अल्लु अर्जुन पक्राउपछि झन् बढ्यो पुष्पा–२ को आँधी
०२ पौष २०८१
•
१ मिनेट पाठ
अल्लु अर्जुन पक्राउपछि झन् बढ्यो पुष्पा–२ को आँधी
क्याप्शन
साउथ इन्डियन स्टार अल्लु अर्जुन पक्राउ परेपछि उनी अभिनित चलचित्र ‘पुष्पा–२ द रुल’ले भारतीय बक्स अफिसमा झन् धमाल मच्चाएको छ । 




चार दिन अघि १३ डिसेम्बरमा सन्ध्या थिएटरबाहिर भएको भाग दौडमा एक महिला मारिएकी थिइन् ।  सोही घटनापछि अभिनेता अल्लु अर्जुनलाई प्रहरीले गिरफ्तार गरेको थियो । यद्यपि केही समय पछि उनी रिहा भएका थिए । 

त्यसपछि पुष्पा–२ ले बक्स अफिसमा झन् तुफान ल्याएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । फिल्म रिलिजको दोस्रो साता सकिदा पुष्पा–२ को ग्रस कलेक्सन विश्वभर १४ सय करोड भारतीय रुपैयाँ पुगेको आजतकले लेखेको छ । 

अल्लुको पक्राउपछि बक्स अफिसमा फिल्मको पकड कमजोर हुने आकलन गरिएकामा झन् बढेको आजतकले जनाएको छ ।
अर्को समाचार
अल्लु अर्जुनले भने : मेरो चरित्रहत्या भइरहेको छ
०७ पौष २०८१
•
१ मिनेट पाठ
अल्लु अर्जुनले भने : मेरो चरित्रहत्या भइरहेको छ
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले आफ्नो चरित्रहत्या भइरहेको बताएका छन्। 




उनले हैदरावादमा पुष्पा २ को प्रिमियरमा भएको भागदौडलाई लिएर केही व्यक्तिहरूले नियतवश चरित्रहत्या गरिरहेको उनको आरोप छ। शनिबार पत्रकार सम्मेलनमार्फत उनले २० वर्षको चलचित्र यात्रामा कमाएको सम्मान एकै दिनमा नष्ट भएको महसुस गरेको पनि उल्लेख गरेका छन्। 

उता, तेलङ्गनाका मुख्यमन्त्री रेवन्थ रेड्डीले विधानसभामा अल्लु अर्जुनको लापरवाहीका कारण एक महिलाले ज्यान गुमाउनुपरेको बताएका छन्। दुर्घटनाको बारेमा थाहा पाए पनि अल्लुले मानवीय सम्वेदना बिर्सेर रोड शो गरेको उनको आरोप थियो। 

अल्लुले आफूले घाइते बालकको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिइरहेको बताएको छ। उनले यो घटनामा आफ्नो कुनै खराब नियत नरहेको र अफवाह फैलाइएको भनेका छन्। 

डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २ को प्रिमियरमा एक महिलाको मृत्यु भएको थियो, छोरा गम्भीर घाइते भएका थिए। 

यस घटनामा अल्लु अर्जुन, उनका सुरक्षा टोली र थिएटर व्यवस्थापकविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। यहीँ घटनामा अल्लु अर्जुनलाई १३ डिसेम्बरमा गिरफ्तार गरिएको थियो र १४ डिसेम्बरमा जमानतमा रिहा भएका थिए। 
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस