१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं भारतीय व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिएको छ।

प्रवर्तन निर्देशालय (ईडी) सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७ करोड ७९ लाख भारुको चलअचल सम्पत्ति जफत गरेको हो।

जफत गरिएको सम्पत्तिमा राज कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट, इक्विटी शेयर, कुन्द्राकी पत्नी शिल्पा शेट्टीको नाममा रहेको जुहूको फ्ल्याटसमेत रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

सन् २०२१ को जुलाईमा मुम्बई प्रहरीले व्यापारी राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा पक्राउ गरेको थियो। यस मामिलामा राज कुन्द्राले पछि जमानत रिहा भएका थिए।

प्रकाशित: ६ वैशाख २०८१ १६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App