जन्ती
२४ मंसिर २०८१
•
४ मिनेट पाठ
जन्ती
१) जन्ती




झुप्रै भए पनि आज उनको घरमा महलको खुसी छाएको थियो। दुई कठ्ठा जमिन रुपैयाँसँग साटेपछि छोरीको बिहेको रौनक छाएको थियो। भोजभतेर, मिठाई र फलफूल तयारी गर्नेहरू सबै व्यस्त थिए। भित्र कोठामा दुलही श्रृङ्गार गरेर राखिएको थियो। जन्ती समयमा आइपुगेनन्। कुर्दा कुर्दै गंगालालको ओठमुख सुक्न लागिसकेको थियो। ऊ सोच्न थाल्यो,`दाइजो पनि भनेबमोजिम १७ लाख दिने सर्त पक्का भएर नै विहेको तयारी गरिएको थियो। तर किन जन्ती आएनन्?’

सबैमा कुतुहूल र चर्चा हुँदै थियो। उसैबेला पारिबाट खेतका कान्ला उक्लदै गरेका छिमेकी मोतीराम शर्मा देखापरे। उनी आँगनमा आएर फलाक्न थाले, ‘गंगे, तेरो घरको जन्ती तिलकपुर गए रे! बीस लाख दाइजो र लमीलाई एक लाख नगद र एकजोर लुगा दिने सहमति भएको रे!’

उसका कुरा सुनेर गंगालाल पुर्पुरामा हात पुर्‍याएर बर्बराए, ‘हरे! लमीलाई २५ हजार दिने सहमति नमान्दाको परिणाम भोग्नुपर्‍याे।’       

२) चुनाव

‘सही उम्मेदवार छनौटका लागि भएको चुनावमा कसलाई मतदान गर्नु?’ भनेर उनी अलमलिरहेका थिए। पढेलेखेका विद्वान उनी एमाले दलप्रति आस्था राख्थे। राजतन्त्र र काङ्ग्रेसीलाई सानैदेखि सहँदैन थिए। आफूले पत्याएको दलले राजावादीसँग गठबन्धन गरेपछि उनी सोचमग्न थिए। अन्तत: मतदाता परिचयपत्र खल्तीमा हालेर बुथतिर लागे। मतदान सुरू भैसकेको थियो। मानिसहरू लाममा बसेर मत खसाल्दै घरतिर लाग्दै थिए। उनी पनि लाममा बसे। कुराकानीको दौरानमा कोही माओवादी, कोही काङ्ग्रेस त कोही एमाले र राप्रपा भन्दै खुसुरफुसुर गरेको उनले सुने। अवस्था सबै नियाले।

मनमनै सोचे, ‘आखिर जसलाई मत हाले पनि जित्ने तिनै अनपढ, गँवार र भ्रष्टाचारीले नै हो। यी डाँकालाई किन मत दिनु?’ 

अन्तत: आफैलाई स्याबासी दिंदै नङमा कालो रङ नदलेर नै उनी फर्किए।

३) बजेट

कृष्ण दर्नालको घर नगरपालिकामा भएकाले दलित समूहले उनलाई ठुल्लै नेता मान्दथे। मेयरसँग पनि उनको नजिकको सम्बन्ध थियो। त्यसैले उनले भनेकै ठाउँमा सबैले भोट हाल्ने गरेका थिए। नगरपालिकाले नगरस्तरीय बजेट प्रकाशित गर्‍याे। नगरका मेयर हस्ताक्षर गर्न सक्नेसम्मको शिक्षा हासिल गरेका थिए। वडाको बजेट प्रकाशित देखेर दर्नाल ज्यादै हर्षित देखिए किनभने उनको घर वरिपरि २ मिटरसम्मको लागि नगरले ५५ लाख विनियोजन गरेको थियो।

दर्नालले हालेको योजना अन्तर्गत आफ्नो घर वरपरको बाटो ढलान २३ लाख, उनको आँगन निर्माणका लागि ७ लाख, पर्खाल र गेट निर्माणका लागि ६ लाख, दर्नाल बन्दु गुठी ट्रष्ट निर्माणको लागि १५ लाख , मुलबाटो सुधारका लागि ४ लाख बजेट परेको थियो। वडाको सम्पूर्ण बजेट उनकै सिफारिसमा छुट्याएको थियो।

यसै खुसीमा घरमा बंगुरको मासु पकाएर सबै रमाउँदै थिए। दर्नालको फोनको घण्टी बज्यो। उताबाट बोलेको आवाज मैले प्रष्टै सुनेँ, ``तपाईको छोरो मोटरसाइकल चिप्लिएर लडेकोले खुट्टा भाँच्चिएको छ। तुरून्तै अस्पताल आउनु होला।’ 

