भैरहवामा गजलकार बुँद रानालाई मीन-पद्म गौचन साहित्य पुरस्कार, साहित्यकार विजय सागरलाई जनक स्मृति सिद्धार्थ साहित्य पुरस्कार र कवि भरतकुमार पोखरेललाई केम गुरुङ स्मृति साहित्य सेवा पुरस्कारबाट सम्मान गरिएकाे छ।
सिद्धार्थ साहित्य परिषद् सिद्धार्थनगरले आयोजना गरेकाे महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्ती कार्यक्रममा स्रष्टाहरूलाई सम्मान गरिएकाे हाे।
देवकोटाको जन्म विसं १९६६ कार्तिक २७ गते काठमाडौँमा भएको थियो। सो वर्ष कार्तिक २७ गते लक्ष्मीपूजा परेको हुँदा कतिपय संस्थाले लक्ष्मीपूजामा देवकोटा जयन्ती मनाउने गरेका छन्। सिद्धार्थ साहित्य परिषद्ले भने लामो समयदेखि कार्तिक २७ गते जन्मजयन्ती मनाउँदै आएको छ।
उक्त अवसरमा प्रखर समालोचक डा. शालिकराम पौड्याल र वरिष्ठ चिकित्सक डा. गोविन्दबल्लभ भट्टलाई सिद्धार्थ साहित्य सम्मानबाट सुशोभन गरिएकाे छ।
परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता र प्राडा कपिल लामिछानेको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा देवीप्रसाद न्यौपानेले देवकोटाको व्यक्तित्वबारे प्रकाश पारेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्राडा कपिल लामिछाने, विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तिहा खअहमद खान, मूल्याङ्कन समितिका संयोजक रुद्र ज्ञवाली, पुरस्कृत र सम्मानित स्रष्टाहरू, ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाका प्रमुख शान्ति दिदी, साहित्यकार सीता काफ्ले, सरु ज्ञवाली, लक्ष्मी शर्मा, राष्ट्रिय व्यापार सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठ आदिले देवकोटाका योगदानको स्मरण गरेका थिए।महाकविको तस्बिरमा माल्यार्पण तथा पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गरिएकाे थियाे।
संस्थाका सहसचिव कृष्णप्रसाद बस्यालले सञ्चालन गरेकाे कार्यक्रममा साहित्यकार वनमाली निराकार, रामबहादुर श्रेष्ठ, राजेन्द्रकुमार आचार्य, विजय पाण्डे, सीता भट्टराई, कृष्णचन्द्र बस्याल, यज्ञलाल सुवेदी, सिर्जना खनाल, सोनु गुरुङ, युवराज शर्मा खनाल, डा. दामोदर ढकाल, छविलाल न्यौपाने, तेजप्रसाद पन्थ र ठाकुरचन्द्र शर्माकाे उपस्थिति रहेकाे थियाे।
त्यस्तै गरी कार्यक्रममा घनश्याम गौतम, ताराप्रसाद शर्मा, गोपालप्रसाद अर्याल, डा. शंकर नेपाल, रुद्र शर्मा दुखी, विष्णु गजुरेल, सुरज घिमिरे दीपशिखा, राधा भट्टराई, राधिका खरेल, सावित्रा घिमिरे, अनुषा पौडेल, इ. चन्द्रभक्त श्रेष्ठ, उद्योगी केशव ज्ञवाली, उमेश थापा लाटो मगर, लता प्रधान, दीपक प्रधान, उषा श्रेष्ठ, तेजप्रसाद पाण्डे, ध्रुवनारायण त्रिपाठी, थमबहादुर गुरुङ, उदयराम पौडेल, माया कँडेल जस्ता स्रष्रटाकाे पनि उपस्थिति रहेको थियो।
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।
लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।
सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।
जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...