‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई
०१ वैशाख २०८१
•
२ मिनेट पाठ
‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई
लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको  सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ।




उनीहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसलाई संस्थागत गर्न निर्वाह गरेको भूमिकाको कदर गर्दै सो सम्मान दिइएको हो।

शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उनीहरूलाई सम्मान दिएका हुन्।

उनले स्रष्टाहरू सधैँ प्रतिपक्षी रही रचनात्मक भूमिका खेल्न तयार हुनुपर्ने बताउँदै आन्दोलनको मर्म र भावनालाई राजनीतिक नेताहरुले आत्मसात् गर्नुपर्नेमा जोड दिए।  

प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले परिवर्तनलाई संस्थागत गर्ने सन्दर्भमा स्रष्टाहरुको भावनाअनुसार प्रतिष्ठान सञ्चालन भएको बताए।

साहित्यकार कोषराज न्यौपानेले स्रष्टा पौडेल गजल विधाका सिद्धहस्त व्यक्ति भएको टिप्पणी गरे,भने प्राज्ञ बाबा बस्नेतले स्रष्टा माली सशक्त नारी हस्ताक्षरका साथै आन्दोलनमा निरन्तर क्रियाशील व्यक्तित्व भएको बताए।

जनआन्दोलन–२ मा विसं २०६२ चैत ३० गते आरोहण (गुरूकुल) नाट्यघरमा जनआन्दोनप्रति ऐक्यबद्धता भेलापश्चात् पुरानो बानेश्वरको चोकमा कफ्र्यु तोडेर कविता वाचन गर्दा सुरक्षाकर्मीले दमन र गिरफ्तार गरेको दिनलाई स्मरण गरिँदै आएको अभियानका अध्यक्ष मनोज न्यौपानेले जानकारी दिए।

यसअघि आनन्ददेव भट्ट, साहित्यकार काइँला, डा.तुल्सीप्रसाद भट्टराई, निनु चापागाईं, किरण मानन्धर, देशभक्त खनाल, डा.बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा.अमर गिरी, हरिगोविन्द लुईटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा.दुवसु क्षेत्री, पुरूषोत्तम दाहाल, पुरूषोत्तम सुवेदी, शार्दूल भट्टराई, कृष्ण धरावासी,वासुदेव अधिकारी, विवश पोखरेल, हरिहर अधिकारी ’ र तीर्थ श्रेष्ठले उक्त सम्मान प्राप्त गरेका छन्।  
अर्को समाचार
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
५८ मिनेट अघि
•
१ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
काठमाडाैं। निबन्धकार ज्ञानेन्द्र विवशको  ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्। यो निबन्धको संगालो हो, त्यसैले निबन्धकारका निर्बन्ध मन निबन्धमा खुलेका छन्। निबन्धमा लामो समयदेखि सक्रिय लेखकले शब्दहरूलाई पवित्र नदी बनाएर भावना बगाएका छन्। अनुभूतिका उचाइ हिमाल जस्तै चुल्याएका छन्। अभिव्यक्तिका शब्द गहिरिएर भित्री सौन्दर्य उतार्न निबन्धकार तल्लीन र सफल पनि छन्। 
यस ‘इन्द्रेणी सौन्दर्य’ मा निबन्धकार ज्ञानेन्द्र विवशका अनुभूतिका अक्षरहरू ओल्टाइ–पल्टाइ गर्दै निबन्धको बान्की पस्किदैछु। साहित्यका अनेक विधाहरूमध्ये नियात्रा, निबन्धमा विशेष पहिचान बनाउन सफल लेखक हुन् विवश। सरल, मृदुभाषी र सज्जन स्वभावका यिनी आफ्ना लेखनमा पनि यस्तै भेटिन्छन्। त्यसैले निबन्ध पाठक मन छुन सफल हुने छन्। 
उनको यो निबन्ध संग्रहमा लेखक र पाठकका हृदयका तारहरू सबैभन्दा नजिकबाट जोडिन्छन्। ‘इन्द्रेणी सौन्दर्य’ शब्दहरूको सङ्ग्रह मात्र नभएर मानवीय जीवन, प्रकृति र यात्राका क्रममा जन्मिएका सूक्ष्म संवेदनाहरूको एउटा जीवन्त दस्तावेज पनि हो। यो कुरा पाठकले केही निबन्धको अध्ययनबाटै महसुस गर्न सक्छन्।




वास्तवमा ‘इन्द्रेणी सौन्दर्य’ अनुभूतिमय निबन्धको मिठासले भरिभराउ खुराक हो, जहाँ पाठक मनले आफूलाई पनि भेटाउन सक्छ। आफ्नै जीवन भोगाइका कतिपय सन्दर्भहरू पनि यसमा भेट्न सकिन्छ। निबन्धकारले लेखेको तर हामी प्रत्येकको मनले देखेका र हृदयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरङ्गहरूको शब्द–विस्तार यस निबन्धमा पाइन्छ। 
यस निबन्ध सङ्ग्रहमा सङ्गृहीत विविध अनुभूतिहरू हाम्रै जीवन, हामीले नै भोगेका परिवेशका अनुभूतिहरू हुन् भन्दा फरक पर्दैन। निबन्धकारले त्यसलाई आफ्नो शैलीमा ढालेर निबन्धको रूपमा अभिव्यक्त गरेका मात्र हुन्। तर यसका लागि लेखन शैली, क्षमता र अनुभवलाई अक्षरमा मीठो सिलसिला बनाउने सीप चाहिँ अवश्य चाहिन्छ। त्यो सीप लेखक विवशमा प्रशस्तै पाइन्छ। 
‘इन्द्रेणी सौन्दर्य’ का रूपमा प्रकाशित निबन्धहरूले जीवनको सम्पूर्णता स्वीकार गर्छन्– जसरी छ, त्यसरी नै ! निबन्धहरूमा लेखक मन पाठकसँगै हिँड्ने, सँगै बस्ने, सँगै जिन्दगीको कुरा गर्ने शैली छ। ‘हतार विनाका फुर्सद’ र ‘फुर्सदको दिन’ जस्ता निबन्धहरूले आजको भागदौडको जीवनमा एकछिन रोकिन सिकाउँछन्। आफैँतिर फर्किन र एकछिन टक्क रोकिन लगाउँछन्।

निबन्धकार तथा समालोचक डा. माधवप्रसाद पोखरेलको विश्लेषणमा ‘इन्द्रेणी सौन्दर्य’ भित्र (१) यात्रा केन्द्रित, (२) दृश्य/दृष्टि केन्द्रित, (३) अनुभूति केन्द्रित, (४) स्मृति केन्द्रित, (५) फुर्सद केन्द्रित, ६) सौन्दर्य केन्द्रित र (७) अन्य/विविध विषयमा लेखिएका निबन्धहरू समाविष्ट छन् भनी विचार व्यक्त गरेका छन्। तर सबै निबन्धहरूको मूलभूत विषय कुनै न कुनै पक्षको सौन्दर्य नै भएकाले सङ्ग्रहको शीर्षक पनि ‘इन्द्रेणी सौन्दर्य’ जुराएको हो जस्तो लाग्ने उनको टिप्पणी विवशज्यूको लेखनकर्मको सही दृष्टिकोण हो भन्ने मेरो पाठकीय धारणा छ।

प्रस्तुत ‘इन्द्रेणी सौन्दर्य’ भित्रका ५७ वटै निबन्धहरू निबन्धकारकै शैलीमा भन्नुपर्दा निबन्धहरू खुसीका उत्सव हुन्, सम्झनाका बाडुली हुन् र आशाका बिहानी पनि हुन्। यद्यपि यहाँ ‘बिर्सिन नसकिने मान्छे’ छन्, ‘बिर्सेर सम्झेका यादहरू’ छन्, ‘टनकपुरमा दुखेको मन छ’ र ‘यौटा यस्तो कालो दिन’ पनि छ। रातको चकमन्न शून्यता र दिनको कोलाहलमय उपस्थिति जस्तै अनुभूतिका यस्तै भावना, विचार र विम्बहरू पनि प्रशस्तै पाउन सकिन्छ।

वास्तवमा ‘इन्द्रेणी सौन्दर्य’ निबन्ध संग्रह आफैँमा जीवन, प्रकृति, समय र अनुभूतिहरूको एकमुस्ट विवरण हो। यस पुस्तकको आवरण चित्र वरिष्ठ कलाकार विजय थापाले बनाएका छन् जुन उत्तिकै सुन्दर र निबन्धको भावलाई उतार्न सफल छ। 
साहित्यमा प्रायः कल्पनाको प्रयोग धेरै हुने गर्छ, तर ‘इन्द्रेणी सौन्दर्य’ को विशेषता यसको यथार्थपरक प्रस्तुति हो। यसमा कल्पनाको उडानभन्दा पनि भोगाइका जीवन्त क्षणहरू छन्। जीवन र मृत्युका शाश्वत सत्यहरूलाई प्रकृतिका विविध आयामहरूसँग जोडेर हेर्ने निबन्धकारको परिचित दृष्टि आफ्नै किसिमको छ। पाठकले यसमा कुनै बनावटी संसार भेट्दैनन्। आफैँलाई, आफ्नै जीवनलाई, घर–आँगन, हिँडेका बाटा र भोगेका घाम–छायाँका विम्बहरू पाउँछन्। त्यसैले यो सङ्ग्रह यथार्थको धरातलमा उभिएको सौन्दर्यबोध हो भन्ने मेरो पाठक मत र मान्यता छ।

‘सुन्दर स्वदेश प्रकाशन’ ले प्रकाशित गरेको र रु. ५५० मूल्य रहेको यो ‘इन्द्रेणी सौन्दर्य’ निबन्ध संग्रह पठनीय, संग्रहणीय छ भन्दा अतिशयोक्ति हुँदैन। यति सुन्दर, यति मिठासले भरिएको र यति यथार्थ भावको संगम रहेको निबन्धकृतिका लागि निबन्धकार ज्ञानेन्द्र विवशज्यूलाई हार्दिक बधाई दिन्छु।

- अजय अंशु
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस