अहिले सामाजिक सञ्जालमा गायिका एलिना चौहानको सम्बन्ध विच्छेद(डिभोर्स)को चर्चा छ। विवाह गरेको नौ महिना मात्रै पुगेकी नवविवाहिता एलिनाले पति विष्णु सापकोटालाई विपक्षी बनाएर शुक्रवार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरिन्। दुवैले गएको वैशाख ५ गते विवाह गरेका थिए।
एलिनाले सम्बन्ध विच्छेद गर्दा ‘माना चामल’ र ‘अंश’को दाबी गरेकी छैनन्। मात्र पतिले अनेक शंकाउपशंका गरेको, चरित्रमाथि प्रश्न उठाएको लगायतका विषयमा चित्त दुखाएकी छन्।
उसो त केही समयअघि देखि नै दुवै जनाबिच सुमधुर सम्बन्ध नरहेको चर्चा थियो। जसबारे वादप्रतिवाद पनि चलिरहेको थियो। त्यही खबरलाई सही साबित गर्दै एलिनाले सम्बन्ध विच्छेदको मुद्दा दायर गरिन्।
मुद्दा दायर भएयता सामाजिक सञ्जालमा यो विषय ‘ट्रेन्डिङ’मा छ। एलिनाकै भनाइलाई मान्ने हो, भने उनलाई अहिले व्यापक फोन आइरहेको छ, जसको उनी जबाफ दिन सकिरहेकी छैनन्। यही कारण उनी शनिवार बिहान सामाजिक सञ्जालमा केही समय ‘लाइभ’ आएर आफ्ना कुरा राखेकी छन्। उनी लाइभ अवधिभर निकै भावुक देखिन्छिन्। उनी लगातार रोइरहेकी थिइन्।
लाइभमा उनले विष्णु र आफूले प्रेम विवाह गरेको खुलाएकी छन्। विवाह गर्दा ‘अलि हतार’ भएको स्वीकारेकी छन्।
यस्तै बिहे अघि नै दुई जनाबिच केही ‘खटपट’ रहेको पनि बताएकी छन्। ‘बिहे गर्नु हतारको डिसिजन भयो। प्रेम सम्बन्धमा हुँदा पनि बढी नै खटपट थियो। तर, सहन्छु भनेर बिहे गरेँ,’ एलिनाले भनेकी छन्,‘उहाँ(विष्णु)लाई पनि यत्तिको सहन सक्ने पाउँदिनँ भन्ने लाग्यो होला, उहाँको पनि यसमा दोष छैन।’ तर समय बित्दै जाँदा आफूले सहन नसकेको उनले बताएकी छन्। ‘मैले नै सहन सकिनँ, दुवैको सल्लाहमा पछि बढी हुनुभन्दा अहिले नै छुट्टिने निर्णय गरेका हौँ।’
नरित्तिएको माया
सम्बन्ध विच्छेदको मुद्दा आफैले दायर गरे पनि पति विष्णुको माया अझै रहेको एलिनाले बताएकी छन्। अहिले सामाजिक सञ्जालका टिप्पणीमा विष्णुलाई गाली आउँदा आफ्नो चित्त दुख्ने गरेको पनि उनले बताइन्।
‘मायाको कुरा गर्दा कस्तो हुँदो रहिछ भने आफूले माया गरेको मान्छेलाई गाली गर्दा खेरी आफूले नै गाली खाएभन्दा अझ धेरै पीडा हुँदो रहेछ,’ एलिनाले भनेकी छन्,‘त्यसैले तपाईँहरू धेरैले यो समयमा मलाई साथ दिन्छु भन्ने सोचिरहनु भएको छ भने ठिक छ साथ दिनुस्। तर, उहाँलाई नराम्रो नभन्नुहोला उहाँलाई गाली नगर्नुहोला।’
बरु आफूलाई गाली गर्न समर्थकलाई एलिनाले भनेकी छन्। ‘बरु मलाई गाली गर्नु केही छैन। जिन्दगीमा कस्तो–कस्तो भोग्यो! कस्तो कस्तो सहियो ! खरानी भइसकेको मान्छेलाई आगोसँग डर हुँदैन क्या,’ एलिनाले लाइभमा भनेकी छन्।
एलिनाले बढी नै भावनामा बगेर आफ्नो जिन्दगी बिगार्न आफू नै जिम्मेवार रहेको भनेकी छन्। उनले भनेकी छन्, ‘मैले आफै बिगारेको हो। मैले जानीजानी बिगारेको हो। हामीले जानीजानी बिहे गरेको हो।’
आफू कलाकार हो, भन्ने जान्दाजान्दै पति विष्णुले बिहे गरेको पनि एलिनाले भनेकी छन्। ‘आनीबानी जानेरै बिहे गर्नुभएको हो। तर नहुने रहिछ अझ अगाडि यो भन्दा पनि अझै नराम्रो हुने रहिछ भनेर छुटिने निर्णय गरेको हो,’ उनले भनेकी छन्।