शहीद
१८ माघ २०८१
•
२ मिनेट पाठ
शहीद
“यो बूढाले कैलै सुख देनन्। बाँचुञ्जेल हाम्रो लागि एक पैसा कमाएर ल्याएनन्।” छोरो जङ्गिएको देखेर सत्तरी वर्षे बूढा बा थर्कमान भए। दुईचार रोपनी जमिन र एउटा मध्यम स्तरको घर, बूढा बाकै मेहेनतको कमाइ थियो। तैपनि छोराले नकमाएको भन्दा उनको चित्त फाट्यो। जवाफ फर्काउँ भने छोराले हातपात गर्नसम्म तम्सने हुँदा उनी मौन रहे।




देशमा नयाँ बिहानी ल्याउने भनी नेताहरूले आन्दोलन चर्काउन थालेका थिए। बूढा बा पनि त्यो आन्दोलनमा चाहेर या नचाहेर सरिक भए। आन्दोलनकारीले उनलाई अग्रपंक्तिमा राखी आफ्नो सुरक्षाको ढाल बनाए। वद्धको समेत परिवर्तनप्रति चाहना रहेको भनी पत्रिकामा हल्ला ठोके। सुरक्षाकर्मीको तारो हट्टाकट्टा विद्रोही हुन्थे। बूढा बालाई छुँदै छोएनन्।

जति नै कटबाँसको लाठी हानिदा होस् या जवाफी ढुङ्गा फर्काउँदा होस् या अश्रुग्यास, पानीको फोहोरा, रबरको गोली केहीले पनि बूढा बालाई छोएन। त्यो देखेर बूढा बा झोक्किएर आफैंसँग बोल्दथे, “हैन यो निशाना मलाई नलागेर अरूलाई किन लाग्छ? म अभागीलाई घरले जाजा बनले आइजआइज भनेको छ। यी किन बुझ्दैनन् कुरा?”

एक दिन सुरक्षाकर्मीले सिसाको गोली चलायो। आन्दोलनकारीहरू ज्यान जोगाउन न्वारनको बल झिकेर दौडिए। चाहेको भए बूढा बा पनि भाग्न सक्थे तर उनी जानाजान हुलमुल भएको सडकको बीचमा गएर घोप्टिए। आफ्नो ज्यान बचाउन दौडिएका कैयौं खुट्टाले तिनको ढाडमा, पिँडुलामा र टाउकोमा समेत कुल्चिए। सडक सुनसान हुँदा उनी जिन्दगीका अन्तिम श्वास लिइरहेका थिए। उनको आफ्नो भन्ने त्यहाँ कोही थिएन। सुरक्षाकर्मीले देखेर बचाउने आशामा अस्पताल पुर्‍याए। सोधखोज गरी छोरालाई तुरुन्तै झिकाए।

आफ्नो छोराको मुहार देख्नासाथ बूढा बा भक्कानिदै बोले,“बाबू! अब त भन्दैन होलास् नि बाउले केही गरेन भनेर। हेर् तेरै लागि म शहीद हुँदैछु। यो सत्ता परिवर्तनपछि नेताजीले शहीद परिवारलाई पचास लाख दिने भनेका छन्।”

छोराको वाक्य फुट्नुअघि नै बूढा बाले सधैंका लागि आँखा चिम्लिए।
अर्को समाचार
शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता
१९ साउन २०७९
•
१ मिनेट पाठ
शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता
बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्। गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो।  




पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको छ। कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए।

सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका थिए भने बिद्रोही नेकपा माओवादी पक्षबाट चार शहीद भएका थिए। उनीहरुका परिवारलाई मासिक एक हजार पाँच सयका दरले भत्ता दिने निर्णय गरिएको विकले बताए। घाइते तथा अपाङ्गताको हकमा परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि  पाँच सयदेखि एक हजार भत्ता दिने निर्णय गरिएको छ।  

गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भीर घाइते भएका थिए। पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएका परिवारलाई रोजगारी दिने गरी नीति बनाएको छ। पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ। रासस
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस