ने नाराका साथ थालिएको महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, लेखक र कलाकारको सहभागिता रहेको छ।
महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार, लेखक, राजनीतिकर्मी लगायतको सहभागिता रहेको छ।
इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भइरहेको महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक, चिन्तक, राजनीतिकर्मी लगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल थालिएको छ।
कार्यक्रममा राजनीति, साहित्य, पर्यटन, पर्यावरण, नाटक जस्ता विधामा बहस राखिएको छ भने विचार, कविता, गजल वाचन महोत्सवको आकर्षणको रूपमा रहेको छ।
इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ। लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष, साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान, इलाम समाज काठमाडौंका अध्यक्ष हुन्।
यसैगरी कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठ पनि सम्मानित भएका छन्। तीनै जनालाई नगद पन्ध्र हजार राशिसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो।
उनीहरूलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राई र इलाम नगरपालिकाका मेयर केदार थापाले सम्मान गरेका थिए।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा दुई दिने ‘इलाम साहित्य महोत्सव’ को आयोजना गरिएको हो। “पर्यटनका लागि साहित्य’’ भन्ने नाराका साथ थालिएको महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, लेखक र कलाकारको सहभागिता रहेको छ।
महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार, लेखक, राजनीतिकर्मी लगायतको सहभागिता रहेको छ।
इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भइरहेको महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक, चिन्तक, राजनीतिकर्मी लगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल थालिएको छ।
कार्यक्रममा राजनीति, साहित्य, पर्यटन, पर्यावरण, नाटक जस्ता विधामा बहस राखिएको छ भने विचार, कविता, गजल वाचन महोत्सवको आकर्षणको रूपमा रहेको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...