कलिलो उमेर, परिपक्व जिम्मेवारी
२९ वैशाख २०८१
•
४ मिनेट पाठ
कलिलो उमेर, परिपक्व जिम्मेवारी
काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन काठमाडौंमै जन्मेहुर्के पनि बाल्यकाल भने उनका लागि त्यति सहज थिएन। बुबा मदिरापानको कुलतमा फसेकाले उनको जीवन कष्टकर र गरिबीमा बित्यो। आमाको काँधमा बुबाआमा दुवैको  जिम्मेवारी थियो।




घर खर्च जुटाउन आमाले धनाढ्यको घरमा गएर भाडा माझ्ने र कपडा धुने काममा जाँदा रविना पनि साहुको घरमा फालिएका खेलौना र पुराना कपडा पाइन्छ भन्ने आशामा पछि लागेर जान्थिन्। ‘आमा साहुको घरमा काम गर्न जानुहुन्थ्यो र साहुका छोराछोरीले काम नलाग्ने भनी फालिदिएका कापीको सादा पानाहरू बटुलेर सियो धागोले सिलाएर आमाले मेरा लागि कापी बनाइदिनुहुन्थ्यो।’

हालै नागरिकसँगको भेटमा प्रअ रविनाले विगत सम्झँदै भनिन्, ‘म त्यही कापी लिएर बाफलमा रहेको ज्ञानोदय स्कुलमा पढ्न जान्थें। कहिलेकाहीं तिनै सिलाइएकै कापी पनि जोहो गर्न नसक्दा म कक्षाबाट निकालिनुपर्थ्याे।’

पढाइमा निकै राम्रो भए पनि रविनालाई पढेपछि के बन्ने निश्चित थिएन। गीत गाउन आउँथ्यो, कराते पनि खेल्थिन्। यस अर्थमा उनलाई कहिले गायक त कहिले कराते खेलाडी पो बनिने हो कि भन्ने पनि सोच आउँथ्यो।

रविनाले नागरिकसँगको भेटमा आफ्नो बाल्यावस्थाको मनोभावना पोख्दै भनिन्, ‘२०६४ सालमा मैले एसएलसी पास गरें। विद्यार्थी हुँदा कहिले छोड्न पाइएला भन्ने लागेको विद्यालय, साँच्चिकै छोड्नु परेपछि गइरहन मन लाग्न थाल्यो। त्यसैबेला तत्कालीन प्रअ धनञ्जय शर्माले २७०० दिन्छु पढाउँछौ भनी सोध्दा त म खुसीले गद्गद् भइहालें।’

विद्यालयमा काम थालेपछि उनकी आमाले झुटो बोलेर थोरै चामल किन्नुपरेन। यता रविनाले पनि गणित विषयबाट पढाउन सुरु गरेर बिस्तारै आफ्नो योग्यता अनुसार मार्केटिङ, अर्थशास्त्र र लेखा पनि पढाइन्। उनी बालबालिकालाई ‘मेरो सेरोफेरो’ विषय पढाउँथिन्।

उनले सधैं बालबालिकालाई जाँडरक्सी खानु हुँदैन, खाँदाको परिणाम के हुन्छ भनेर सिकाउँथिन्। स्नातकोत्तर तह पनि व्यवस्थापनमै पूरा गरेकी उनले निरक्षर आमाबुबाकी सन्तान भएर पनि काठमाडौंको सामुदायिक विद्यालयको प्रअ हुँदा उनको समुदायले नै गर्व गर्ने गरेको छ।

फेरि पनि महिला भनेर नाक खुम्चाउँदा

आफू पढेको विद्यालयमा पढाउने चस्का बसेपछि उनले २०७४ सालमा शिक्षक सेवा आयोगको परीक्षा दिइन् र पास पनि भइन्। उनको पहिलो पदस्थापन च्वादी पब्लिक माध्यमिक विद्यालय, नुवाकोटमा भयो।

‘त्यहाँ केही पुरुष शिक्षकले फेरि पनि महिला नै आउनुभएछ भन्नुभयो,’ घरबाहिर सरकारी जागिर प्रवेशको पहिलो तितो अनुभव सुनाइन्, ‘तर मैले यसलाई चुनौतीभन्दा पनि अवसरका रूपमा लिएर अघि बढें। जागिर खोज्न जाँदा अनुभव माग्ने तर अनुभव गर्न अवसर नदिएपछि कसरी हुन्छ? पहिला अनुभव बटुल्ने अवसर दिनुपर्छ अनि काम गर्न सकिन्छ।’

‘पहिला च्वादी पब्लिक माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच निकै कम अन्तरक्रिया हुन्थ्यो। विद्यार्थीहरू पनि नियमित विद्यालय आउँदैनथे। उनीहरू पढाइभन्दा बढी खेतीपाती र हाटबजारमा संलग्न हुन्थे,’ उनले आफूले अपनाएको शिक्षणविधिबारे बताइन्, ‘मैले विद्यार्थी, अभिभावक र सबै शिक्षकहरू अन्तरक्रिया गराएर शिक्षाको महŒव बुझाएँ। पहिला पढाउन शिक्षिका आइन् भनेर नाक खुम्च्याउने शिक्षकहरूको पनि दृष्टिकोण बदलियो। त्यति मात्र होइन, महिलाले सक्दैनन्, गर्दैनन्, जान्दैनन् भन्ने शब्द त्यहाँ परिवर्तन भयो।’

विद्यालयमा कम्प्युटर थिएन। उनले आफ्नो निजी ल्यापटप लगेर विद्यार्थीहरूलाई प्रेरणामूलक भिडियोहरू देखाउने, पढ्न नखोज्ने, अनुशासनमा नबस्ने, भनेको नमान्ने विद्यार्थीहरूमा समेत अनेक किसिमका सकारात्मक परिवर्तन ल्याउन उनी सफल भइन्।

शिक्षक सेवा आयोगबाट रविनाले २०७६ सालमा मावि तह पास गरेपछि उनको पदस्थापन काठमाडौंको मनमैजु माविमा भयो। उनी त्यहाँको मावि तहको सबै भन्दा कनिष्ठ शिक्षक भए पनि क्षमता र अवसरकै कारण पदस्थापन भएको एक वर्षमै त्यस विद्यालयको प्रअ भइन्। कोरोना महामारीको अवधिमा रविना प्रअका रूपमा भर्खरै छनोट भएकी थिइन्।

विद्यालयमा स्रोतसाधनको कमीका कारण अनलाइन कक्षा सञ्चालन असहज थियो। ‘आफ्ना बालबालिकाहरूलाई मास्क लगाएर विद्यालय पठाइदिन अभिभावकलाई अनुरोध गर्दा उहाँहरूले मास्क किन्नुको साटो त्यो पैसाले साँझबिहान साग किनेर खान पुग्छ भन्ने जस्तो जवाफ दिनुभयो,’ उनले सार्वजनिक विद्यालयको अप्ठेरो सुनाइन्।

‘मेरो प्रयासले उक्त विषम अवस्थामा पनि विद्यार्थी पढाइबाट वञ्चित हुनुपरेन। उनको यो प्रयासको फलस्वरूप ज्यापु संस्कृति विकास कोषले दिने ‘इमर्जिङ हेड टिचर’ सम्मान पाइन्। त्यस्तै गत वर्ष ‘इन्टिग्रिटी आइकन नेपाल २०२३’ बाट समेत उनी सम्मानित भइन्।

सबै हेडमास्टर

उनीसँगै पढेका र बढेका साथीहरू सबै बिदेसिएको देख्दा उनी आफू पनि कमाउन विदेश जाउँ कि क्या हो भन्ने नलाग्ने होइन। तर जब जब उनी आफ्नो विद्यालय पुग्छिन् र त्यहाँका कलिला बालबालिकाहरू देख्छिन्, उनलाई बिदेसिने रहर अपराधबोधमा परिणत हुन्छ।

क्षमतावान्हरूले देशको भविष्य र खासगरी बालबालिकाहरूका बारेमा सोचेन भने अबका केही वर्षमा देश त पूरै रित्तिने रहेछ भन्ने उनलाई लाग्ने गर्छ। तर सबैतिर आफू पुग्न असम्भव छ भन्ने लागेपछि उनले एउटा नयाँ विधि लगाउने गरेकी छन्। त्यो विधि हो, सबैलाई प्रअ बनाउने। आफ्नो विद्यालयको गुणस्तर कुनै निजी विद्यालयको भन्दा कम नहोस् भन्ने उद्देश्यले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा पनि सुधार गर्न लागि परिन्।

आफू प्रअ भएसँगै स्कुलका सबै शिक्षकहरूलाई उनले डाकिन् र भनिन्, ‘प्राविधिक रूपमा म प्रअ हुँली तर तपाईंहरू पनि उत्तिकै जिम्मेवार हुनुहुन्छ। त्यसैले तपाईंहरू पनि प्रअ नै हो। म भोलि यहाँबाट सरुवा भएर कतै गएँ भने तपाईंहरूले नेतृत्व सहजै सञ्चालन गर्न सक्ने क्षमता वृद्धि गर्ने उपाय आफ्नो जिम्मेवारी वहन गर्नु हो।’
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
४ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस