७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

रश्मिका बन्ने भइन् सलमानको हिरोइन

बलिवुडका भाइजान सलमान खानको नयाँ चलचित्र सिकन्दरको मुख्य भूमिकामा रश्मिका मन्दना हुने भएकी छिन्।

ईदको समयमा आफ्नो आगामी चलचित्रको घोषणा गर्दै सलमान खानले सिकन्दरका लागि रश्मिकालाई मुख्य भूमिकामा ल्याउने भएका हुन्। रश्मिकाले आफ्नो इन्सटाग्राममा यसबारे पुष्टि गरेकी छिन्।

निर्माता/निर्देशक ए.आर.मुरुगदाससँग सलमानले आफ्नो अघिल्लो चलचित्र बनाउन लागेका हुन्।

साजिद नाडियाडवालाको ब्यानरमा बन्ने सिकन्दरमा सलमान खानको अपोजिट रश्मिकालाई फाइनल गरिएको बताइएको छ।

सिकन्दर सन् २०२५ को ईदमा रिलिज हुनेछ। सलमान खानसँग उनको यो पहिलो चलचित्र हुनेछ। जसका लागि सलमान र रश्मिका दुबैका फ्यान निकै उत्साहित छन्।

‘पुष्पा’ र ‘एनिमल’ जस्ता सुपरहिट चलिचत्र दिएकी रश्मिकाको माग पछिल्लो समय निकै बढेको छ। उनी पुष्पा २ मा पनि आउँदैछिन्।

प्रकाशित: २७ वैशाख २०८१ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App