दक्षिणकाली माता विश्वासको धरोहर
०४ माघ २०८१
•
५ मिनेट पाठ
दक्षिणकाली माता विश्वासको धरोहर
चम्पादेवीको शिखरबाट तल झर्दै गर्दा, मेरो नजर फर्पिङ–दक्षिणकालीको बाटोतिर सोझियो। मनमा एउटा अनौठो भावको शान्ति छाएको थियो। सायद, आजको दिन म दक्षिणकाली माताको दर्शन गर्न जाँदै छु भन्ने खुसीले होला। चम्पादेवीको शीतल हावामा म बिस्तारै ओरालो तल झर्दै थिएँ।




जब म दक्षिणकाली मन्दिरको नजिक पुगेँ, त्यहाँको वातावरणले मलाई अचम्मित तुल्यायो। शनिबारको दिन मन्दिर परिसरमा यति कम भीड हुन्छ भन्ने मेरो कल्पनामा पनि थिएन। सायद, यो मेरो लागि एकदमै शुभ दिन थियो। मन्दिर परिसरमा प्रवेश गर्दा, म आफूलाई एकदमै शान्त महसुस गरिरहेको थिएँ। मन्दिरको चारैतिर हरियाली छाएको थियो। चराचुरुङ्गीहरूको चिरबिराउने आवाजले मलाई झनै आनन्दित बनाएको थियो।

मन्दिर परिसरमा प्रवेश गर्नासाथ मेरो श्वास फेरिने तरिका नै बदलिएजस्तो लाग्यो। चिसो हावामा मन्दिरको घण्टीको आवाज गुन्जिरहेको थियो। मन्दिर परिसरमा शान्ति छाएको थियो। मन्दिरको भित्तामा चित्रहरू कोरिएका थिए जसले मेरो मनलाई एकदमै प्रभावित पारेको थियो।

मन्दिर परिसरमा भेटिएका भक्तजनहरू विभिन्न प्रकारका प्रार्थना गरिरहेका थिए। मैले उनीहरूको मनभित्र पसेर परिकल्पना गरेँ– कोही रोग निको हुने प्रार्थना गरिरहेका थिए, कोही धन सम्पत्ति पाउने प्रार्थना गरिरहेका थिए, कोही आफ्नो परिवारको सुख शान्तिको कामना गरिरहेका थिए।

उनीहरूको यस्तो समर्पित आस्था देखेर म पनि भावुक भएँ। यति ठूलो श्रद्धा, विश्वास र समर्पण देखेर म झन् प्रभावित भएँ।

मन्दिरमा पुगेर मैले दक्षिणकाली माताको दर्शन गरेँ। गरगहना र फूलहरुले सजिएकी माताको मूर्ति अत्यन्तै भव्य र आकर्षक थियो। मन्दिरमा बसेर मैले केही समय ध्यान गरेँ। मेरो मन शान्त र निर्मल भयो। मलाई लाग्यो, आज म दक्षिणकाली माताको आशीर्वाद पाएर निकै खुसी छु।

फर्पिङ बजारबाट दक्षिणकाली मन्दिर जाने ओरालोको पहाडी बाटो झर्दै गर्दा मनमा बेग्लै प्रकारको शान्ति छाइरहेको थियो। हरियालीको बीचमा टल्किने दक्षिणकाली मन्दिरको छवि मनमा उत्रिएको थियो। मन्दिर नजिक पुग्दा मनमा एक अज्ञात भय र उत्सुकताको मिश्रणले भरिएको थियो।

मन्दिर परिसरबाट फर्किँदा मेरो मनमा धेरै प्रश्नहरू उत्पन्न भए। के वास्तवमा साँच्चै नै देवीदेवताहरू हुन्छन्? यदि हुन्छन् भने उनीहरूले हाम्रो प्रार्थना सुन्छन् त? हाम्रा दुःख, पीडाहरूको अन्त्य गरिदिन्छन्? यी प्रश्नहरूको जवाफ के हुन्छ? मलाई थाहा छैन।

मलाई यति मात्र थाहा छ, दक्षिणकाली मन्दिर एक पवित्र तीर्थस्थल हो। यहाँ टाढाटाढाबाट श्रद्धालु भक्तजन आफ्नो मनको पीडा र दुःख भुल्न आउँछन्। कतिपय भक्तजन अनेक भाकल पूरा गर्न आउँछन्। कति चाहिँ माताको दर्शन गरेर सुख, समृद्धिको सपना पूरा गराउन धाउँछन्।

मन्दिर परिसरबाट फर्कँदा मलाई लाग्यो, मैले जीवनको एउटा नयाँ पाठ सिकेको छु। हामी सबैलाई जीवनमा कठिनाइहरू आउँछन्। तर हामीले कहिल्यै निराश भएर आशा गुमाउनु कदापि पनि हुँदैन। उहिल्यैदेखि संस्कारकै रूपमा विकसित छ हामीले सधैं भगवानमा विश्वास राख्नुपर्छ। किनकि भगवानले हामीलाई कहिल्यै एक्लै छोड्दैनन्। यही संस्कार, संस्कृति, आस्था र विश्वासका आधारमा भगवानप्रति हाम्रो सभक्ति आराधना अविच्छिन्न स्वतः रहिआएको छ।

दक्षिणकाली मन्दिरको यात्रा मेरो लागि जीवनको एउटा अविस्मरणीय अनुभव बन्यो। मलाई लाग्छ, म फेरि पटक–पटक दक्षिणकाली माताको दर्शनार्थ मन्दिर जान चाहन्छु। त्यहाँका प्रकृतिमा घुम्न, डुल्न र संसार भुल्न चाहन्छु। जंगल चहार्दै, खोलाखहरेमा डुब्दै बनेली सुगन्धमा प्राकृतिक मिठासले स्पन्दित हुन चाहन्छु।

मन्दिरबाट फर्कदै गर्दा, मलाई लागिरह्यो, आजको दिन म कहिल्यै बिर्सन सक्दिनँ। दक्षिणकालीसम्मको यो यात्रा मेरो लागि अविस्मरणीय बन्यो। सायद, यस्तो संयोग विरलै मात्रै मिल्छ। मलाई लाग्छ, दक्षिणकाली माताले नै मलाई आज यहाँसम्म ल्याएकी हुन्।

काठमाडौंको कोलाहलबाट टाढा, शान्त पहाडी काखमा बसेकी छिन् दक्षिणकाली माता। उनी केवल देवी मात्र होइनन्, बरु शक्ति, आस्था र अनन्त शान्तिको प्रतीक पनि हुन्। उनीसँगको मेरो भेट एक आध्यात्मिक यात्रा जस्तै थियो, जसले मेरो मनलाई गहिरोसँग छोयो।

पहिलो पटक दक्षिणकाली मन्दिरमा पुग्दा म अचम्मित भएको थिएँ। मन्दिरको रमणीय वातावरणले मेरो मनलाई शान्त पारेको थियो। हरियाली वनजंगल, अनेक चरा र झ्याँउकिरीको आवाज! शीतल हावाको झोक्काले मलाई शहरको भीडबाट एक्कासी अर्कै आध्यात्मिक संसारमा पुगेको अनुभूति गराएको थियो।

मन्दिर परिसरमा पुग्दा मनमा अज्ञात भय र उत्सुकताको मिश्रणले भरिएको थियो। मन्दिर प्रवेश गर्दा नै मनमा शान्ति छाएको अनुभूति भयो। माताको मूर्ति अत्यन्तै भव्य र आकर्षक थियो। उहाँको तेजस्वी नजरले मेरो मनलाई मोहित बनाएको थियो।

मन्दिरमा पुगेर मैले मातालाई भित्रैबाट महसुस गरेँ। अरु भक्तजनहरुले पनि त्यसै गरिरहेका थिए। उहाँ मेरो हरेक पीडा र दुःख बुझ्ने मेरी आमा जस्तै लाग्थ्यो। मैले आफ्ना सबै समस्या र चिन्ताहरू उहाँसँग बाँडेँ। लाग्यो, उहाँले मेरो हरेक शब्दलाई ध्यानपूर्वक सुन्नुभएको छ। मन्दिरबाट बाहिर निस्कँदा म एकदमै हल्का र शान्त महसुस गरिरहेको थिएँ । मेरो मनले शान्तिको सागरमा डुबुल्की मारेको मैले।

दक्षिणकाली मात्र एक मन्दिर होइन, यो त आस्थाको केन्द्रबिन्दु हो। यहाँ पुग्ने हरेक भक्तजनको मनमा शान्ति र आनन्दको अनुभूति हुन्छ। दक्षिणकालीको महत्व र विशेषता यही नै हो। उहाँले हामी सबैलाई आफ्नो मायालु आँखाले हेर्छिन् र हामीलाई सधैँ आशीर्वाद दिइरहन्छिन्।

दक्षिणकालीको यात्रा मेरो लागि जीवनको एउटा अविस्मरणीय अनुभव बन्यो । यस यात्राले मलाई जीवनका धेरै कुरा सिकायो । यसले मलाई आफैंसँग जोडिन र आफ्नो भित्री शक्ति खोज्न सिकायो । दक्षिणकालीको आशीर्वादले म सधैँ अगाडि बढिरहनेछु।

दक्षिणकाली माताको महत्व र विशेषता तथा इतिहासबारे मलाई धेरै ज्ञान छैन तर माताप्रति मानिसको विश्वासको विम्ब शब्दमा बयान गर्न सकिन्न। माताको आशीर्वादले हामी सबैलाई जीवनका कठिन परिस्थितिमा पनि अगाडि बढ्न प्रेरणा दिन्छ। दक्षिणकाली माताको दर्शन यात्रा आध्यात्मिक, सांस्कृतिक, सामाजिक आदि अनेकौं किसिमको हुनसक्छ। विश्वासको धरोहरको रूपमा स्थापित दक्षिणकालीसम्मको यात्रापश्चात पछुतोभन्दा प्राप्तिका पलहरूले मन धन्यधन्य हुन्छ।

यदि तपाईं आफ्नो मनलाई शान्त बनाउन चाहनुहुन्छ भने एकपटक दक्षिणकाली मन्दिरमा अवश्य जानुहोस्।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
१५ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस