सुनाउन बाँकी कथाहरू
१२ साउन २०८१
•
५ मिनेट पाठ
सुनाउन बाँकी कथाहरू
हाम्रो मुलुकमा कैयन् यस्ता कथा छन्, जसलाई सुनाउन बाँकी छ। यथार्थमै भाषा, संस्कृति र जातजातिको साझा फूलबारी नेपालमा प्रत्येकका आफ्नै कथा छन्, जसले संसारलाई आश्चर्यमा पार्छन्।




धन्य, मुलुकमा सम्पन्न २०६२-६३ को जनआन्दोलन, जसले यी पक्षलाई उजागर हुने अवसर दिएको छ। प्रत्येक जातीय सांस्कृतिक परम्परालाई बुझ्न पाइएको छ। एकात्मक समाजमा अरूलाई हेरेर सिक्ने र बुझ्ने अवसर कमै हुन्छन्। बहुआयामिक समाजको सुन्दरता बेग्लै हुन्छ।

मध्यपश्चिमको पहाड रुकुमको कथा ‘घरज्वाइँ’ले यतिबेला सिनेमाघरमा धेरैलाई बोलाइरहेको छ। तकसेरा र आसपासको गाउँको यो कथा बुझ्न २०५२ फागुन १ देखि सुरु भएको तत्कालीन नेकपा (माओवादी) को ‘दीर्घकालीन जनयुद्ध’ को प्रसङ्ग पनि बुझ्नु उचित हुन्छ।

मगर संस्कृतिभित्रका आरोह-अवरोहलाई मिहिन पाराले बुनेर पस्किने उपक्रम सिनेमामा देख्न पाइन्छ। ‘जनयुद्ध’ २०६३ सालमा शान्ति प्रक्रियामा प्रवेश गरेपछि समाजमा आएको परिवर्तन र परम्परा तथा संस्कृतिमा देखिन थालेका हस्तक्षेपलाई पनि यसले बुझाउने कोसिस गरेको छ।

सिनेमामा ‘घरज्वाइँ’ दर्शन गरेर फर्केपछि प्रत्येकका मनमा मगर संस्कृति, संस्कार र परम्पराको माया लागेर आउँछ। र, यसले अन्य धेरै जातजातिका कथालाई यसरी नै ल्याउनुपर्छ भन्ने भावनालाई पनि झनै बलियो बनाउँछ।

अन्य सिनेमामा झैं यसमा पनि अहिलेका चर्चित नायक दयाहाङ राई जमेका छन्। अझ यो कथाका पात्रमा उनी गहिरो गरी भिजेका छन् ‘सोरो’का रूपमा। अर्की पात्र हुन् मिरुना मगर, जो ‘बिन्जुरी’का नामले सिनेमामा छाएकी छन्। यिनका पिता बनेका छन् शिशिर वाङ्देल। उनी आफ्नी एक मात्र छोरी त्यसैलाई दिन चाहन्छन्, जो घरज्वाइँ बस्न तयार हुन्छ।

विशेष गरी क्षेत्री–बाहुन समाजमा ज्वाइँको निकै ठुलो प्रभाव हुन्छ। ज्वाइँलाई जसरी पनि खुसी पार्नुपर्ने हुन्छ। मगर समाजमा त्योभन्दा भिन्न ज्वाइँले आफूलाई पुष्टि गर्नुपर्ने सांस्कृतिक र परम्परागत चलन छ। यस्तो अद्वितीय परम्परा पश्चिम नेपालको रुकुममा छ, जुन परम्परा देशका अन्य भागका मगर समाजमा पनि देख्न बिरलै पाइन्छ। त्यसलाई सिनेमाले विभिन्न संकेत र बिम्बमार्फत देखाउन खोजेको छ। सिनेमामा प्रयुक्त रंग, परम्परागत सामग्री र प्रकाशका माध्यमबाट कथा भन्न सिपालु छन् यसका निर्देशक अनिल बुढा मगर।

यो सिनेमा नेपाली समाजमा ‘माओवादी जनयुद्ध’ पछि परेको प्रभावको अध्ययन सामग्री पनि हो। ‘जनयुद्ध’ अघि समाज आफ्नै प्रवाहमा थियो। ‘जनयुद्ध’ सँगै समाजमा पार्टीको सशक्त उपस्थिति रह्यो। त्यहाँ कुनै न कुनै रूपमा पार्टीलाई सुन्नुपर्ने अवस्था नआएको होइन। पछि पार्टीका तिनै पात्रले समाजलाई पनि सुन्नुपर्ने अवस्था महसुस गर्छन्।

विशेषगरी जनजाति बहुल समाजमा पार्टीले जाँडरक्सी रोक्नेदेखि परम्परादेखि चलिआएका केही चालचलनमा हस्तक्षेप गरेको थियो। देउपितृलाई समेत नभइनहुने मदिराजन्य पदार्थको प्रयोगमा रोक लागेको पनि हो। रोदीघरजस्ता व्यवस्थामाथि कुनै न कुनै रूपमा हस्तक्षेप भयो।

‘जनयुद्ध’ का बेला एकथरी मानिस गाउँमै बसे। तिनले माओवादी र तिनका नेता तथा कार्यकर्ताले लागु गर्न खोजेका विषयवस्तुलाई स्वीकार गरे। आफूलाई तिनै अनुकूल ढाल्दै पनि गए। केही भने त्यो बेला गाउँमा बस्न नसकी सहरतिर गए।

शान्ति प्रक्रियासँगै ती गाउँमा फर्किए। त्यहाँ बसेर तिनले आफूलाई सक्रिय गराउन थाले। गाउँ छाडेर हिँडेकाहरूमा सहरको छाप हुने नै भयो। त्यसले पनि गाउँमा रहिरहेकाहरूसँग द्वन्द्वको अवस्था आयो। यो सिनेमामा यो प्रसङ्गले पनि राम्रै ठाउँ पाएको छ।

सिनेमामा देखिएका लाहुरे, झाँक्री आदिजस्ता अनेकन् पात्र छन्। ती समाजका यथार्थ हुन्। गाउँघरमा देखिएका विवाद सल्टाउने पनि आफ्नै तरिका छन्। कसले कहाँनेर आफूलाई झुकाउनुपर्ने र कसरी उपस्थित हुनुपर्ने भन्ने छ। बिहावारीका परम्परागत मूल्य तथा मान्यताभन्दा अगाडि गएर आफ्नो जोडी खोज्न अभिशप्त वर्तमान पुस्ताका आफ्नै संघर्ष–कथा छन्।

समाजमा आइरहेको त्यो परिवर्तनको उच्छवासलाई सिनेकथामार्फत प्रस्तुत गर्नु निकै रोचक कार्य हो। स्थानीय लवज र अभ्यासमा हुने कतिपय अभिव्यक्ति सिनेमामा यथावत् नै प्रस्तुत हुँदा बढी सहज लाग्छ तर यो सिनेमामा चाहिनेभन्दा बढी नै सेन्सर बोर्डको कैंची चलेको छ। भविष्यमा यस्ता सिनेमामा बोलिने संवाद यथार्थपरक नै हुनुपर्छ भन्ने सोच आउनु जरुरी छ।

हाम्रो परम्परागत समाजमा प्रेमको प्रदर्शन अत्यन्तै भव्यतापूर्वक हुन्छ। त्यहाँ बोल्दै नबोली र शरीरलाई छुँदै नछोई प्रेम प्रकट हुन्छ। विगतमा कैयन् नेपाली सिनेमाले द्वन्द्वलाई दर्शक तान्ने औजारका रूपमा लिने गरेको देखिन्थ्यो। यो सिनेमामा पनि केही द्वन्द्व देखिन्छ तर हिंसालाई धेरै ठाउँ दिइएको छैन। कोरियाली सिनेमामा जस्तो कतिपय बिम्बमार्फत प्रेम प्रदर्शन गर्नु आफैंमा लोभलाग्दो अवस्था हो।

गाउँघरका मेलापर्व आफैंमा समाजलाई गतिशील तुल्याउने माध्यम हुन्। भलिबल खेलमा रुचि राख्ने महिलाहरूको उपस्थिति छ। विवाहदेखि मृत्यु संस्कारसम्मको प्रस्तुतिले सिनेमा ती परम्परागत अभ्यासको अभिलेखीकरणजस्तो पनि हुन पुगेको छ।

यस्ता विषयमा सिनेमा बनाउनु भनेको नेपालका विभिन्न जनजातिका परम्परा र संस्कृतिप्रति गौरव गर्ने अवसर पनि हो। यस्ता कैयन् कथा छन्, जसले अझै सिनेमाको पर्दामा पुग्ने अवसर पाएका छैनन्। ‘घरज्वाइँ’ले त्यसका निम्ति बाटो खोलेको छ।

त्यति मात्र होइन, हिजोजस्तो चकलेटी अनुहार भएका नायकलाई प्रस्तुत गरेर काल्पनिक कथाका निम्ति दर्शक तान्नुपर्ने पीडादायी अवस्थाबाट नेपाली सिनेमा अगाडि बढ्न थालेको संकेत मिलेको छ। यथार्थपरक विषयमा गाउँघरमा जस्तो अनुहारका मानिस छन्।

त्यस्तै नायकको उपस्थिति भएका सिनेमा बन्न थालेका छन्। यस्ता यथार्थवादी कथालाई दर्शकले पनि तान्न थालेका छन्। ‘घरज्वाइँ’जस्ता सिनेमाले नेपाली दर्शकलाई सिनेमाघरसम्म लैजान सहज बनाउनेछ।

सर्त एउटै छ- अब समय आएको छ, सुनाउन बाँकी कथाको। चर्चित निर्देशक नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ हेरिरहेका दर्शकले लगत्तै ‘घरज्वाइँ’लाई भेट्न पाउनु यही उपक्रमको गतिलो प्रयास हो। नेपाली सिनेमाको सही बाटो फेला पर्न थालेको यो शुभ संकेत पनि हो।

@gunaraj
अर्को समाचार
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण गरी प्रसाद ग्रहण
२१ माघ २०८१
•
१ मिनेट पाठ
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण गरी प्रसाद ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गरेका छन्। सोमबार शुभ साइतमा उनले वसन्त श्रवण गरेका हुन्।




हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मुल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए। परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रश्तुत गरेको थियो।

उक्त अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति रहेको थियो। उनीहरूले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे।

श्रीमद्भागवत महापुराणमा भगवान श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ। वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको सुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउँछ। त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रश्तुत गरिएको थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस