पोखरामा ‘रङहरूको ध्वनि’
२३ कार्तिक २०८१
•
१ मिनेट पाठ
पोखरामा ‘रङहरूको ध्वनि’
.
बुद्धिज एटलियर र आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरी पोखराको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी एवं कला शिविरसहितको कार्यक्रम सञ्चालन भएका छन्। यही कात्तिक २१ गतेदेखि सुरु भएको कार्यक्रम २५ गतेसम्म चल्ने छ।




कार्यक्रम पोखराको नयाँ बजारस्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा भइरहेको छ। जारी कार्यक्रमअन्तर्गत पहिलो दिन कात्तिक २१ गते कलाकारले आफनो कला प्रदर्शन गरेका थिए भने दोस्रो दिन कात्तिक २२ गते वरिष्ठ कलाकार आटानुर डोगनले पानी रङमा चित्र बनाउने सम्बन्धमा विद्यार्थीलाई अभ्यास गराएका थिए।

सहभागी कलाकारले आज पोखराको बेगनास ताल, माझी कुनासहित गन्धर्व गाउँको अवलोकन भ्रमण गरेका छन्। भोलि कात्तिक २४ गते कास्कीको पर्यटकीय गाउँ धम्पुसमा चित्रकला कार्यशाला हुने र कात्तिक २५ गते कार्यक्रम समापन हुने आयोजक आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीका सञ्चालक हेमकान्ती गुरुङले जानकारी दिए।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कला क्षेत्रको पुरानो विधा चित्रकला भएको बताउँदै कलाको माध्यमबाट पोखराको पर्यटनलाई विश्व जगत्मा थप उचाइमा पुर्‍याउन सकिने बताए।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले कला प्रवर्द्धन र कलाकारको संरक्षणमा प्रतिष्ठानले गण्डकी प्रदेशमा काम गरिरहेको उल्लेख गरे।

चर्चित कलाकार आटानुर डोगनले प्राकृतिक रूपमा धनी सहर पोखरा आफैँमा रङ्गीन रहेको सुनाए। आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरीका सञ्चालक गुरुङले नेपालको कला क्षेत्रको विकासका लागि सानो प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको र यस किसिमका कार्यक्रम सरकारी तवरबाटै आयोजना हुनुपर्ने धारणा राखे।

बुद्धिज एटलियरका संस्थापक अध्यक्ष बुद्धि गुरुङ, सञ्चारकर्मी मधु अधिकारीलगायतले कार्यक्रमको महत्वलगायत विषयमा आफ्ना धारणा राखेका थिए। 
अर्को समाचार
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
४ मिनेट अघि
•
१ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
काठमाडाैं। नेपाल वाङ्मय परिषद, धनगढी (कैलाली) को एघारौं वार्षिक साधारण सभा एवं चौथो कार्यसमिति निर्वाचन २०८३ मंसीर १२ गते शनिवार धनगढीमा सम्पन्न भएको छ।

 

कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारण सभाले अगामी २ वर्षका लागि डा. पुष्करराज भट्ट (अध्यक्ष), जगदीश ओझा र कोपिलादेवी शर्मा (उपाध्यक्ष), लक्ष्मीप्रसाद पौडेल (महासचिव), गोविन्द अर्याल श्रृङ्खला (सचिव) एवं तिलकबहादुर सिंह (कोषाध्यक्ष) चयन गरेको छ।

 

यसरी नै सदस्यमा रमेश पन्त मीतबन्धु, दीपसागर पन्त, नरेन्द्र गिरी, जयदेव जोशी दार्चुले र खिमानन्द बडु निर्वाचित भएका छन्। संस्थाले सल्लाहकार समितिमा लक्षीराम आचार्य, बाबुराम आचार्य एबं बसन्त बागचन्दलाई चयन गरेको छ। संस्थाले नियमित वाङ्मय सम्बन्धित गोष्ठी सञ्चालन गर्ने र विभिन्न विधाका स्रष्टालाई जोड्दै आफ्नो गतिविधि विस्तार गर्ने लक्ष्य राखेको छ।  



नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस