स्वप्निल सौन्दर्यका साम्राज्यहरू
०१ मंसिर २०८१
•
५ मिनेट पाठ
स्वप्निल सौन्दर्यका साम्राज्यहरू
कालापत्थरबाट सगरमाथा शिखर परिवेशका बिहानी सुनौलो छटा ! सुन पोखिएको हिमाल थियो। मिर्मिरे बिहानीको प्राकृतिक काया–कलेवर धूमिल देखिन्थ्यो। र, त्यो निर्वस्त्र सौन्दर्यको स्वरूपमा देदीप्यमान थियो। खुलेको परिवेशमा नौलो उमङ्गले मन उडिरहेको थियो।




तुवाँलो, धुलोमैलोको तुस पनि नहुँदा मौसम मनोरम लाग्थ्यो। खुला, एकदमै स्निग्ध। जति हेरे पनि आँखा नतिर्मिराउने। हेरिरहूँ लागिरहने। भर्खरै पानी परेर पखालिएजस्तै कञ्चन। नुहाएर पारिलो घाममा सुतिरहेको जस्तै सफा र ताजा।

क्रमशः हावासँगै बहँदै–बहँदै। हिमनदीसँग बग्दै–बग्दै। हिउँसँग पग्लिँदै–पग्लिँदै। कठिन उकालो उत्सुकताले उक्लिँदै। साहसले अघि बढ्दै। धैर्यले लम्किँदै। उचाइमा पुगेर हेर्नुका असीमित चाहनाहरू।

हिमालका शिरदेखि सुनौला घामका किरणहरू पोतिएर अनौठो दिव्य रूप दृष्टिगोचर हुन्थ्यो। त्यसलाई हेरेर कतिन्जेलसम्म हेरिरहनु !

अन्ततोगत्वा सौन्दर्य–स्वरूपको पराकाष्टा थियो त्यो।

मायाको हार्दिक प्रेमले चुमिरहेको दृश्य। यौटा विछट्टकै स्वप्न–संसार थियो।

तिनलाई आफ्नै आँखा सामुन्ने हेर्नुका अनुच्छेदहरू कति–कति। यस्तो अनुपम मौकालाई कदापि पनि गुमाउनु हुँदैन। थकित आँतले कहाँ हरेश खानु र ! दुखेको पैताला, घुँडाका जोर्नीहरूले कहाँ दुखाएको महसुस गर्नु र !  अन्तिम गन्तव्यको प्रथम साक्षात्कार। दृश्यमान स्वप्निल सौन्दर्यका साम्राज्यहरू ! निःशब्द मनका चुपचाप सन्नाटाहरू। रहर र रहस्यका सम्हाली नसक्नु काउकुतीहरू।

देखिएको दृश्य छिनभरमै फेरिएला कि भन्ने डर। अनि हत्पत फोटो खिच्ने ताउरमाउर। हेरेरै तृप्त हुने कति जनाको मनसाय। बोलेर व्याख्या गर्दै सबैलाई जानकारी दिनेहरू पनि त्यत्तिकै।

कालो पत्थरमाथि ज्यान जोखिम मोलेर उभिएका यात्रीहरू। चिसो सहेर, कठिनाइ बिर्सेर हेर्ने मोहले मोहनी लागेर।

५,६४४ मिटरको उचाइमा एकाबिहानैदेखि भिडमभिड पदयात्रीहरू। आनन्द लिन र प्रकृतिमा विलीन हुनलाई विश्वप्रसिद्ध गन्तव्य यो। त्यही भएर यहाँ पटक–पटक आइरहन्छन् पदयात्रीहरू। मुख्य कुरा यहाँको अलौकिक प्रकृति र त्यसको अवलोकनले आनन्दित हुन लालायित यात्रीहरू।

उकालो छिचोलेर बामे सर्दै भर्खरै आइपुग्नेहरू। उनीहरूले त्यो दुर्लभ दृश्य देख्न नपाउँदाको खिन्न बनेका निन्याउरा अनुहारहरू। ‘हेत्तेरी अब कहिले देख्न पाउनु सूर्योदयको रक्तिम लाली ?’ थक्क–थक्क बनेका मायालु बोली।

तथापि हेरेर परितृप्त हुने र हेर्न नपाएर पछुताउनेहरू हर्षले रुने र हाँस्नेहरू सराबरी हुने देखियो।

हिलाम्मे सेता हिउँका बरफहरू पहाडका शिरदेखि फेदसम्म। त्यहाँ कुनै वनस्पति थिएन। फूलका मुस्कानमय उपस्थिति पनि देखिएन। तर कल्पना मनोलोकमा अनेकौं फूलहरूका धवलकुसुमले आहा, मनै आनन्दित ! उर्वर आँत, प्रफुल्लित तन–मन। अर्बौं हर्षका बिम्बहरू।

वातावरण अलौकिक सौन्दर्यले तरङ्गित। अनि कल्पनाका अनेकौं पुष्प–कुसुमका रङहरू, सुगन्धहरू। मगमग बासनासँगै सुवासित। भिरपाखा, पाटनहरू हुँदै साना–साना पसल र पदयात्रीका नाकसम्म आइरहेको।

प्रकृतिको सुगन्धजस्तो मिठो मादक पल अरू केही हुँदैन। हुन सक्दैन रहेछ। प्रकृतिकै काखमा प्रकृतिबाटै प्रारम्भ। हामी सबै प्रकृतिमै खेल्छौं, रमाउँछौं। प्रकृतिमै अन्त्य। प्रकृतिमै विलीन।

निरन्तर सिलसिला जीवनको। क्रम यथावत अनवरत। कहिलेकाहीं कल्पना पनि मिठो हुन्छ। विपनामा साकार नहुने सपनाजस्तै। तर यो कल्पना यथार्थमा परिणत थियो। कल्पनातीत दृश्यका ताँतीहरूले।

किनभने फूल थिएन हिमालमा। तर फूलहरूकै अनेकौं रङहरू व्याप्त। फूलहरूकै सुगन्धमय वातावरणले मगमग। अर्कै संसारको सयर गरेको जस्तो। अर्कै भू–स्वर्गमा पुगेको जस्तो। हुन पनि हो यो खुम्बुक्षेत्र धर्तीको अनुपम र विश्वप्रसिद्ध पदयात्रा स्थल हो। प्रत्येक हेराइमा हेर्नुको अहोभाग्य प्रस्तुत। देख्नुको सौभाग्यमा सौन्दर्यमय प्रकृति सार्वजनिक। कुन र कस्तो वाक्यको शब्दालङ्कारले सम्बोधन गर्नु ? सर्वोच्च शिर सामुन्नेको विराट भूतलमा पुगेर कुन कृतज्ञताको शब्दले सम्बोधन गर्नु ? सौन्दर्यको महासागरमा हर्ष र गर्वले नतमस्तक भई निःशब्द हुनुबाहेक अरू के गर्नु ?

जहाँ उपस्थित थिए– जिन्दगीका सप्रेम खुसीहरू। कल्पनातीत दृश्यका मिठासले भरिभराउ। अनुभूतिगम्य भावनाका भेलहरूमा अलग्ग अस्तित्व निर्माण गर्दै। यात्राको आनन्दले हर्षविभोर हुँदै। विकट बस्तीमा पर्यटनले धानेको खुसीहरू !

प्रत्येक पाइलापछि फेरि अर्को रहस्यको क्षितिज। हरेक दृश्यमा स्वप्निल सौन्दर्यका मुना–मुजुराहरू निस्फिक्री मौलाइरहेका। हलक्क हुर्किरहेका। उपलब्धिको उचाइ सगरमाथा जत्तिकै अग्लो। खुसीको सीमा आकाश जत्तिकै अनन्त।

आँखाहरू एक्लै दृश्यहरूमा विचरण गरिरहेका। मनमा शान्त, सुन्दर, शीतल विचारहरू उत्पन्न भइरहेका।  

मानौं, अब हेर्नुको सीमा यहाँबाट अरू केही हुन सक्दैन। देख्नुको सौन्दर्य योभन्दा अब अर्को हुनै सक्दैन।सोचाइको सागर अब यहाँभन्दा अग्लाइ पुग्न सक्दैन। अनुभूति सँगाल्नुको महासागर पुग्न अब धेरै बगिरहनुपर्दैन।

हेरेर अघाउनुको भोक अब यहाँभन्दा बढी जाग्नुहुँदैन। देखेर तृप्त हुनुको रहर अब यहाँभन्दा धेरै हुनुहुँदैन। संसारकै सर्वोच्च सौन्दर्य सम्मुख पुगिसकेपछि अब मृगतृष्णा मन बाँकी राखिराख्नुहुँदैन। यहाँभन्दा राम्रो दृश्य अब अरू देख्नु बाँकी छैन।

लोभी नयनलाई हेर्नुको भ्याइ–नभ्याई। यता हेर्नु कि, उता देख्नु ! आँखामै नअटाउने जताततै सुन्दरताका बिस्कुनहरू। तिनले आँखै तिर्मिराउने। मन त्यसमै रमाउने। भोको पेटमा पनि अघाउँजी। चिसो ठिहि¥याउने जाडोमा पनि हपहपी गर्मी !

हृदयले सौन्दर्यपानसँगै नवीन सिर्जनाकर्मको साधना गर्न तत्पर भइरहेको। उर्वर ऊर्जाशील मन सिर्जनामा रम्न र रमाउन हतार भइरहेको थियो।

अन्ततः प्रकृतिको स्वप्निल सौन्दर्यको रसास्वादनका निम्ति स्वतः हार्दिक निम्तो। त्यही निम्तो मान्न देश–परदेशबाट ओइरिरहेका एकभन्दा अर्को हजारौं पदयात्रीहरू। आहा, ती उत्सुक र लोभी आँखाहरूले हेर्नुसम्म हेरेर पनि ‘आँखा’ नलागेका गौरवममय हिमाली सानहरू !

पाहुनालाई सधैं लोभ्याइरहने हिमाली प्रकृति, संस्कृति र परिवेशहरू कति–कति। यिनैले निम्त्याइरहेका, बोलाइरहेका र आकर्षित गरिरहेका कैयौं दुरी टाढाका यात्रीहरूलाई। उहिल्यैदेखि अहिले झन् बढी आइरहेका पाहुना यात्रीहरू। निर्दोष पाखापखेरा, झरना, नदीहरू, उकाली र ओराली, देउरालीहरूले स्वागत गरिरहने। हिँड्नुका आलस्य र थकाइका पीडा सबै बिछट्टका हिमाली मुस्कानमय सुन्दर दृश्यहरूले बिसाइदिने रहेछ।

यस्तो प्राकृतिक सौन्दर्यको शीतल शड्ढयामा मस्त–मस्त आँखा र मन। यसरी आह्लादमय पलको आस्वादन गरिरहेका थिए। लाग्यो, योभन्दा अब अर्को सौन्दर्यपान गर्नु छैन। योभन्दा अब अर्को दृश्य–संसारमा पुग्नु छैन। यही नै अन्तिम गन्तव्य। यही नै प्रथम साक्षात्कारको अनुपम सौन्दर्य।

सात समुद्रपारिबाट आएका पाहुनाहरूको कुरा मेरो कानमा अनुगुञ्जित भइरहन्छ पटक–पटक– ‘यस्तो अनुपम सौन्दर्यलाई हेर्नुको आनन्द गुमाउनुहुँदैन। आँखाले हेरेर मात्र पुग्दैन। मनले महसुस गरेर हृदयमा सजाउनुपर्छ। जुन जिन्दगीभरिका लागि बिर्सनै नसकिने यादगार क्षण बनेर सधैं–सधैं सम्झनामा आइरहन्छ।’  
अर्को समाचार
चोर पक्रेलान्, दलाल पक्रेलान् के विश्वास गर्नु!
१४ असार २०८२
•
२ मिनेट पाठ
चोर पक्रेलान्, दलाल पक्रेलान् के विश्वास गर्नु!
१) मुक्तक




कसरी देश बन्छ, देश रक्षक नै गुण्डा बनेपछि,

एयरपोर्टमै गरिव जनताहरूसँग ठगी गरेपछि

चोर पक्रेलान्, दलाल पक्रेलान् के विश्वास गर्नु,

देशमा गृहमन्त्री, मन्त्री नै चोर दलाल भएपछि।

२) मुक्तक

बाँचेका छन नेता चतुर भएर, जनता गोरु भएर

भाषणमा काग, बस्छ्न् काममा लाटोकोसेरो बनेर

सत्तामा दारी फुलेका, कानको जाली फुटेका छन्

देश कसरी बन्छ युवा जति खाडी मुलकमा बेचेर।

३) मुक्तक

अभागी कर्म मेरो जसले पनि हेला मात्रै गर्छ

सानोतिनो गल्तीमा समेत वचनहरू सुन्नुपर्छ

जतिसुकै राम्रो गरे पनि सुख छैन परदेशमा

दुख खेपिरहँदा जीवन जिउन पनि मन मर्छ।

पारस भट्ट प्यासी
४) मुक्तक

सबैबाट घृणित हुन्छ इज्जत बिनाको मान्छे

कहिले सफल हुँदैन मेहेनत बिनाको मान्छे

गल्लीको कुकुर समान हुन्छ याद राख्नुस्,

थोरै पनि धनसम्पत्ति बचत बिनाको मान्छे!

५) मुक्तक

ज्वालामुखी बनेर आगो बलिरहेको छ

मलाई देखेर कसैको मन जलिरहेको छ

गाउँ, समाज, आफन्त त सब पराई भैसके

ईश्वरको आशीर्वादले जीवन चलिरहेको छ।

६) मुक्तक

जरैदेखि उखेली फालिदिनुस् भ्रष्टाचारको बोटलाई

विकास कार्यमा धुप बाल्नुहोस् सफा राख्नुहोस् मनलाई

देशका लागि सोच्ने स्मरण शक्ति सुकिसकेछ नेताजी

सधैं ठण्डा पानी पिउनुहोस् शिथिल पार्नुहोस् दिमागलाई।

७) मुक्तक

जस्तोसुकै काम गर्दा पनि मैले बन्न सकेन खास कसैको

संघर्षशील युवा हुँ र त म गर्दिनँ भराेसा, आस कसैको

पराईले साथ दियो कसरी भनू आफन्तले त लखेटेको हो

मलाई भगवानको बाहेक अचेल लाग्दैन विश्वास कसैको।

८) मुक्तक

के थाहा छ तपाईंलाई? जनतालाई किन खुसी दिन सक्दैनन्,  

उनीहरू आफैं कोही र्‍याल चुहाउँछन्, कोही उभिन सक्दैनन्।

भ्रष्टाचारी, दलाल आफैं छन्, बलात्कारी आफ्नै मान्छे छन्

त्यसैले त दोषीहरूमाथि खनिन सक्दैनन्, झम्टिन सक्दैनन्!

- पारस भट्ट प्यासी
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस