नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै
०५ वैशाख २०८१
•
२ मिनेट पाठ
नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै
फाइल तस्बिर
एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ।




मंगलबार ‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने आशयका साथ कलाकार दयाहाङ राई, पशुपति राई र ‘गाउँ आएको बाटो’ फिल्मका बालकलाकार प्रसन राईले महोत्सवको लोगो सार्वजनिक गर्दै नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव घोषणा गरिएको हो।  

अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर पहिलोपटक नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव आयोजना गर्न लागेको जानकारी एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालका अध्यक्ष केदार श्रेष्ठले दिए।

‘अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर आगामी मंसिर ५ देखि १४ गतेसम्म राजधानीमा पहिलो पटक नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल–चलचित्र प्रदर्शन हुने महोत्सव ३ देखि १८ वर्ष उमेर समूह र अभिभावक तथा शिक्षक लक्षित गरिएको छ।’

त्यस्तै महोत्सवमा १८ वर्षमुनिका बालबालिका योङ फिल्ममेकरको फिल्म प्रतियोगिता तथा कार्यशाला पनि हुनेछ। महोत्सवमा निर्णायक जुरीको रूपमा बालबालिका समावेश तथा सहभागिता गराइने छ।

उनका अनुसार महोत्सवमा बाल–चलचित्रबारे तथा यसले बालबालिका र समाजमा पार्ने प्रभावबारे सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रमसमेत आयोजना हुनेछन्।  

‘चलचित्र बालबालिकालाई संस्कृति, समाज, शिक्षासँग जोड्नसक्ने विभिन्न कला मिश्रित माध्यम भएको हुँदा महोत्सवले कल्पना गर्न, अवधारणा बनाउन, विश्लेषण गर्न, रचनात्मक सोचको विकास गर्न, विभिन्न सामाजिक, सांस्कृतिक, राजनीतिक मूल्य बुझाउन उल्लेखनीय भूमिका खेल्ने छ भन्ने विश्वास लिएका छौं,’ उनले भने। महोत्सवसँगै एसिएफ नेपालले ‘स्कुल टु स्कुल फिल्म फेस्टिभल’ समेत आयोजना गर्ने भएको छ।

‘बालबालिकाका लागि चलचित्र’ भन्ने अभियानका साथ सन् २०११ मा स्थापना भएको एसिएफ नेपालले विद्यालयहरूमा नियमित बाल चलचित्र प्रदर्शनी तथा छलफल कार्यक्रम, योङ फिल्म मेकिङ वर्कसप र स्कुलमा सिनेमा क्लब सञ्चालन गर्दै आइरहेको छ।
अर्को समाचार
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि सुरु हुँदै
०३ असार २०७९
•
२ मिनेट पाठ
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २३  देखि सुरु हुँदै
अमेरिकाको म्यारिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुदै आएको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२२  यहि जुन महिनाको २३ देखि २६ सम्म भौतिक रुपमा र अनलाइन (भर्चुअल) बाट हुने भएको छ। चार दिनसम्म संचालन हुने महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८ वटा चलचित्रहरु प्रदर्शन हुने कुरा आयोजकले जानकारी गराएका छन्।




जुनको २३ तारिक बिहीबार साँझ पुरानो ग्रीन्बेल्ट थिएटरमा बिक्रम सापकोटाद्वारा निर्देशित चलचित्र 'हल्करा'को भौतिक प्रदर्शनबाट महोत्सवको उद्घाटन हुनेछ। चलचित्र महोत्सवको समापन जुन २६ तारिक आइतबार साँझ निर्देशक माइकल ब्राउनको वृत्तचित्र 'वृक म्युल' र एरिक स्पिंकको लघु चलचित्र 'द लिप रिडर' बाट सोही थियटरमा भौतिक रुपमै हुने जनाइएको छ।

भौतिक प्रदर्शनी बाहेक महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत चलचित्रहरु हेर्न सकिनेछ। बिगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा २ वटा चलचित्र प्रदर्शन हुनेछन भने स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न  डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज उप प्रदर्शन गरिने छ।

प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता-निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ l  यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका अविनाश बिक्रम शाह र सुरक्षा पन्तसँग पनि भर्चुअल संवाद गरिने भएको छ। प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ।

चलचित्र महोत्सव २०२२ का लागि ७ जनाको निर्णायक मण्डल घोषाणा गरिएको छ। उक्त्त निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछ। नेपालबाट अनुप सुबेदी ,अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर  र पोर्सिया कोब जुरीको रुपमा रहेका छन्। महोत्सवमा आवेदन परेका चलचित्रहरुलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।  

सन् २०१७ देखि गैर-नाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले निरन्तर  यो चलचित्र महोत्सव आयोजना गर्दै आइरहेको छ। कार्यक्रमबारे थप जानकारी संस्थाका सामाजिक संजाल तथा  वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस