छन्द–तरङ्ग, काठमाडौँले आफ्नो छैटौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्दसाधक कविहरू गोविन्दराज विनोदी र रूपक अलङ्कारलाई प्रदान गरेको छ।
कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द-तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा २०७९ सालदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एकजना वरिष्ठ कवि र एक जना युवाकविलाई पुरस्कृत गर्ने गरेको छ।
काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ इतिहासविद् तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त, विशिष्ट अतिथि प्रा. मोहन सिटौला र अक्षयकोष संस्थापकमध्येकी ज्येष्ठ सदस्य नेत्रकला ज्ञवालीले दुई पुस्ताका कविहरू विनोदी र अलङ्कारलाई उक्त पुरस्कार प्रदान गरेका थिए।
प्रमुख अतिथि प्रा. पन्त र विशिष्ट अतिथि प्रा. सङ्ग्रौलाले जोरपानसमा बत्ती बालेर संयुक्त रूपमा उद्घाटन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ पन्तले छन्दसाधक द्वय विनोदी र अलङ्कारले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गरे।
उनले भने, “संस्कृत साहित्यको गौरवशाली इतिहास बोकेको र नेपाली माटोमा लिच्छवि कालदेखि नै संस्कृत भाषाका माध्यमबाट र पछि नेपाली भाषाका माध्यमबाट जनजिब्रोसम्म पुगेको छन्द कविता सिर्जनाको एउटा विशिष्ट माध्यम हो। नेपाली कविताको प्राथमिक र माध्यमिक कालमा निर्विकल्प जस्तो देखिए पनि आधुनिक कालको मध्यवर्ती समयदेखि छन्दकविता लेखनमा केही कमी आएको थियो।
प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको जोडीले हराउन लागेको छन्दकविता लेखनलाई विश्वव्यापीकरण गर्नका लागि महत्त्वपूर्व भूमिका खेल्नुका साथै सिर्जना एवम् प्रशिक्षणका माध्यमबाट नेपाली छन्दकवितालाई माथि उठाउनमा विशिष्ट योगदान दिँदै आउनुभएको छ। उहाँहरूद्वारा स्थापित र सञ्चालित यस छन्दसाधना पुरस्कारले यस क्षेत्रमा योगदान दिने एक जना विशिष्ट साधक र एक जना युवा साधकलाई सम्मानित तथा पुरस्कृत गरेर सबै पुस्तालाई थप हौसला प्रदान गरेको छ। छन्द पूर्वीय जगत्को सम्पत्ति हो र नेपाली कविताको मौलिक चिनारी हो भन्ने कुरालाई बुझेर नै ज्ञवाली र नेपालले छन्दकविताको स्तरीकरण तथा मानकीकरणका लागि लेखन, प्रशिक्षण तथा पुरस्कार स्थापनाको अभियानलाई निरन्तरता दिएकामा खुसी लागेको छ।”
प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छन्द-तरङ्गका संस्थापक तथा संयोजकमध्येका एक प्रा.डा. देवी नेपालले डा. ज्ञवाली र आफ्नो सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा सुरु भएको छन्द-तरङ्गले २०७५ सालदेखि टिकटमा छन्दकविता वाचन र श्रवणको शृङ्खला सुरु गरेको र अनवरत रूपमा १९ शृङ्खलासम्म चलेर कोभिड–१९ का कारण स्थगित भएपछि फेरि सञ्चालन गर्ने अवसर नमिलेको तर अनुकूल समयमा पुनः सञ्चालन गरिने जानकारी दिँदै छन्दसाधना पुरस्कारलाई भने निरन्तरता दिएको जानकारी दिए।
उनले संयोजकद्वय (ज्ञवाली र नेपाल) का साथै नेपालबाट डा. कृष्ण सुवेदी (भारद्वाज मित्र), सीता भट्टराई, नेत्रकला ज्ञवाली, रमेश खकुरेल, मिना ज्ञवाली, नारायण मरासिनी, प्रा.डा. हेमनाथ पौडेल र निबन्ध आचार्य तथा नेपालबाहिरबाट भोला शिवाकोटी (अमेरिका), प्रा. मोहन सिटौला (अमेरिका), खेम रिजाल (अमेरिका), हरि काफ्ले ‘शैव’ (अमेरिका), प्रभा पोखरेल (अमेरिका), सुदीपभद्र खनाल (अमेरिका), निशा अर्याल (इजरायल) र रमेश गौतम (नर्वे) जस्ता दाताहरूबाट प्राप्त रकमबाट दश लाखको अक्षयकोष स्थापना गरेको र त्यसैको ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट छन्दसाधकलाई ४० हजार रूपैयाँ नगदसहितको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र एक जना युवा छन्दसाधकलाई २० हजार रूपैयाँ नगदसहितको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएको जानकारी दिए। साथै उनले छन्द-तरङ्गले पुरस्कृत स्रष्टालाई दोसल्ला र भादगाउँले टोपी लगाइदिएर नेपाली थैलीमा नगद अर्पण गर्ने गरेको र उनीहरूलाई प्रदान गर्ने सम्मानपत्र पनि कवितामा नै लेखिने परम्पराको स्मरण गराउँदै स्रष्टा विनोदीलाई प्रदान गर्ने कवितात्मक सम्मान–पत्र वाचन गरेका थिए।
कार्यक्रममा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत वरिष्ठ कवि गोविन्दराज विनोदीले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गरी एउटा अत्यन्त मार्मिक कविता वाचन गरेका थिए।
त्यस्तै ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि रूपक अलङ्कारले गुरुहरूकै उत्प्रेरणाले कविता लेख्न थालेको र गुरुहरूले नै आज विश्वास गरी उक्त पुरस्कार आफूलाई प्रदान गरेका कारण आफूमा गहन जिम्मेवारी थपिएको हुनाले सकेसम्म छन्दकविताको उन्नयनका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै एक सशक्त छन्दकविता वाचन गरेका थिए।
कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै डा. रामप्रसाद ज्ञवालीले छन्द-तरङ्ग छन्दकविताको स्तरीकरण र मानकीकरणका लागि थालिएको अभियान मात्र नभएर स्रष्टा र सिर्जनामा हुनुपर्ने अनुशासन, संस्कार, सङ्कल्प, समर्पण, साधना र युगीन दायित्वबोधका लागि सुरु गरिएको सार्थक अभियान रहेको विचार व्यक्त गरेका थिए।
छन्द-तरङ्ग अभियानकी सदस्य देवु लुइटेलको स्वागत मन्तव्य, सविता बरालको कवितात्मक सम्मानपत्र वाचन र युवास्रष्टा सरोज घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा गायक दामोदर अधिकारीको नेतृत्वमा पाठशाला नेपालका विद्यार्थीहरूबाट सुरुमा छन्द-तरङ्ग गान प्रस्तुत गरिएको थियो।
दुई दिनदेखि निरन्तर भएको वर्षा, अनवरत झरी र बाढीको पनि पर्वाह नगरी पाठशाला नेपालको सभाकक्ष खचाखच भरिने गरी उपस्थित हुनुभएका आमन्त्रित पाहुनाहरूलाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो।
स्मरणीय छ, २०७६ सालबाट प्रदान गर्न थालिएको ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट यसभन्दा अगाडि वरिष्ठ कविहरू रमेश खकुरेल (२०७६), चन्द्रप्रसाद न्यौपाने (२०७७), प्रा. घनश्याम कँडेल (२०७८), रामचन्द्र भट्टराई (२०७९) र भुवनहरि सिग्देल (२०८०) पुरस्कृत भइसेका छन् भने २०७९ सालबाट प्रदान गर्न थालिएको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट युवाकविहरू सुदेश सत्याल (२०७९) र कविराज पौडेल (२०८०) पुरस्कृत भइसकेका छन्।
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।
‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।
आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।
‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।
उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...