नेपालका चर्चित तीन ठूला ब्याण्डले बुधबार साँझ राजधानीको एलओडीमा दर्शकलाई मन्त्र मुग्ध पारे। पुर्ण राई एण्ड दाजुभाइहरु, सबिन राई फारो, र जोन दि लोकल्स ब्याण्डले एउटै मञ्चबाट आफ्नो प्रस्तुतिले क्लबलाई सङ्गीतमय बनाएका हुन्।
एलओडीमा यी तीन ब्याण्डको शोको टिकट बुकिङ खुला भएको दुई दिनमै ‘सोल्ड आउट’ भएपछि आयोजकले दर्शकको माग अनुसार दोस्रो शोको व्यवस्था गरेका छन्।
बिहीबार पनि क्लबमा उनीहरूको प्रस्तुति रहनेछ। यससँगै दर्शकले आज पनि थप रोमाञ्चक प्रस्तुतिको अनुभव लिन पाउने भएका छन्।