१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी

बलिउड अभिनेता शाहरूख खान हाल सुजोय घोषको एक्सन फिल्म ‘किंग’ मा काम गरिरहेका छन्। उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन्।

गतवर्ष सुहानाले जोया अख्तरको फिल्म 'द आर्चिज' बाट बलिउडमा डेब्यू गरेकी थिइन्। यो फिल्म ओटिटीमा रिलिज भएको थियो। अब सुहाना 'किङ' बाट ठूलो पर्दामा डेब्यू गर्दैछिन्।

यो फिल्म शाहरूख खानको होम प्रोडक्सन रेड चिलीज इन्टरटेनमेन्टले निर्माण गर्नेछ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा शाहरुखले २०० करोड रुपैयाँ लगानी गरेका छन्।

यो चलचित्रको प्रि-प्रोडक्सनमा विगत एक वर्षदेखि टिमले काम गरिरहेको छ। शाहरुख आफैंले छोरीको डेब्यु फिल्मलाई ठूलो बनाउन कुनै कसर बाँकी राखेका छैनन्। फिल्म सन् २०२५ मा प्रदर्शनमा आउने छ।

खानको लागि सन् २०२३ मा फिल्म 'जवान' र 'पठान' प्रदर्शनमा आएको थियो यी दुवै फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

प्रकाशित: ४ वैशाख २०८१ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App