हविगत
२२ मंसिर २०८१
•
५ मिनेट पाठ
हविगत
१) हविगत




‘बचाऊ! बचाऊ! ऐया! मरे, मरे।’ निस्सासिए जस्तो र पीडित स्वरमा कोही कराइरहेको थियो। जनताले यसो हेर्‍याे, कतै कोही देखेन।

‘बचाऊ, ऐया मरे।’ ऊ कराउन भने छोडेन। सबैतिर हेरेपछि बल्ल पत्ता पायो। यो आवाज आएको राम शाहपथ नजिकै सिंहदरबारमा रहेछ। नजिकै गयो र हेर्‍याे। कोही पुरिएर छटपटाइरहेको रहेछ। यो दृष्य देखेर जनता निकै डरायो तर ‘जो भए पनि आपतमा परेकालाई सहयोग गर्नुपर्छ’ भनेर बाले भनेको सम्झ्यो।

‘को हौ तिमी!’ जनताले सोध्यो।

‘कृपया मलाई उद्धार गरिदेऊ। परिचय पछि दिउँला।’ ऊ आत्तिंदै बोल्यो।

जनतालाई उसको उद्धार गर्न सकूँला जस्तो लागेन। तर पनि चिन्नु त पर्‍याे भनेर भन्यो, ‘म सक्दो गर्नेछु, तिम्रो नाम त भन अनि कसरी यस्तो हालतमा पुग्यौ हँ।’

‘म तिम्रो आफ्नै हुँ। मलाई पालन गर्ने जिम्मेवार आफ्नैले यस्तो हालतमा पुर्‍याए। म तिम्रो भलाइ गर्न चाहन्छु। यसरी त म आफैँ मर्ने भएँ। कृपा गरेर मलाई बचाऊ।’ निस्सासिँदै भन्यो। ऊ कृपावाद, नातावाद र पैसाका बिटै बिटाले थिचिएको थियो।

‘ल बाबा, कोसिस गर्छु तर नाम त भन।’

‘म न्याय हुँ, जनता यार।’

२) योनीमा मृत्यु

‘आमा, म स्कूल जान्न।’

सधैं उत्साहित भएर पढ्न जाने छोरीको यस्तो कुरा सुनेर आमा छक्क परिन्।

‘के भयो र छोरी के भनेकी त्यस्तो! पढ्नुपर्छ। ठूलो मान्छे हुनुपर्छ। समाज र देशका लागि केही गर्नुपर्छ। असल मान्छे बन्नुपर्छ। राम्रो शिक्षाले नै असल बनाउँछ।’

‘पढ्न पनि पर्‍या छैन मलाई। छोरीले मात्र असल बन्नुपर्ने हो र! छोराले असल बन्नु पर्दैन! समाज र देशका लागि केही गर्नु पर्दैन!

‘पर्छ नि, कसले पर्दैन भन्यो! तेरो दाजु त्यस्तो असल छ। अशक्तलाई सहयोग गर्छ। समाजमा सरसफाइ अभियान चलाउँछ। गरिबका लागि राहत जुटाउने काम गर्छ।’

‘मेरो दाजुले मात्र गरेर के गर्नु! सबै केटाले गर्नुपर्‍याे नि।’

एघार वर्षकी छोरीको मुखबाट आज अचानक यस्तो कुरा सुनेर आमा छक्क परिन्।

‘नानाथरी कुरा नगर छोरी। ढिलो भैसक्यो। छिटो स्कूल जा।’

उसले खै के सोची। अलिकति साहस बटुली र स्कूल हिँडी।

जङ्गलको बाटो जानुपर्थ्यो। बाटामा हिंड्दै गर्दा लुकेर बसेका राक्षसहरूले केके कुरा गरेको सुनी।

न्वारानदेखिको बल झिकी र पछाडि फर्केर नहेरी कुदी। जसरी पनि निर्मला र भागिरथी हुनबाट आफू बच्नुपर्छ भन्ने कुरा मात्र दिमागमा घुमिरह्यो। स्वाँस्वाँ गर्दै पसिनै पसिना भएर घर आइपुगी। पछ्याउँदै आएका तिन जना मान्छे फनक्क फर्केको देखेर आमा नराम्रोसँग तर्सिइन्।

भक्कानिएर घुँक्कघुँक्क गर्दै आमाको छातीमा टाँसिई। शरीर पसिनाले छ्याप्पै भिजेको र आगो जस्तै तातो थियो।

आत्तिँदै आँखाभरि आँसु पारेर सोधी, ‘आमा, हामी छोरीहरू कहिलेसम्म ‘योनीमा मृत्यु’ बोकेर हिंड्ने! आखिर कहिलेसम्म!’

३) सम्बन्धको एक्स रे

‘महिला र पुरुष बिचको सम्बन्ध’ विषयमा भर्खरै विद्यावारिधि सकेका मेरा अनन्य मित्र थिए डाक्टर विशेष कार्की। आज विहान अचानक उनीसँग भेट भयो।

‘के छ डाक्साब, हालखबर!’ के गर्दै हुनुहुन्छ अहिले’ मैले सोधेँ।

‘आजकाल अधिकांश पतिपत्नी बिचको सम्बन्ध बिरामी छ। त्यसमै लागिरहेको छु। के भएको भनी डाइग्नोसिस गर्न सकिरहेको छैन मित्र।’

हामी दम्पतीको सम्बन्ध पनि खासै स्वस्थ थिएन। म अरूका पत्नी राम्री लाग्ने, अरूकै पत्नीको माया लाग्ने र सर्वश्व दिऊ जस्तो हुने समस्याबाट ग्रस्त थिएँ। उनी रक्तचाप, मधुमेह र डिप्रेसनको सिकार भैसकेकी थिइन। डाक्टर मित्रले रोग वा औषधि पत्ता लगाए त हामी दम्पतीलाई पनि फाइदा पुग्थ्यो भन्ने आशामा थिएँ। तर, मित्रलाई सुनाउनचाहिँ सकेको थिइन।

खुशी मुद्रामा बेलुका फेरि चोकमा भेटिए डाक्टर। सोध्न मन लागिहल्यो, ‘सम्बन्ध विरामी हुनको कारण पत्ता लाग्यो त मित्र!’

‘लाग्यो, त्यसैले त खुशी छु नि।’

मलाई पनि आफ्नो समस्याको समाधान मिल्ला भनेर आशा पलायो। हतपत सोधेँ, “ए के रहेछ त!”

‘पश्चिमा संस्कृतिको प्रभाव र सामाजिक संजालको दुरुपयोग।’

४) खोजी

ऊ र उनी अग्रपङ्तिमा थिए। उनीहरूका पछिपछि एक हुल स्रष्टा थिए। बलेको मैनबत्ती बोकेका सर्जकहरूको ताँती माइतीघरतर्फ लम्किदै थियो। कुनै विषय सन्दर्भको विरोध जनाउन माइतीघर मण्डला गएका होलान् भन्ने लाग्यो मलाई। त्यस्तो गम्भीर राष्ट्रिय मुद्दा अहिले के रहेछ भनी सोच्न थालेँ। ताँती माइतीघर कट्यो। आफू साहित्यानुरागी भएकाले म पनि पछि लागेँ। ताँतीले चक्रपथ नै परिक्रमा गर्‍याे। सबै सर्जक मैनबत्ती बाल्दै केही खोजेझैँ गर्दै हिंडिरहेका थिए। म निकै थाकेँ। मेरा भने गोडा पनि दुखिसके।

सर्जक ऊ र उनीका अगाडि गएँ।

“नमस्कार हजुर, म इन्दिरा चापागाईं, साहित्य र साहित्यकारको शुभेच्छुक। एउटा जिज्ञासा लाग्यो।”

“भन्नुस् न के होला!” दुवैले एकै स्वरमा भने।

“दिउँसै बत्ती बालेर। मैले त केही बुझिनँ। समर्थन हो कि, विरोध हो कि विषय सन्दर्भ के हो।” विनयी भएर सोधेँ।

“ए, त्यस्तो केही पनि होइन।”

“केही नभए यो सब!” म झन् छक्क परेँ।

“सबैलाई रातारात साहित्यकार बन्नुपरेको छ” उनले भने।

“छिटोछिटो भाइरल हुनुपरेको छ” उनीले थपिन्।

म अक्क न बक्क परेँ र दुवैका मुखमा पालै पालो हेरेँ।

दुवैले एकैस्वरमा भने, “अझै बुझ्नु भएन! पाठकबिनाको सिर्जना के काम! हामीले पाठक खोजेका नि।”

५) पतन

“तिमी त मानव शरीर निर्माणको एक हिस्सा, पञ्चतत्त्वमध्येको एक। मानवको जन्मदेखि मृत्युसम्म अत्यावश्यक र महत्त्वपूर्ण तत्व” घिउले आगोको प्रशंसा गर्‍याे।

निकै सङ्घर्ष र मेहनतले ऊ आगो बनेको थियो। राष्ट्रिय गहना बनिसकेको थियो अन्तरार्ष्ट्रिय छवि बनाइसकेको थियो।

“तिमी त आयुर्वेदिक औषधि, मानिसहरूको भिटामिन प्रोटिनको स्रोत तिमीलाई म खुब मनपराउँछु” आगोले घिउलाई भन्यो।

यसरी आपसी प्रशंसा गर्दा गर्दै घिउले आगोलाई भेट्ने प्रस्ताव राख्यो। आगोले स्विकार्‍याे। उनीहरूले भेट गरे। प्यास मेटामेट गरे। त्यसपछि आगो अन्तर्राष्ट्रिय महायज्ञतिर लाग्यो।

केही दिनपछि घिउले मुद्दा हालिदियो कि “आगोले मेरो अस्मिता डढायो। सत्यनाश गर्‍याे।”

समाचार सनसनी फैलियो। अदालतले जाचबुझ गर्न भियाएकै थिएन। समयले जाँचबुझ गर्‍याे र निष्कर्ष निकाल्यो, “वास्तवमा घिउले आगोको अस्तित्व नामेट पारेको हो।”

 -इन्दिरा चापागाईं
अर्को समाचार
रास्वपाको हविगत पनि पुराना पार्टीहरुको जस्तै हुन्छः घनश्याम भुसाल
२३ असार २०८०
•
१ मिनेट पाठ
रास्वपाको हविगत पनि पुराना पार्टीहरुको जस्तै हुन्छः घनश्याम भुसाल
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरुको जस्तैहुने दावी गरेका छन्।




दलाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो। पार्टी निकट कानुनी व्यवसायीहरुको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल, पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरु अघि बढन सक्ने अवस्था नरहेको तर्क समेत गरे।

उनले मुलुकमा रोजगारी सृजना गर्न र सुशासन कायम गर्न पनि दलाल पूँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढनुपर्ने जिकीर गरे। महासचिव भुसालले दलाल पूँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गरे।

उनले आफ्नो पार्टी मात्रै दलाल, पूँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दावी समेत गरे।

महासचिव भुसालले आफ्नो पार्टीले समाजवादको निर्माणको आधारहरु तय गर्दै अघि बढने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। उनले पार्टी निकट कानुन व्यवसायीहरुलाई समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलिया तन्त्रको अन्त्य हुने गरी लाग्न पनि सचेत गराए।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस