अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरनेसनल’ को शीर्ष उपाधि नेपालले जितेको छ। थाइल्यान्डको बैंककमा आयोजित ‘हेरिटेज पेजेन्ट’ मा नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरनेसनल’ ताज जितेकी हुन्।
मिसतर्फको शीर्ष उपाधि भने पेरूकी फेयरस ओर रुम्बो एलले हात पारिन्। दुवै शीर्ष विजेताले पर्सनालिटी विधाको अवार्डसमेत हात पार्न सफल भएको प्रेस नोटमा उल्लेख छ। ‘हेरिटेजपेजेन्ट– २०२४’ मा नेपालसहित भारत, थाइल्यान्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरू, सिंगापुर, म्यानमार, न्युजिल्यान्ड, मेक्सिको, इन्डोनेसिया, लात्भिया, सर्बिया, केन्या तथा मलेसियाका प्रतिनिधिहरूको सहभागिता थियो।