शैक्षिक अभियन्ता तथा लेखक इन्द्रप्रसाद खाइतुको दोस्रो कृति ‘इन्द्रिय रङ्गहरू’ आत्मकथा, गुरु वन्दना गीत र पाठशाला गान एकसाथ लोकार्पण गरिएको छ।
‘इन्द्रिय रङ्गहरू’ कृति प्राडा चैतन्य मिश्रले लोकार्पण गरेका हुन् भने पाठशाला बोलको म्युजिक भिडियो र गुरु वन्दना गीत प्राध्यापक मधुसुदन सुवेदी र प्रदिप क्षेत्रीले क्रमश: लोकार्पण गरेका थिए।
गुरु वन्दना गीत जितेन्द्र रसिकले गाएका छन् भने संगीत राज सागरको रहेको छ। त्यस्तै पाठशाला गानमा स्वर आहाना खाइतुको रहेको छ भन संगीत जितेन्द्र रसिकको रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि प्राडाचैतन्य मिश्रले ‘इन्द्रिय रङ्गहरू’ समयको दस्तावेज भएको बताए। त्यस्तै प्राध्यापक मधुसुदन सुवेदीले इन्द्रप्रसाद खाइतु फरक तर सरल स्वभावको लेखक भएको बताए।
कार्यक्रममा ‘वी क्या एडुकेश्नल’ नेपालका अध्यक्ष रत्न राई, नेपाल नर्सिङ काउन्सिलका पूर्व अध्यक्ष दयालक्ष्मी जोशी, जितेन्द्र रसिक र सरस पाठशालाका प्रधानाध्यापक सञ्चिता तामाङले लेखक खाइतुको कृतिबारे टिप्पणी गरेका थिए। उनीहरूले ‘इन्द्रिय रङ्गहरू’ असल मानव, असल विद्यार्थी र असल समाज निर्माणका लागि मात्र नभई व्यावहारिक शिक्षा पद्धतिका लागि सुझाइएको उक्त कृति सबैका लागि उपयोगी र महत्त्वपूर्ण रहेको बताए।
कृतिमा समयसमयमा भएका राजनीतिक परिवर्तनले नेपाली शिक्षा क्षेत्रमा पारेका प्रभाव र वर्तमान शिक्षाबारे चित्रण गरिएको छ भने नेपालको शिक्षा क्षेत्रका समस्या, सम्भावना र अवसरहरू ओैंल्याइएको छ।
कार्यक्रममा कृतिबारे लेखक खाइतुसँग जितेन्द्र रसिकले अन्तरसंवाद गरेका थिए। पुस्तकको मूल्य ४५० रूपैयाँ रहेको छ। लोकार्पणको अवसरमा २५०रूपैयाँमा पुस्तक विक्री गरिएको थियो।
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।
लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।
सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।
जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...