सांगीतिक विरासत फर्काउन पोखरामा शनिबार (भोलि) ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्याती कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिनेछन् । कार्यक्रम संयोजक श्रेष्ठका अनुसार शनिबार कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ) गुञ्जिनेछन् । कार्यक्रम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने उनले बताए ।
व्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोशेढुंगा सावित हुने आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । 'कुनैबेला पोखरा व्याण्डहरुको राजधानी थियो । ९० को दशकमा पोखराका व्याण्डहरुले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,' उनले भने, ‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान बिस्तारै सुस्ताउँदै गयो । तर फेरि एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यहि विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौं ।’
सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,उनले भने,‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नुपनि कार्यक्रमको उद्देश्य हो ।’
कार्यक्रमबारे जानकारी दिँदै आयोजक समूह । तस्बिर : सन्देश श्रेष्ठ/नागरिककार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्नेछन् । गण्डकी प्रज्ञा प्रष्ठिानका उपकुलपती गोरे गुरुङले ब्याक टु नाईन्टिज कार्यक्रममार्फत विश्वको ध्यान फेरी एकपटक पोखरामा तानिने बताए । उनले भने,‘नब्बेको दशकमा हुर्किएको समयसँग आफूलाई फर्काएर पुनः प्रेमी, प्रेमिका, श्रीमान, श्रीमतीसँगको माया प्रगाढ बनाउने अवसर यस कार्यक्रमले सिर्जना गर्नेछ । आफ्नो समयबारे आफ्ना सन्ततीलाई बताउने अवसरपनि यसले सिर्जना गर्नेछ ।’
कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले पोखराको सांगीतिक आकाश फराकिलो बनाउन कार्यक्रमले सघाउने बताए । यसले पर्यटनको राजधानी पोखराको रिब्राण्डिङ गर्ने उनको भनाई छ । पर्यटन भनेको नेचर, कल्चर र एडभेञ्चर हो,उनले भने,‘कल्चरको मुख्य पाटो गीत, संगीत हो । अर्थात गीत, संगीत बिनाको पर्यटन सोंच्नपनि सकिदैन । त्यसैले पोखरा पर्यटनको राजधानी हो भने गीत, संगीतलाई सँगै लैजान जरुरी छ ।’ हरेक बेलुका पर्यटकहरु गीत, संगीतमा झुम्मिने गरेकाले उनीहरुलाई आकर्षित गर्नपनि गीत, संगीतको विकास र प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ ।
कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)को प्रस्तुतीमा हुने कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहकार्य रहेको छ भने पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहेको छ ।
ब्याण्डका भोकलिष्टहरु भन्छन् : कार्यक्रमलाई लिएर हामी उत्साहित छौं
‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमलाई लिएर व्याण्डहरुले आफूहरु उत्साहित रहेको बताएका छन् । ब्याण्डका भोकलिष्टहरुले नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको सांगीतिक विरासत फर्काउन कार्यक्रम कोशेढुंगा सावित हुने बताएका हुन् । कार्यक्रममा बोल्दै कन्दरा व्याण्डका विवेक श्रेष्ठले नब्बेको दशक व्याण्डहरुको स्वर्णिम काल रहेको बताए । उनले भने,‘त्यहि स्वर्णिम काल फर्काउन यो कार्यक्रम कोशेढुंगा सावित हुनेछ ।’ त्यसबेला उदाएका आफूहरु अहिलेपनि निरन्तर कला र संगीतको क्षेत्रमा लागिपरेको उनको भनाई छ । कार्यक्रममा कन्दराले तगारोमा रुमाल राखी, तिमी पारी र लेककी हे माया गीतहरु गुञ्जाउनेछ ।
मध्याह्न व्याण्डका कर्ण दासले कलाकारिताको माध्यमबाट देश र समाजका लागि योगदान दिने प्रयास आज पर्यन्त गरिरहेको बताए । हामी बिचमा अल्मलिएका मात्रै हौं,उनले भने,‘तर कलाकारिता नै छाडेर हिंडेका छैनौं । निरन्तर अहिलेपनि त्यसैका लागि मरिमेटेर लागिरहेका छौं । नब्बेको दशकमा उदाएर कालजयी गीत पस्केको मध्याह्नले शनिबार आफ्नो चर्चित गीतहरु जिन्दगीको के भरोसा र मन मनै मन पराई सकेछु गीत प्रस्तुत गर्नेछ ।
डि–मर्चा व्याण्डका भाष्करध्वज श्रेष्ठले व्याण्डहरुको राजधानीको विरासत फकाएरै छाड्ने बताए । हामी हिजोपनि यसैका लागि लाग्यौं,उनले भने,‘आजपनि गीत, संगीतकै लागि लागिरहेका छौं । हाम्रो जीवन नै यसैका लागि समर्पित भएकाले यसपटक त्यो विरासत फर्काउनेगरी गरिन लागेको कार्यक्रमका लागि हामी तयार छौं ।’ डि–मर्चाले झ्याम्म झ्याम्म, कैलाशैमा, झ्याम्मै चौतारी र तारा खस्यौली गीत प्रस्तुत गर्नेछन् ।
पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष तथा लेकाली व्याण्डका हर्कराज गुरुङ (भाई) र नवीन गुरुङले आफूहरु कार्यक्रममा प्रस्तुती दिन आतुर रहेको बताए । हामी सबै हिसाबबाट तयार छौं, आशा छ हामीलाई सुन्न पोखरेली दर्शकहरुपनि आतुर हुनुहुन्छ ।’ लेकालीले कार्यक्रममा यो मुटुमा, सपनीमा, कहाँबाट र पहिलो नजर गीत गुञ्जाउनेछ ।
ब्रोसिस व्याण्डका प्रकाश रानाले व्याण्डका अन्य सदस्य नहुँदा नया सिर्जनामा कमी आएपनि आफूले संगीत सिर्जना नछाडेको बताए । यो कार्यक्रमले हामीलाई उत्साह भर्नेछ,उनले भने,‘र नया गीत सिर्जनामा लाग्न थप बल पुग्नेछ ।’ ब्रोसिसका गीतहरु श्शनिबार चाईना कम्पनी र जादू तिम्रो नजरले गुञ्जनेछन् ।
देउराली व्याण्डका शान्तराज बज्राचार्यले नया पुस्तालाई आकर्षित गर्नपनि यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने,‘पुराना हामी अगाडि बढ्यौं भने अहिलेका नया पुस्तापनि आकर्षित हुन्छन् । त्यसका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुनेछ ।’ कार्यक्रममा देउरालीले ढुंगा साँघुको मेलामा, लुकीचोरी र सररर हावा गीतहरु प्रस्तुत गर्नेछ ।
भेगाबोण्ड व्याण्डका श्यामसुङ तामाङले व्याण्डहरुमा पुर्नजागरण ल्याउन कार्यक्रम सफल हुने बताए । विरासत फर्काउने कुरा चानचुने कुरा होईन,उनले भने,‘यसले पर्यटन प्रवद्र्धनमापनि भूमिका खेल्छ ।’ भेगाबोण्डले यो जिन्दगानी र उकाली चढी गीतहरु प्रस्तुत गर्नेछ ।
ब्यान्डहरूको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा साङ्गीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यही माघ २६ गते शनिवार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल ७ वटा ब्यान्डहरूले प्रस्तुति दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव तथा सो कार्यक्रमका संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली व्याण्ड (नवीन गुरुङ र भाइ गुरुङ), देउराली व्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)को प्रस्तुति रहनेछ ।
ब्यान्डहरूको राजधानी पोखराको विरासत फर्काउने गरी कार्यक्रम गर्न लागिएको आयोजक पोखरा साङ्गीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाइ)ले बताए । कुनै बेला पोखरा ब्यान्डहरूको राजधानी थियो । ९० को दशकमा पोखराका ब्यान्डहरूले देश, विदेशमा आफ्नो कला र सङ्गीतमार्फत ध्यान तानेको थियो,उनले भने,‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान बिस्तारै सुस्ताउँदै गयो । तर फेरी एक पटक जुरमुराउने बेला आएको अनुभूति भएपछि त्यही विरासत फर्काउनका लागि यो कार्यक्रम गर्न लागेका हौँ ।’ उनले सङ्गीतमार्फत विश्वको ध्यान फेरी एक पटक पोखरामा तान्न कार्यक्रम कोशेढुंगा साबित हुने उनको विश्वास छ ।
सुसुप्त अवस्थामा रहेका पुराना साङ्गीतिक ब्यान्डहरूको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई सङ्गीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिए पनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,उनले भने,‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, सङ्गीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, गीत, सङ्गीतमार्फत निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुर्व्यसनबाट जोगिन युवालाई सङ्गीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नु पनि कार्यक्रमको उद्देश्य हो ।’
कार्यक्रममा सहभागीले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने संघका निवर्तमान अध्यक्ष सुनिल थापाले बताए । उनले भने,‘जसले परिवारसँगको माया थप प्रगाढ बनाउन तथा आफ्नो सन्ततिलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्नेछ ।’
कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन भएर तयारी सुरु भइसकेको कार्यक्रमका प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...