७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

दिल तो बच्चा है जी !

३० वर्ष उमेरको युवाले कस्तो कथा पढ्छ होला ? तपाईंको अनुमानमा अलि राम्रै उपन्यास छान्ला नि, हैन र ? राम्रो पुस्तक भन्नाले उसको उमेर सुहाउँदिलो पुस्तक छान्ला।

उमेरले ३० पुगिसक्दा पनि बेलायती युवाहरूको मन पर्ने उपन्यासहरूमा ‘द हङ्गर गेम्स’, ‘अ गुड गल्र्स गाइड टु मर्डर’सँगै ‘हट्र्सस्टोपर’जस्ता ग्राफिक उपन्यासहरू रोजाइमा पर्ने गरेका छन्। जबकि ती उपन्यासहरू किशोर किशोरीलाई केन्द्रमा राखी, उनीहरूको रुचिअनुरूप लेखिएका उपन्यास हुन्।

यस्ता उपन्यासलाई भने हुर्किसकेका ‘बच्चा’ले पनि छाड्न मानिरहेका छैनन्। उमेर घर्किसक्दा पनि किशोरकेन्द्रित सिर्जनामा अल्झनुको कारण खोज्न थालिएको छ।

हार्परकोलिन्स पब्लिकेसन्सले निल्सन बुक डेटासँग मिलेर गरेको अध्ययनअनुसार ७४ प्रतिशत किशोर साहित्यका पाठक वयस्क छन्।

२८ प्रतिशत त २८ वर्षसम्मका युवाहरूले किशोर साहित्य पढिरहेका छन्।

यस्तो हुनुमा पछिल्लो समय युवाहरूमा किशोरपनाको उमेर तन्किएको अर्थमा धेरैले लिइरहेका छन्। उनीहरूमा वयस्कपना आउन ढिलाइभइरहेको केहीको दाबी छ। खासगरी व्यक्तिमा अस्थिरता बढ्दै जाँदा किशोरपन लम्बिएको केही विशेषज्ञको दाबी छ। युवाहरूलाई किशोर साहित्य मन पर्नुका पछाडिको कारण नोस्टाल्जिया (स्मृतिरमण) पनि हुनसक्ने उनीहरू बताउँछन्। बच्चा वा किशोर कालमा पढेका सुन्दर कृतिहरूप्रति मानिसलाई जीवनभर एउटा छाप पर्ने गर्छ। सोही छापका कारण उनीहरूले बारम्बार पढेको हुनसक्ने सो अध्ययन निष्कर्षमा जनाइएको छ।

प्रकाशित: २८ वैशाख २०८१ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App