पोखरामा ‘आनन्द संहिता’ को चर्चा
०२ असोज २०८१
•
३ मिनेट पाठ
पोखरामा ‘आनन्द संहिता’ को चर्चा
र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा घनश्याम खड्काको नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा गरेको छ।




सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि संस्थाकै सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरेका थिए। ‘मिथ्या’ उपन्यासका लेखक समेत रहेका साहित्यकार पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी कृति मात्रै नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टा गरिएको कृतिका रूपमा चित्रण गरे।

‘यो पुस्तकमा घनश्याम दार्शनिक चिन्तकका रूपमा प्रस्तुत भएका छन् यद्यपि सारमा यो कृति आध्यात्मिक देशना हो, जसको प्राथमिक स्रोत हो बुद्ध दर्शन र साथमा गीता, उपनिषद्, योग र तन्त्र पनि जोडिएका छन्।’

पराजुलीले भने, ‘यसको व्याख्याको केन्द्र भनेको मनोविज्ञान हो जसका लागि आत्मावलोकनदेखि ध्यानसम्मका साधनात्मक सुझावहरू यसमा पेस गरिएका छन्।’ उनले कृतिलाई मानसिक उपचारको सूत्रका रूपमा चर्चा गरे।

‘आनन्द संहिता’ सुखतर्फ होइन आनन्दतर्फ अभिमुख हुन प्रेरणा दिने पुस्तक भएको तर्क गर्दै पराजुलीले यो कृति साधारण सिर्जना मात्र नभएर आध्यात्मिक चिन्तनको परिणाम भएकोमा जोड दिए।

‘पाठकलाई बोधको तहमा लैजाने, आफैंभित्र शान्ति र सुन्दरता अनुभूत गराउने प्रयासमा लेखक सफल भएका छन्।’ उनको भनाइ थियो।

पाठकका मनमा शान्तिको अनुभूति गराउने एउटा अमूल्य उपहारका रूपमा ‘आनन्द संहिता’ आएको बताउँदै कृतिको महत्त्व समयसँगै झनै बढ्दै जाने पराजुलीले निष्कर्ष सुनाए।

लेखक खड्काले सबै मानिसले जुनसुकै माध्यमबाट भए पनि आनन्दको खोजी गर्ने र आनन्द प्राप्त गर्न आफूले बुझेका उपायहरूसहितका विचार पुस्तकमा प्रस्तुत गरेको बताए।

‘फिलोसफी’ र ‘दर्शन’ पर्यायवाची शब्दका रूपमा लिने गरिए पनि यसमा भिन्नता रहेको भन्दै खड्काले अरूमाथिको तर्कशास्त्र फिलोसफी र आफैंमाथिको ज्ञान र देखिएको यथार्थ विषयवस्तु प्रस्तुत गर्नु दर्शन भएको धारणा राखे। आजको शिक्षाले सुल्झाउनुपर्नेमा उल्झाइराखेको बताउँदै उनले आजका विद्यार्थीलाई ‘माइन्डफुलनेस’ को अभ्यासमा लगाउनु आजको आवश्यकता भएको सुनाए।

‘आनन्द संहिता’ स्वयंकाे चिन्तन गर्न आग्रह गर्ने रचना भएको लेखक खड्काको भनाइ थियो। ‘कान्तिपुर’ दैनिकमार्फत पत्रकारितामा समेत क्रियाशील खड्काको यसअघि बुद्ध दर्शनमा आधारित उपन्यास ‘निर्वाण’ (२०७२) सहित पुतलीको घर, न्यायको अवसान, दरबारको दुःखान्त लगायतका कृतिहरू प्रकाशित छन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पठन संस्कृतिले नै मानिसमा विवेक निर्माण गर्ने धारणा राखे। पढाउनुपर्ने र पढ्नुपर्नेले मात्र नभई आम मानिसले पढ्नुपर्ने भन्दै आचार्यले आफ्नो व्यक्तिगत पुस्तकालयमा आफूले पढेका थुप्रै पुस्तक रहेको स्मरण गरे।

पुस्तक व्यवसायमा संलग्न रहँदा पुस्तकसम्बन्धी नीति निर्माणका लागि आफू लागेको र राज्यको तहसम्म छलफल गरेको भन्दै उनले आज पाठ्यपुस्तकको मूल्यमा केही हदसम्म व्यवस्थापन भए पनि साहित्यिक कृतिको व्यवस्थापनका लागि कार्य गर्न बाँकी रहेको भनाइ राखे।

घनश्याम खड्काको किताबले आनन्दित रहने कला सिकाउने विचार राख्दै व्यक्ति, वस्तु र परिस्थितिलाई स्वीकारेर दुःख नहुने मेयर आचार्यले बताए। पठन संस्कृतिको विकासका लागि लाग्नुपर्ने उनको भनाइ थियो।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले लेखकहरू लेखनमा मात्र लागेर नपुग्ने धारणा राखे। अरूले के लेखेका छन् भन्ने पढ्नुपर्नेमा जोड दिंदै सरुभक्तले आनन्द प्राप्त गर्ने शैली अनुसार गुणस्तरमा फरक पर्ने बताए।

मानवीय जीवनका सबै क्रियाकलाप मस्तिष्कको खेल भएको उनले बताए। आनन्दलाई आफूले अहंको तुष्टिसँग तुलना गर्ने गरेको उनले बताए। तनावग्रस्त विश्वलाई मुक्त गराउन  ‘आनन्द संहिता’ जस्ता कृतिहरू आउनुपर्ने सरुभक्तले बताए।

कार्यक्रममा सरस्वती प्रतीक्षा, बाबुराम सुवेदी, रामबहादुर माल, राममणि अधिकारी, श्रीकृष्ण पन्थी लगायतले कृतिकार र परिचर्चाकारलाई प्रश्न गरेका थिए। सोसाइटीको नियमित मासिक परिचर्चा कार्यक्रमको १०९ औं शृङ्खलाको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए। संस्थाले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ।
अर्को समाचार
र्‍यान्डममा ‘धोबीघाट मेलोडी’ को चर्चा
२८ वैशाख २०८२
•
२ मिनेट पाठ
र्‍यान्डममा ‘धोबीघाट मेलोडी’ को चर्चा
र्‍यान्डम रिडर्स सोसाइटीले मुकुन्दराज शर्माको निबन्धसङ्ग्रह ‘धोबीघाट मेलोडी’ को चर्चा गरेको छ।




सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रघुनाथ वाग्लेले कृतिको चर्चा गर्दै धोबीघाट मेलोडी जीवन मेलोडी भएको धारणा राखे।

उनले भने, “जीवन जसरी हिजो आजसँग मिल्दैन, आज भोलिसँग मिल्दैन तर प्रत्येक दिनले आआफ्नो छाप छोडेकै हुन्छन्। त्यसरी नै धोबीघाट मेलोडीका निबन्धहरू एउटा अर्कासँग मिल्दैनन् तर सबै निबन्धले सशक्त सन्देश बोलेका छन्।”

समाजका चम्चेहरूलाई व्यङ्ग्यको तिखो वाण प्रहार गर्न निबन्ध सफल भएको भन्दै वाग्लेले चम्चागिरी गर्नेहरू ठुलाबडाका पैतालावरिपरि भेटिने यथार्थ शर्माले प्रस्तुत गरेका बताए।

देशप्रेमको भावना विस्तार र सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य एकसाथ प्रस्तुत गर्न कृति सफल रहेको वाग्लेको भनाइ छ। निबन्धमा गरिएका केही नयाँ प्रयोगले निबन्धकार शर्मालाई विशिष्ट पहिचान दिएको भन्दै उनले आम नेपालीको चाहना निबन्धमा उतारिएको बताए।

निबन्धकार शर्माले आफूले जीवनमा देखेभोगेका कुरालाई निबन्धका रूपमा प्रस्तुत गरेको बताए। विचार प्रवाहका लागि निर्बन्ध ढङ्गले लेखिएका निबन्धहरू लेख्ने प्रयास गरेको उनको भनाइ थियो।

हिउँचुलीमा हिउँ बग्यो, वनमाराले वनै खायो लगायत चर्चित गीतका गीतकार समेत रहेका शर्माको यसअघि ‘शब्दशिविर’ नामक निबन्धसङ्ग्रह प्रकाशित छ। गणित विषयका विभिन्न पाठ्यपुस्तकसमेत लेखेका उनी लिटिल एन्जल स्कुल, काठमाडौंका प्रिन्सिपल हुन्। ‘धोबीघाट मेलोडी’ कामना न्युज पब्लिकेसन्सले बजारमा ल्याएको हो।

साहित्यकार सरुभक्तले मुकुन्दराज शर्माका निबन्धमा भएको काव्यिक गुणले आफू प्रभावित भएको बताए। उनले र्‍यान्डमले पोखरामा बौद्धिक बहसको मञ्च सिर्जना गरेको बताउँदै यसले साहित्यिक तथा दार्शनिक क्षेत्रमा विशेष महत्त्व राख्ने बताए।

निबन्धमै विद्यावारिधि गरेका डा. जीवलाल बस्यालले आफू शर्माका निबन्धसँग लामो समयदेखि परिचित रहेको बताउँदै उनका निबन्धमा पाइने छुट्टै स्वादले पाठक प्रभावित हुने गरेको अनुभव सुनाए।

सोसाइटीका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले कृति विभिन्न फूलहरूको माला जस्तै सुन्दर बनेको भनाइ राखे। ससाना कुरामा पनि भावुक भएर निबन्ध लेख्नु शर्माको निबन्धगत वैशिष्ट्य भएको पौडेलले बताए।

कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए। हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा कृतिमाथि बहस गर्दै आएको सोसाइटीले जेठको अन्तिम शनिवार सुरेश भुसालको कृति ‘छालबाटो’ माथि रोशन शेरचनले परिचर्चा गर्ने पुस्तक छनोट समितिका संयोजक केशवशरण लामिछानेले बताए।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस