बौद्ध दर्शनमा आधारित उपन्यास ‘अर्हत’बारे पोखरामा परिचर्चा
३० मंसिर २०८१
•
२ मिनेट पाठ
बौद्ध दर्शनमा आधारित उपन्यास ‘अर्हत’बारे पोखरामा परिचर्चा
बौद्ध दर्शमा आधारिक उपन्यास ‘अर्हत’ को शनिवार पोखरामा लेखक साहित्यकारबीच चर्चा गरिएको छ। र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमको १११ औँ शृंखलामा बुद्धको जीवनीमा आधारित उपन्यास अर्हत्को चर्चा गरिएको हो।




साहित्यकार सरुभक्तले बुद्ध नेपालमा जन्मिएको भन्न पाउनु गौरवको कुरा भए पनि ‘बुद्ध वाज बोर्न इन नेपाल’ मात्र भनेर नपुग्ने बताउदै अर्हतका लेखक शैलेन्द्र अधिकारीको लेखन शैलीमाथि चर्चा गरेका थिए। बुद्धत्व स्थापनाका लागि बुद्ध दर्शनसम्बन्धी गतिविधि र सम्पदा संरक्षणका लागि विशेष पहल गर्नुपर्ने सरुभक्तको भनाइ थियो।

बुद्धसम्बन्धी कृतिहरूमा फरक फरक मत पाइने गरेको भन्दै उनले हामीले बुद्धलाई मानेका छौँ कि छैनौँ भन्ने प्रश्नसमेत उठ्ने गरेको प्रसङ्ग सुनाएका थिए।

भिक्षुहरूले नै कहिले बुद्धलाई ‘भगवान’ भन्ने र कहिले भगवान होइनन् मानव नै हुन् भन्ने दोधारे प्रवृत्तिप्रति असन्तुष्टि उनले राखे। बौद्ध दर्शनसम्बन्धी प्राविधिक शब्दहरूको ज्ञानसमेत दिने अर्हत् उपन्यास पठनीय रहेको सरुभक्तको भनाइ थियो।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपक सापकोटाले बुद्धको जीवनको गोरेटो पछ्याएर लेखिएको कृतिका रूपमा अर्हत्को चर्चा गरे। ’बुद्धमाथि भविष्यमा झनै अनगिन्ती कथा लेखिनुपर्छ। आज पनि लेखक शैलेन्द्र अधिकारी भनिरहेका छन्, ’बुद्ध बुझ्ने किताबै कम छ। म त्यही बुद्ध बुझाउने किताबमाथि सामान्य अध्ययनका आधारमा केही भन्न उभिएको छु’ सापकोटाले भने, ’के हामीले बुद्ध चिन्यौँ? यस किताबले यही प्रश्न गरिरहन्छ।’

बुद्धलाई भगवान भन्न सजिलो भएको तर उनलाई हामीले साँच्चै अँगालेका छौँ? चिनेका छौँ? भन्ने टड्कारो प्रश्न सबैलाई किताबले छोडेको उनको भनाइ थियो। बुद्ध र बुद्धहरूको कथाका रूपमा कृति आएको भन्दै सापकोटाले प्रत्येक पृष्ठमा अनोमा नदी झैँ प्रेमपूर्वक बुद्ध बगिरहेका धारणा राखे। भने, ’आख्यानकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत’ ले बुद्धको जीवनीलाई प्राञ्जल भाषामा आख्यानीकृत गरेको छ, जसले अढाई हजार वर्षअघिको समाज–समयसँग साक्षात्कार गराउँछ।’

उपन्यासले सिद्धार्थ गौतम कसरी ‘गौतम बुद्ध’ बने भन्ने कथा भनेको स्पष्ट पार्दै साहित्यकारसमेत रहेका सापकोटाले बुद्ध, तत्कालीन समय, बुद्धगाथा, धर्मोपदेश, सामाजिक र राजनीतिक अवस्था, जीवन, कपिलवस्तु राज्यको उत्थान र पतन नै ‘अर्हत’ को विषय भएको बताए।

बुद्धले आफैँ गृहत्याग गरेका हुन् वा राजनीतिक कारणले घर छोड्नुपरेको हो भन्ने कुरालाई किताबले विमर्शको बाटो छोडिदिएको उनको भनाइ थियो।

उपन्यासकार अधिकारीले आफूले बुद्ध दर्शन अध्ययनका क्रममा गुरुग्रन्थहरूबाट प्राप्त ज्ञानलाई उपन्यासमा समेटेको भनाइ राखे। पाठकले उठाएका प्रश्नको जबाफ दिँदै अधिकारीले आफूले दर्शनको वकालत नगरी बुद्धको वास्तविक जीवनी पाठकमैत्री आख्यानका रूपमा प्रस्तुत गरेको स्पष्टीकरण दिए। ऐतिहासिक विषयवस्तुका रूपमा बुद्धको जीवनका अनेकौँ पाटालाई उपन्यासमा प्रस्तुत गरेको उनको दाबी थियो। छवि सुवेदी ‘विजयी’, भरतमणि भट्टराई, त्रुपक, सम्राट् गुरुङलगायतले टिप्पणी गरेका कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए।  
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
५ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस