नेपाल-चीनबीचको सांस्कृतिक, आर्थिक तथा अन्य प्राचीन मित्रताबारे नयाँ पुस्तामाझ जानकारी गराउने ध्येयले आइतबार राजधानी काठमाडौँस्थित दरबार हाइस्कूलमा केही छोटा तथा लामा भिडियोहरू प्रदर्शन गरिएको छ।
चाईना मिडिया ग्रुपले उत्पादन गरेको सो वृत्तचित्रमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विकास गर्ने ध्येय राखिएको सीएमजी नेपाली सेवाका भाषा विशेषज्ञ लक्ष्मी लम्सालले जानकारी दिए।
नेपालको एकसिंगे गैंडा र चीनको पाण्डा, नेपाल र चीनबीचको चिया सम्वाद, चीनको मोकाउ गुफा र नेपालको बौद्धनाथ, चीनको लसान बुद्ध र नेपालको लुम्बिनीका बुद्धबीचको सम्पर्क कुराकानी लगायतका वृत्तचित्रले विद्यार्थी तथा शिक्षकहरूमाझ ऐतिहासिक कालदेखिको नेपाल चीन मित्रताप्रति गहिरो छाप छोडेको छ। भिडियोहरूमा नेपाल र चिनियाँ सीमामा रहेका हिमालदेखि सिचाङ (तिब्बत)मा रहेका भिक्षुहरूको जीवनशैली, सीमा क्षेत्रमा व्यापार गर्ने नेपालीका कथाहरू पनि देख्न सकिन्छ।
कार्यक्रममा चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिभल गाला झल्किने भिडियो पनि देखाइयो। चीनमा यतिखेर सर्प वर्षको बिदा चलिरहेको छ।
दरबार हाइस्कूल भवनमै रहेको संस्कृत माविका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले भाषिक कठिनाइ हुने चीनसँग नेपालको सांस्कृतिक समानता चाहिँ अधिक रहेको देख्न पाउँदा अचम्म लागेको बताए। चीन चिन्न गाह्रो नरहेको तर नेपाली भाषामै बनाइएका वृत्तचित्रले सहजै चीन बुझिएको उनको प्रतिक्रिया थियो।
कार्यक्रममा प्रस्तुत नव वर्ष गालाले सबैको ध्यानाकर्षण गरेको थियो। सन् १९८० को दशकदेखि नव वर्ष गाला चिनियाँ टेलिभिजनबाट अविच्छिन्न प्रसारण हुने र चिनियाँहरू माझ चाड पर्वको रौनक दिलाउने कार्यक्रम बनेको मानिन्छ।
चिनियाँ नव वर्षको बिदा हालै राष्ट्रसंघ अन्तर्गत युनेस्कोमा पनि सूचीकृत भएको छ।
चीन सरकारले नेपाललाई करिब ९ अर्ब बराबरको अनुदान सहयोगको घोषणा गरेको छ । नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारले नेपाललाई उक्त अनुदानको घोषणा गरेको हो ।
जसमा पाँच अर्ब ६० करोड जति नेपाली रकम विभिन्न परियोजना सञ्चालन गर्न र साढे तीन अर्ब सरकारलाई नगद(बजेटरी) अनुदान उपलब्ध गराउने चीनको घोषणा प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता नै भएको छ । उक्त बजेट नेपाल र चीनले पहिचान गरेका उत्तरी सीमा क्षेत्रका योजनाहरूमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै बजेटरी सहयोग अनुदानका लागि पनि सम्झौता भएको छ । साढे तीन अर्ब रकम नेपाल सरकारले आफ्ना आवश्यकताअनुसार खर्च गर्न सक्ने अर्थ मन्त्रालयले बतायो । जुन नेपालकै सरकारी कोषमा जम्मा हुनेछ ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...