मेसीले भने ‘नेपाल आउँछु’
१० चैत्र २०७४
•
७ मिनेट पाठ
मेसीले भने  ‘नेपाल आउँछु’
किरण मरहठ्ठा पेसाले पत्रकार, लेखक, टेलिभिजन कार्यक्रम प्रस्तोता। हाल अमेरिका बसाइँ सरेका मरहठ्ठा त्यहाँ पनि पेसासँग जोडिएकै छन्। अमेरिका पुगेरै उनले ‘दी होप’ र ‘मिडिया इन मास’ नामका किताब लेख्न भ्याइसके। साथमा उनले त्यहीँबाट स्थानीय टेलिभिजन च्यानलमा नियमित कार्यक्रम सञ्चालन गरिरहेका छन्। 

दशकभन्दा लामो समय नेपालमा सञ्चारमाध्यमको जागिरेका रूपमा बिताएका मरहठ्ठाले आफ्नो परिचयमा पत्रकार र लेखकसँगै अर्को विशेषण पनि थपेका छन्, डकुमेन्ट्री निर्माताका रूपमा। पेसासँग खेलकुदको खास साइनो नभए पनि फुटबलमा उनको लगाव विशेष छ। नेपाली फुटबल पनि नियमित पछ्याउने मरहठ्ठा खासगरी युरोपेली लिग र विश्वकपमा अझै बढी रुचि राख्छन्। 

युरोपेली क्लबमा उनलाई सबभन्दा मनपर्ने क्लब बार्सिलोना हो भने अन्तर्राष्ट्रिय फुटबलमा नेपालपछि उनको रोजाइ अर्जेन्टिना हो। उनले बार्सिलोना र अर्जेन्टिनासँग यति लगाव राख्नुको कारणमा छन्, लियोनल मेसी। मेसीले बार्सिलोनाको जर्सी लगाउन थालेदेखि नै उनका हरेक खेल, गोल र फ्रि–किकलाई चासोका साथ पछ्याएका मरहठ्ठा पनि अरु करोडौँ समर्थकजस्तै मेसीलाई विश्वकै सर्वोत्कृष्ट खेलाडी मान्छन्। मरहठ्ठा यस अर्थमा भाग्यमानी साबित भए कि उनी आफूले सर्वोत्कृष्ट ठान्ने खेलाडीलाई बारम्बार भेट्ने मौका पाए। जसको फगत एक किक हेर्नकै लागि पूरा रातभर टेलिभिजनको अगाडि झुम्मिएका थिए, उनैको विषयमा डकुमेन्ट्री बनाउने मौका पाए।

नेपालमा आफ्ना प्रशंसक भएको जानकारी रहेको र आफूहरु नेपालीप्रति आभारी रहेको बार्सिलोनाका खेलाडीले बताएका छन्। मेसी, नेइमार, पिके र जाभी हर्नान्डेजले भने नेपाली ढाकाटोपी लगाएर कुनै दिन नेपाल आउन चाहना राखेका छन ।

सी र बार्सिलोनामा केन्द्रित रहेको ‘मेसी दी म्यान एट बार्सा’ नामको डकुमेन्ट्री निर्माण भएको झन्डै तीन वर्ष भइसकेको छ। यसबीचमा विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका साथै थुप्रै ठाउँमा यसको प्रदर्शनी भइसकेको छ।

युरोपेली फुटबलको महारथी स्पेनिस क्लब बार्सिलोनाको स्थापनादेखिका उपलब्धिसँगै क्लबका महत्वपूर्ण खेलाडीका कथा समेटेको डकुमेन्ट्री विशेष गरी मेसीको आगमनपश्चात् बार्सिलोनाले हासिल गरेका सफलतामा केन्द्रित छ।  त्यही कारण यसको नाम ‘मेसी दी म्यान एट बार्सा’ राखिएको मरहठ्ठा बताउँछन्। ‘मैले यसमा बार्सिलोनाका महत्वपूर्ण कोसेढुंगाहरू, बार्सिलोनाको रंगशाला क्याम्प नोउ, क्याम्प नोउ संग्रहालय, बार्सिलोनाको प्रशिक्षण केन्द्र क्याम्प टिटो भेलोनोभा, ला मासिया एकेडेमी लगायत ठाउँलाई डकुमेन्ट्रीमा समेटेको छु,’ मरहठ्ठा भन्छन्, ‘एउटा नेपाली पत्रकारका नाताले बार्सिलोनाजस्तो क्लबबारे डकुमेन्ट्री निर्माणको अवसर पाउनु मेरा लागि निकै महत्वपूर्ण उपलब्धि हो। नितान्त फरक र विश्वस्तरीय विषयमा बनेको हुनाले यसले नेपालका अन्य डकुमेन्ट्री मेकरलाई पनि प्रेरणा मिल्ने मैले विश्वास लिएको छु।’

मरहठ्ठा डकुमेन्ट्रीमा मेसी, जेरार्ड पिकेजस्ता खेलाडीसँगै नेइमार र एम्युनिकेजस्ता पूर्वखेलाडी र युनिसेफका निर्देशक जेरार्ड बोकानिटको अन्तर्वार्ता समेटेका छन्। अन्तर्वार्तामा नेपालमा आफ्ना प्रशंसक भएको जानकारी रहेको र आफूहरु नेपालीप्रति आभारी रहेको बार्सिलोनाका खेलाडीले बताएका छन्। मेसी, नेइमार, पिके र जाभी हर्नान्डेजले भने नेपाली ढाकाटोपी लगाएर कुनै दिन नेपाल आउन चाहना राखेका छन्।

चार वर्ष लगाएर ५० हजार युरो बजेटमा आफूले ३० मिनेटको डकुमेन्ट्री तयार गरेको मरहठ्ठा बताउँछन्। भन्छन्, ‘बार्सिलोनाका विश्वस्तरीय खेलाडीले नेपालबारे व्यक्त गरेका भावनाले समस्त नेपालीलाई सम्मानित महसुस गराउँछ।’

उनका अनुसार डकुमेन्ट्रीको छायांकन बार्सा टेलिभिजनका क्यामेराम्यान अल्भारोले दुई साता लगाएर गरेका थिए। ‘बार्सिलोनाजस्तो विश्वस्तरीय क्लबसँग जोडिन पाउनु मेरा लागि गर्वको कुरा हो। बार्सिलोनाको अतिथि सत्कार र उनीहरूको संस्कारबाट म अत्यन्तै प्रभावित भएँ। बार्सिलोनाका खेलाडीसँग झन्डै दुई साता सँगै रहँदाका क्षण मेरा लागि स्वर्णिम छन्,’ मेसीले च्याम्पियन्स लिगमा एक सय गोल  पूरा गरेको केही घन्टापछि मरहठ्ठाले डकुमेन्ट्री बनाउँदाको स्मरण गरे, ‘बार्सिलोनामा दुई हप्ता बिताउँदा त्यहाँका विस्वस्तरीय खेलाडीको सरलता, खेलाडी र क्लब अधिकारीबीचको आत्मीयता, अतिथि सत्कार र मेसीप्रति उनीहरूको सम्मानले मलाई खुबै प्रभावित गरेको थियो। छायांकनका क्रममा मेसीको समय पाउन मैले निकै संघर्ष गर्नुपरेको थियो। मेसीको अत्यन्त व्यस्तताका कारण अन्तिम समयमा निकै दबाबका साथ छायांकन गर्नुपरेको थियो।’
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१३ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस