लालबन्दी साहित्य महोत्सवमा स्रष्टा सम्मान तथा कृति लोकार्पण
१७ मंसिर २०८१
•
४ मिनेट पाठ
लालबन्दी साहित्य महोत्सवमा स्रष्टा सम्मान  तथा कृति लोकार्पण
लालबन्दी नगर वाङ्‌मय परिषद्वारा आयोजित लालबन्दी साहित्य महोत्सव-२०८१ का प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले करुवाको पानीले बिरुवालाई सिञ्चन गर्दै महोत्सवको समुद्घाटन गरेका छन्।




उक्त महोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले अहिले देशभर खुलेका प्रतिष्ठानहरू जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको गणतन्त्रात्मक व्यवस्थाको परिणाम भएको बताए।

उनले प्रज्ञाप्रतिष्ठानको ६७ वर्षे इतिहासमा केही भएन भन्ने गुनासाहरूलाई चिर्न आफैँले विद्यार्थीसँग कुलपति कार्यक्रमलाई अघि सारेको बताए। उनले स्थानीय तहमा गठन भएका प्रतिष्ठानहरूलाई केन्द्रसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउँदै स्थानीय स्तरका अध्येयताहरूलाई अघि सारेर भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा लाग्न आग्रह गरेका छन्।

उनले स्थानीय तथा प्रदेश स्तरमा गठन भएका विभिन्न प्रतिष्ठानलाई केन्द्रीय प्रतिष्ठानसँग जोड्न आवश्यक रहेको र त्यसका लागि कार्य अघि बढाइएको बताएका थिए। तिनलाई जोड्न निकै चुनौतीपूर्ण रहेको कुलपति राईले उल्लेख गरेका थिए।

महोत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति राई, लालबन्दी नगरपालिकाका नगरप्रमुख एवं लालबन्दी नगर वाङ्गय परिषद्‌का प्रमुख संरक्षक बासुदेव अधिकारी र लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले संयुक्त रूपमा  रचना द्वैमासिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक, नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य रोचक घिमिरे र अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक तथा उपन्यासकार अखण्ड भण्डारीलाई पुरस्कार तथा पत्रकार शङ्कर श्रेष्ठलाई सम्मान समर्पण गरिएको थियो।

वाङ्मय परिषद्ले घिमिरेलाई ५० हजार राशिको कृष्णलाल स्मृति पुरस्कार र भण्डारीलाई ‘बोरा’ उपन्यासका लागि नगद ५० हजार राशिको भाषा साहित्य पुरस्कार तथा श्रेष्ठलाई २५ हजार राशिको स्थानीय प्रतिभा सम्मान-२०८१ समर्पण गरिएको थियो।

पुरस्कृत प्रतिभा घिमिरेले कृष्णलाल अधिकारीको योगदान र अखण्ड भण्डारीले ‘बोरा’   उपन्यास लेखन, परिवेश र पात्रबारे धारणा राखेका थिए।

महोत्सवका विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले आफ्नो शुभकामना मनतव्यमा लालबन्दी वाङ्मय परिषद् गठन भएयता महत्त्वपूर्ण प्राज्ञिक कर्म र गतिविधि गर्दै प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको नाममा पुरस्कार स्थापना गर्नु भनेको यस परिषद्ले महत्त्वपूर्ण कार्य गरेको बताए।

धमलाले आफ्नो धारणा राख्ने क्रममा साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कारबाट पुरस्कृत वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र उक्त बाङ्मय पुरस्कारबाट पुरस्कृत ‘बोरा’ उपन्यास र तिनका सर्जक पत्रकार एवम् उपन्यासकार अखण्ड भण्डारी र वाचित रचनाबारे लघुत्तम टिप्पणी गरेका थिए।

अर्का विशिष्ट अतिथि बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति प्राडा घनश्याम न्यौपाने परिश्रमीले गजल वाचन गर्दै लालबन्दी वाङ्मय परिषद्का प्राज्ञिक कामलाई आफूले आत्मसात् गर्दै अनुशरण गर्ने बताए।

उक्त महोत्सवका सभाध्यक्ष, नगर वाङ्मय परिषद्का प्रमुख संरक्षक, लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले स्थानीय भाषा, साहित्य,संस्कृति र कलालाई केन्द्रसँग जोड्न नगर वाङ्मयले अहम भूमिका खेलेको बताए। उनले स्थानीय वाङ्मयसँग जोडिएका यहाँका साहित्यकारहरूले लालबन्दीलाई सङ्घीय केन्द्रसँग मात्रै नभई देश विदेशमा समेत परिचित गराउन भूमिका खेलेको बताए।

प्राज्ञ चेतनाथ धमलाका अनुसार उक्त महोत्सवमा सुमन घिमिरे अग्रिमको कवितास‌ङ्ग्रह ‘प्यालासँग कविता’ र जीवनीसङ्ग्रह ‘समाजसेवामा अधिकारी’, विवश पौडेलको गजलसङ्ग्रह ‘धर्तीको जून’, देवराज पौडेलको कथास‌ङ्ग्रह ‘मानवता हराएका सहरहरू’ को लोकार्पण गरिएको थियो।

लालबन्दी साहित्य महोत्सवका अतिथिहरू रोचक घिमिरे, भूपिन खड्का, निमेष निखिल, प्रतीक घिमिर, सुरेश सुवेदी, निरन्जना चन्द, भाष्कर कार्की, रमेश भट्टराई सहृदयी, पूर्णकला घिमिरे, यस लामा, गजलकार सुमित्रा आचार्य, कुमार दाहाल कुसुम र केशव समर्पण लगायतले कविता तथा गजल वाचन गरेका थिए। उक्त महोत्सवमा विभिन्न सांस्कृतिक झाकीहरू समेत प्रदर्शन गरिएको थियो।

लालबन्दी वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले लालबन्दी साहित्य महोत्सव-२०८१, यसको गठन,उद्देश्य,प्रबर्द्धित पुरस्कार, सम्मान र प्राज्ञिक कार्यबारे जानकारी दिएका थिए। स्वागत मनतव्य लालबन्दी नगर वाङ्मय परिषद्का कोषाध्यक्ष विवश पौडेल र उद्घोषण कम्युनिटी वेयलफियर एकेडेमी स्कुलका संस्थापक प्रिन्सिपल सुदीप कार्कीले गरेका थिए।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
१० घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस