‘चित्रकलाद्वारा जीवन दर्शन प्रस्तुत’
२१ कार्तिक २०८१
•
१ मिनेट पाठ
‘चित्रकलाद्वारा जीवन दर्शन प्रस्तुत’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गरेका छन्।




चित्रकार शर्माले प्रदर्शनीमा राख्नुभएको चित्रकलाले जीवन दर्शन प्रस्तुत गर्न खोजेको मन्त्री पाण्डेले बताए। मन्त्री पाण्डेले गैँडाकोटको यस चित्रकलालाई प्रदेश हुँदै केन्द्रसम्म प्रदर्शनी गर्न सहयोग गर्ने बताए।

“हाम्रो सभ्यतासँग जोडेर प्रदर्शनीमा ल्याइएको कुण्डलिनी चित्रकलाले हाम्रो सनातन परम्परा र वैदिक कालसँग जोडिएको छ”,उनले भने, “यसलाई गैँडाकोटमा मात्रै सीमित नराखी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रदर्शनीको बाटो दिनुपर्छ, त्यसका लागि सहयोग गर्न म तत्पर छु।”

शर्माको एकल चित्रकला प्रदर्शनीमा जीवन दर्शनसँग सम्बन्धित विभिन्न ३७ वटा चित्र राखिएका छन् । कार्यक्रममा मन्तव्य राख्दै संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले नवलपुर क्षेत्र कला र संस्कृतिको खानी भएको भन्दै यसको संरक्षणका लागि केन्द्रबाटै पहल गर्नुपर्ने बताए।

चित्रकला प्रदर्शनीबारे बोल्दै नेपाल संस्कृत विश्वविद्यालय दाङका प्रा डा गुरुप्रसाद सुवेदीले चित्रहरु पाशुपात दर्शनमा आधारित रहेको बताए।

गैँडाकोट–५ स्थित गैँडाकोट नगरप्रज्ञा प्रतिष्ठानको जानकी ग्यालरीमा सुरु भएको प्रदर्शनी आगामी मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा राखिएका चित्रहरु कोर्न तीन वर्ष लागेको कलाकार शर्माले बताए।  
अर्को समाचार
बाँसको र्‍याक बनाएर जीविकोपार्जन
१५ कार्तिक २०८१
•
१ मिनेट पाठ
बाँसको र्‍याक बनाएर जीविकोपार्जन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्‍याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन्।




बुबाले विसं २०५२ मा सुरु गर्नुभएको व्यवसायलाई उनले निरन्तरता दिएका हुन। लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको र्‍याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएका हुन। व्यवसायीहरुले एकैपटकमा एक सय बढी सङ्ख्यामा र्‍याकको माग गर्ने भएकाले उनको दैनिकी र्‍याक बनाउनमै बित्छ। “अहिले र्‍याकको माग धेरै छ, तिहार सुरु हुँदासमेत र्‍याक बनाएर बस्नु परेको छ”, उनले भने, “र्‍याक लिन व्यापारीहरु आफैँ गाडी लिएर आइपुग्छन्।” बजारमा माग पूरा गर्न नसकेपछि हाल ज्यालादारीमा कामदार राखेको उनको भनाइ छ। उनका अनुसार एक दिनमा एकजनाले कम्तीमा आठवटा र्‍याक तयार गर्छन्।

विभिन्न चार आकारको र्‍याक बनाउने गरेको बताउँदै न्यौपानेले आकारअनुसार होलसेलमा प्रतिगोटा तीन सय १० देखि पाँच सयसम्ममा बिक्री गर्दै आएको बताए। र्‍याक बिक्रीबाटै खर्च कटाएर उनले हाल मासिक औसतमा ३० हजार बचत गर्ने गरेको बताए। कोठा भाडामा लिएर अस्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुबाट र्‍याकको माग बढी हुने गरेको न्यौपानेको भनाइ छ।

“र्‍याकमा किताबकापी, भाँडाकुँडा, जुत्ताचप्पलसमेत राख्न मिल्छ”, उनले भने, “छोटो समयका लागि कोठा भाडामा बस्ने व्यक्तिले कम खर्चमा सामान राख्न सहज हुने भएकाले माग धेरै आउने गरेको छ।” र्‍याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उनले बताए । सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उनले बताए। सुरुमा १० हजार लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उनको सुझाव छ। बाँसबाहेक रङ, काँटी र काठ प्रयोग गरेर र्‍याक बनाउन सकिन्छ। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस