१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

सलमान खानको घरबाहिर गोली चलाउने २ जना पक्राउ

बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको अभियोगमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।

समाचार संस्था पीटीआईका अनुसार प्रहरीले अनुसन्धानको क्रममा तीन दुई जनालाई गुजरात राज्यबाट पक्राउ गरेको हो।

आइतवार बलिवुडका भाइजान सलमान खानको घर बाहिर २ जना अज्ञात व्यक्तिले ४/५ राउन्ड गोली फायर गरेका थिए। गोली सलमान खानको घरभित्र पनि छिरेको थियो। तर, कसैलाई कुनै क्षति भने भएन।

प्रहरीका अनुसार ती दुई व्यक्ति सलमान खानको फार्म हाउस पनवेल नजिकै घर भाडामा लिएर बस्दै आएका थिए भने उनको ग्यालेक्सी अपार्टमेन्टको बारेमा पनि छानबिन गरिरहेका थिए।

सलमान खानलाई केही समूहले ज्यान मार्ने धम्की दिँदै आएका छन्।

उक्त घटना पछि सलमान खानको सुरक्षा बढाइएको छ।

प्रकाशित: ४ वैशाख २०८१ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App