‘नेपाल संवत् र भिन्तुना आन्दोलन’ पुस्तक लोकार्पण
१६ कार्तिक २०८१
•
२ मिनेट पाठ
‘नेपाल संवत् र भिन्तुना आन्दोलन’ पुस्तक लोकार्पण
नेपाल भाषाका प्रसिद्ध लेखक तथा अधिकारकर्मी मल्ल के सुन्दरले लेखेको ‘नेपाल संवत् र भिन्तुना आन्दोलन’ पुस्तकको शुक्रबार लोकार्पण गरिएको छ।




न्हूदँ ११४४ राष्ट्रिय समारोह समितिको आग्रहमा भाषिक अभियानकर्ता मल्लले अभिलेखीकरण गरेको पुस्तकको नेपालीमा भाषानुवाद भएर प्रकाशित यस पुस्तकको कथाकार हितकरवीरसिंह कंसाकार, न्हूदँ राष्ट्रिय संरक्षण समाजका अध्यक्ष प्रा.डा.नरेशमान बज्राचार्य, न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य र साहित्यकार डा, पुष्पराज राजकर्णिकारले संयुक्त रुपमा लोकार्पण गरेका हुन। नेपाल भाषाको उक्त पुस्तकलाई राकेश महर्जनले नेपाली भाषामा अनुवाद गरेका हुन।

पुस्तकमाथि टिप्पणी गर्दै न्हूदँ ११४५ राष्ट्रिय समारोह समितिका अध्यक्ष श्रेष्ठले नेपाल संवत्लाई सरकारबाट मान्यता प्राप्त हुनु संघीयताका कारण हो, संघीयता भनेको संरचना मात्र होइन, भिन्न भिन्न समुदायलाई राज्यको हरेक निकायमा हिस्सेदारी प्रदान गर्ने र स्रोत बाँडफाँडमार्फत सशक्तीकरण गरेर लाने सिद्धान्त पनि हो, त्यसकारण संघीयता काम लाग्दैन भन्नेहरु गलत छन् भने।

कथाकार कंसाकारले भाषा र संस्कृतिलाई जगेर्ना गर्न प्रतिबन्धित कालदेखि नेवाः अगुवाहरुले आन्दोलन गर्दै आएको स्मरण गर्दै न्हूदँ वा नयाँ वर्ष शुरु हुने दिन म्ह पुजामा आफूलाई पुज्ने भन्नुको अर्थ विश्वका सम्पूर्ण मानव जाति र प्राणीलाई सम्झेर सम्मान अर्पण गर्ने नेवाः संस्कृति हो भनेर बुझ्नु आवश्यक छ उनले भनेन्हूदँ संरक्षण समाजका संयोजक डा बज्राचार्यले नेपाल संवत् र भिन्तुना आन्दोलनको इतिहासबारे नेवाः समुदायलाई भन्दा बढी प्रशासक, पार्टी कार्यकर्ता, सञ्चारकर्मी र गैरनेपाल भाषीहरुमाझ प्रचारप्रसार गनुपर्ने आवश्यकतामाथि जोड दिए।

लेखक मल्ल के सुन्दरले नेपाल संवत् र भिन्तुना आन्दोलनमा निहीत लोककल्याणकारी दर्शन र सामाजिक मूल्यलाई समाजमा उजागर गर्नुपर्ने बताए।यो पुस्तक भोलि बसन्तपुरमा हुने सार्वजनिक शुभकामना समारोहमा मुख्य अतिथि सँगसँगै उपस्थित हुने सम्पूर्ण महानुभावहरुलाई प्रदान गरिने भएको छ।
अर्को समाचार
प्यालेष्टाइनी जनतामाथि क्रूर आतंक भएको भन्दै विरोध
१७ कार्तिक २०८१
•
२ मिनेट पाठ
प्यालेष्टाइनी जनतामाथि क्रूर आतंक भएको भन्दै विरोध
भक्तपुरको मध्यपुर थिमिमा शनिबार भएको एउटा साहित्य सम्मेलनमा इजरायलले प्यालेष्टाइनी जनतामाथि अमानवीय क्रूर प्रहार गरेको भन्दै विरोध जनाइएको छ।




मध्यपुर थिमिको बोडेमा भएको २६ औ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको क्रममा नेपालीहरूले त्यहाँ गएर सहयोग गर्न नसकिए पनि एकताबद्ध भएर विरोध गर्नुपर्ने जिकिर गरेका थिए । 

कार्यक्रमको क्रममा विभिन्न साहित्कारहरुले साहित्य वाचन गरेका थिए। नेपाली, नेपाल भाषा, तामाङ लगायतका विविध भाषामा साहित्य वाचन गरिएको थियो। साथै गीत सङ्गीत पनि प्रस्तुत गरिएको थियो। साथै नृत्य पनि देखाइएको थियो। साथसाथै विभिन्न वक्ताहरूले मन्तव्य पनि व्यक्त गरेका थिए। यी सबै विषय वस्तुहरूमा विभिन्न ढंगले अमानवीय आतंक तुरुन्त बन्द गर्न चेतावनी दिइएको थियो।

कार्यक्रमको क्रममा दुई वटा पुस्तकहरूको पनि विमोचन गरिएको थियो। प्रेम के निडरद्धारा लिखित नेपाल भाषाको लघु कथा सङ्ग्रह न्हुपिं जुजुपिं (नयाँ राजाहरू) र विविध भाषा साहित्यिक समाजको व्ना पौको विमोचन गरिएको थियो। सङ्घीय सांसद प्रेम सुवालले दुवै पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा स्थानीय दाफा भजन गुरु कृष्णभक्त होनालाई पनि दोसल्ला ओढाई, प्रमाण पत्रसहित सांसद सुवालले नै सम्मान गरेका थिए। 

यसअघि विहान भिन्तुना रयाली निकालिएको थियो। मध्यपुर थिमिकै नगदेश न्यागाः टोलबाट रयाली सुरु भएको थियो। रयाली नगरको विभिन्न भागहरूको परिक्रमा गरी बोडेमा पुगेर समापन भएको थियो। त्यस समापन स्थलमै कार्यक्रम भएको हो। कार्यक्रमको क्रममा राति सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ। 

मध्यपुर थिमिका विभिन्न टोलहरूमा आयोजना हुँदै आएको विविध भाषाको २६ औँ शृङ्खला मध्यपुर थिमि नगरपालिका वडा नं ८ स्थित बोडेको लाय्कु त्वाःमा आयोजनामा भएको थियो। विविध भाषा साहित्य सम्मेलनले भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ उदघोषका साथ प्रत्येक वर्ष नयाँ वर्ष नेपाल सम्वतको दिन कार्यक्रम गर्दै आएको आयोजक समितिका अध्यक्ष दिलकृष्ण बाटाले बताए।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस