साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ दुबईमा लोकार्पण भएको छ। सिर्जना वाचन डबली युएईको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली समाज युएईको समन्वयमा दुबईको बरदुबैमा कृतिकाे लोकार्पण गरिएको हो।
टंक गुरुङको अध्यक्षता गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष विकास शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथिमा साहित्यकार काफ्लेका श्रीमान् कृष्ण आचार्य, नेपाल एयरलाइन्स युएईका कन्ट्रीमेनेजर दीपेन्द्र सापकोटा, सावित्रा अधिकारी लगायत रहेका थिए।
जे सागरको संयोजन र भवानी नेपालको सञ्चालनमा कार्यक्रम भएकाे थियाे। कार्यक्रममा २७ सर्जकले आआफ्ना सिर्जना वाचन गरेका थिए।
लाेकार्पित कृतिका कृतिकार कल्पना काफ्लेले झन्डै १ घन्टासम्म आफ्ना मुक्तक गजल र कविताले माहोल तताएकी थिइन्। काफ्लेका मुक्तक र कविताले माेहित भएर दर्शकहरूले वान्स मोर भनेर हुटिङ दिइरहेका थिए।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...