४) टिकटक लाइक

विए पास गरेका उनी, एउटा सानो जागिरले गाउँपालिकामा बसेर जीवन चलाइरहेका थिए। जग्गामा कचिँगलोले छिमेकीसँग सम्बन्ध बिग्रेको थियो। त्यसैले नगरतिर सर्ने विचार गरे। घरसल्लाह मिलेपछि बसाइ सराइको निवेदन लेखे। उनी वडा कार्यलयमा पुगे। अध्यक्षज्यूलाई भेट्न गए। उनी पुग्दा मिटिङ छ, भित्र जान मिल्दैन भने। ठीक छ, भनेर कुरेर बसे। भित्र लामै बहस चलेको रहेछ। उनले ध्यान दिएर कान थापेर सुने, अध्यक्ष भन्दै थिए, ‘मेरो ३५० लाइक आयो। तिमी मलाई प्रलय नै मनपर्‍यो मा हेर्नुहोस्।’

अर्को आवाज सुनियो, ‘त्यो गीतमा त मेरो ३२१ मात्र पुगेको थियो। अध्यक्षको जति हामी सदस्यको त कहाँ पुग्छ र?’

अध्यक्षको आवाज फेरि सुनियो, ‘हेर्नुहोला आज बेलुका कसको बढी लाइक आउँछ?’ 

बाहिर समय कुरिरहेका उनले बल्ल कुरा बुझे, ‘भित्र त टिकटकमा लाइक विषयमा पो मिटिङ चलेको रहेछ।’ 

५) पेवा

रुकेश अफिसबाट आउनेबित्तिकै सम्झनाले भनिन्, ‘आज आमाको पेवा बाख्रा मैले १८ हजारमा बेचिदिएँ।’

‘किन बेचेको त? आमाको चिनो थियो।’ 

सम्झनाले झर्केर भनिन्, ‘अब म बाख्रा स्याहारेर बस्न सक्दिनँ। यो पैसा पनि म दिन्न, मेरो काम छ।’

रुकेश मौन बसे। मनभरि कुरा खेल्न थाले। बुढानीलकण्ठ मन्दिर पछाडिको पैतृक जग्गा बेचेर उनले ३ तल्ले घर त बनाए तर आमा त्यो घरमा धेरै समय बस्न पाइनन्। आमाले धर्ती छाडेको १ महिना नबित्दै प्यावा बाख्रा बुहारीले बेचिदिन्। छोरो १५ महिना मात्र टेकेको थियो। उनले मन्टेश्वरी भर्ना गरिसकेकी थिइन्। उनले बाहिरतिर नजर लगाए । छोरो कुकुरको सेतो छाउरोसँग खेल्दै थियो।

मैले सोधेँ, ‘त्यो कुकुर कसको हो? कसरी यहाँ आयो?’ 

उनले भनिन्, ‘आमाको पेवा बाख्रालाई मैले कुकुर पेवा बनाए।’ 

(कुहिरोभित्र लघुकथासंग्रहमा सङगृहीत।)
अर्को समाचार
जन्ती बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २५ घाइते
०९ फागुन २०८१
•
१ मिनेट पाठ
जन्ती बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २५ घाइते
जोगीनीटोलमा गए राति जन्ती बस र ट्रक एकापसमा ठोक्किँदा  जन्ती गएका एक वृद्धको मृत्यु भएको छ भने २५ घाइते भएका छन्। जसमध्ये ५ जनाको अवस्था गम्भीर छ ।




बिहीबार राति करिब ९ बजे बारा जिल्लाबाट गाईघाटतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०६(००१ ख ०१९५ नं। को जन्ती बस र विपरीत दिशाबाट तेजपत्ता बोकेर कटारीतर्फ जाँदै गरेको ना ८ ख २४०४ नं। को मिनी ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका ७ स्थित जोगिनीटोल घुम्ती सडकमा ३२ जना जन्ती बोकेको बस तथा चालक र सहचालक गरी २ जना सवार ट्रक एकापसमा ठक्कर खाई दुर्घटना भएको प्रहरी भनाई छ ।

घाइते २६ जनालाई प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा उपचारार्थ ल्याइएकोमा गम्भीर ४ जनालाई बिराटनगर रिफर गरिएको थियो । जसमध्ये १ वृद्धको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जिल्ला बारा गढी  गाउँपालिका ४ का ७० वर्षीय सीताराम धामी छन् ।

बाँकी ३ जनाको न्यूरो अस्पताल बिराटनगरमै उपचार भइरहेको छ । २ घाइतेको भने जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । २० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

दुर्घटनाको सूचना पाए लगत्तै खटेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक सन्तोष कार्की कमान्डको टोलीले घाइतेको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट पठाएको थियो । दुर्घटनाका कारण अवरुद्ध भएको सडक तत्काल प्रहरी टोलीले हटाई सुचारु गराएको निरीक्षक कार्कीले बताए । बस र ट्रक भने घटनास्थलमै रहेका छन् ।

बस र ट्रकका दुवै चालकलाई सामान्य उपचार पश्चात् जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताएका छन् ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस