आमा र त्यो निलो स्वेटर
०९ फागुन २०८१
•
४ मिनेट पाठ
आमा र त्यो निलो स्वेटर
त्यसबेला म कक्षा आठमा पढ्थेँ। स्कूलको ड्रेस सेतो सर्ट, निलो फ्रक सेतो जुत्ता सेतै मोजा लगाउनुपर्थ्यो। म कक्षा आठसम्म घर नजिकैको स्कूलमा पढेर आठ कक्षादेखि नयाँ स्कुल पढ्न थालेकाले स्कूलले विद्यार्थीका लागि तय गरेको नियमसँग म अपरिचित नै थिएं। स्कूलले पनि खासै जानकारी गराएको थिएन।




पुसको महिना थियो। म सेतो सर्ट, निलो फ्रक, सेतो जुत्तामा सेतै मोजा र हरियो स्वेटर लगाएर स्कुल गएँ। स्वेटरबाहेकका लुगा मैले आफ्नै लगाएँ पनि स्वेटरचाहिँ हामी दाजुहरू र म पालैपालो लगाउँथ्यौँ भनौं साझेजस्तो थियो त्यो वस्तु हाम्रा लागि। दुस्खको तराजुले हामीलाई यसरी बरोबर गरिबी बाँड्न सिकाएको थियो।

हाम्रो घरबाट विद्यालय पुग्न लगभग अढाई घण्टा लाग्थ्यो। बिहानभर घरको काम सकेर राम्रोसँग भर्सिनसमेत नपाएको तातातो भातको गाँस टिपेर स्कुल पुग्दा एसेम्ब्ली (बिहानको प्रार्थना) को समय पनि दस बार्ह मिनेट अबेर भैसकेको थियो।

मलाई सजिलै भयो किताबको झोला राख्न कक्षाकोठामा नपुगी साथीहरू बसेको लाइनमा सबभन्दा पछिल्तिर बसेर गाउँछ गीत नेपाली भन्ने गीतमा स्वर मिलाउँदै थिएँ। हेडसर लाइन चेक गर्दै हाम्रो छेउछाउ घुम्दै हुनुहुन्थ्यो। हामी खुब अनुशासित भएर आफ्नो काम गरिरह्यौँ।

एक्कासि पछाडिबाट कसैले काँचो छ्डीले जोडसँग मेरो ढाडमा हिर्कायो। म सहन नसकेर रुन थालें आवाज आउने गरी रुँदा साथीहरूले गिज्याउँछन् ठानेर आवाज रोक्दै घुँक्कघुँक्क रुन थालें। लगातार ३/४ छडी हानिसक्दा पनि मैले पछाडि फर्केर मलाई कुटपिट गर्ने पात्र हेर्न सकिनँ। ञहरियो स्वेटर यो स्कूलको ड्रेस होरु यही हो अनुशासन,रुझ यस्ता वाक्यहरुले गाली गर्दै अगाडि आएपछिमात्र मैले छडी हान्ने पात्र हेडसर नै भएको थाहा पाएँ।

कक्षाकोठामा पुगेपछि म दिनभर बसेर पढ्न नसक्ने भएँ। पछाडि ढाडभन्दा तल्लो भागमा बेस्सरी सुम्ला उठेको थियो। त्यसले गर्दा मलाई बेन्चमा बस्न कठिन भयो। एकछिन त छड्के भएर बसें तर ज्वरो आए जस्तो भएर मलाई धेरै गाह्राे भएको थियो। मेरो पीडा मैले कुनै साथीहरूलाई सुनाउन सकिन। आफैंभित्र आँसु लुकाएर ज्यादै कठिनले मैले चार घण्टी बिताएँ। टिफिन समय भएपछि सबै साथी खेल्न गए म घरतिर हिंडे। बाटोभरि बस्दै थकाइ मार्दै अबेर घर पुगें।

केटाकेटीले गरेको बिगार र गाइवस्तुले फुकेर खाएको बाली यी दुवै विषयमा विवाद गर्नु हुन्न भन्ने आमाको मान्यता थियो। आमालाई सबै कुरा नसुनाउने निर्णय मेरो अन्तिम निर्णय थियो।त्यसकारण पनि मैले स्कूलमा भएको घट्ना घरमा आमाबुबालाई सुनाउन सकिन।

एउटा कारण त बदमासी गरेर कुटाइ खाएको शंका गर्नुहोला भन्ने लाग्यो।अर्को महत्त्वपूर्ण कारणचाहिँ मैले निलो स्वेटर नलगाएको कारण पिटाइ खाँदा आमालाई अर्को अभावको सिरेटोले चिल्ला जस्तो लाग्यो। उहाँलाई नराम्रो लाग्ला भन्ने लाग्यो। त्यसबेला हाम्रो पारिवारको आर्थिक अवस्था खासै राम्रो थिएन। निलो स्वेटर किनी मागेर भोलिबाटै पूर्णतः ड्रेस लगाएर स्कुल जाने अवस्था सम्भव नहोला र यो कुराले आमालाई हीनताबोध होला भनेर बरु दुखाइ सहेर चुपचाप बसें। बरु एक वर्ष पढाइ छोड्ने सोच बनाएँ।

बिहीवारको दिन थियो। हाम्रो ठाउँमा एक दिन मात्र बजार लाग्थ्यो बुधबार, त्यो पनि अब एक हप्ता कुर्नुपर्थ्यो। अर्को कुरा आमासँग पैसाको खाँचो होला भन्ने लाग्यो। एकातिर दुखाइको पीडा सहन नसक्ने हुन्थ्यो अर्कोतिर अभावको उच्छवासले छिनछिनमा सास रोकिए जस्तो हुन्थ्यो। सबै उकुसमुकुस कसरी मभित्र अटाउन सके अहिले पनि सम्झिंदा असजिलो हुन्छ।

साँझ दाजुहरूसँग भकुण्डो खेल्न मेरो छिमेकी साथी आएछ। उ र म एउटै कक्षामा पढ्थ्यौं। साथीले दिउँसोको घटनाको सम्पूर्ण फेहरिस्त दाजुहरूलाई सुनाएछ। घटनाको आकार चुरोटको धुवाँझैँ फैलिएर आमासम्म पुगेछ। आमाले घाउको सुम्ला हेर्न भन्नुभयो। मैले घाउ र खास दुखाइ छैन भनेर टारिदिएँ। हुन पनि पछाडिपट्टि देखाउन नमिल्ने ठाउँमा थिए सुम्लाहरू मलाई लाज लाग्यो बरु दुखेको छैन भनेर टारिदिएँ।

अब आमालाई मेरा लागि निलो स्वेटरको कथाले घुमाइरहेको थियो। भनेको समयमा पैसा नहुनु, पैसा भए पनि किन्ने ठाउँ नपाउनु,स्वेटरबिना छोरीको स्कुल जाने बाटो बन्द हुनु।आमाको अभावको असिनाले हिर्काएको अनुहार म प्रष्ट देख्थें। एकमनले त सोच्थें, ‘पढाइ छोडिदिऊँ।’ फेरि अर्को मनले भन्थ्यो, ‘पढ्ने उमेरमा पढ्नुपर्छ।’

बेलुकी खाना खाएर सबै जनाको सुत्ने तर्खर भयो। आमा तलामाथि पसेर खत्र्याङखुत्रुङ गर्दै केही खोज्दै हुनुहुन्थ्यो। एकातिर दुखाइ एकातिर चिन्ता म भुसुक्कै निदाएछु। रातितिर आमाले संगिनी गाएको आवाज घरीघरी सुन्थें फेरि कोल्टे फेरेर निदाउँथें।

बिहान हामी उठ्दा आमाले निलो कलरको आधा स्वेटर बुनिसकेको देखेर म छक्क परें। बाकसमा एउटा पुरानो लामो न लामो स्वीटर थियो। आमाले त्यही स्वेटर उधारेर धागो निकाल्नुभएछ र अर्को बुन्नुभएछ। त्यस दिन खाना ठुलोबुबाले बनाउनुभयो। आमा बिहानैदेखि दिनभर रातभर बुनिरहनुभयो। शनिबार बिहानसम्म आमाले चिटिक्क परेको निलो स्वेटर बुनेर सकेपछि मलाई लगाइदिनुभयो। ञअब भोलिदेखि ढुक्क भयो। निलो स्वेटरकै कारण कुटाइ खानु पर्दैन। त्यसबेलासम्म आमाको अनुहार उदाउँदै गरेको सूर्यजस्तो उज्यालो भएर खुलिसकेको देखिन्थ्यो।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस