महाशिवरात्रिको अवसर पारेर चार चलचित्रको छायांकन एकसाथ सुरु
१४ फागुन २०८१
•
४ मिनेट पाठ
महाशिवरात्रिको अवसर पारेर चार चलचित्रको छायांकन एकसाथ सुरु
महाशिवरात्रिको अवसर पारेर बुधबार एकसाथ चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगतमा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन ती चलचित्रको छायाङ्कन सुरु गरिएको निर्माण पक्षको दाबी छ  । फिल्म निर्माता तथा निर्देशकका अनुसार  ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायाङ्कन सुरु भएको हो।




अभिनेता बुद्धि तामाङ निर्माता रहेको चलचित्र ‘कुस्ती’को छायाङ्कन काठमाडौँमा सुरु भएको छ । कलाकार धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरु गरिएको अभिनेता तामाङले जानकारी दिए ।

“हामीले फागुनदेखि छायाङ्कन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौँ । कलाकारितामा सङ्गालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु । यही पेसाले परिचय दिएकाले मैले नाटकपछि चलचित्र निर्माणमा पनि हात हालेको हुँ । राम्रो समूह र मन पर्ने कथा पाएकाले योजनाभन्दा अगाडि नै निर्माता बन्दैछु”, अभिनेता तामाङले भने।

आ–आफ्नो स्वभावले एकैसाथ रहन कठिनाइको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’मा देख्न पाइने चलचित्रका लेखक तथा निर्देशक अनिल योञ्जन बताउँछन् । उनका अनुसार चलचित्रमा सहरको कथा भएकाले काठमाडौँ आसपासमा ४५ दिन छायाङ्कन गरिने छ ।

चलचित्रमा अभिनेता धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारको अभिनय रहनेछ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा उमङ्ग शाहीले छायाङ्कन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहले सङ्गीत सृजना, शिशिर खातीले नृत्य निर्देशन गर्नेछन् ।

बिहीबार नै मुहुर्त गरिएको चलचित्र ‘हर्ष’ को छायाङ्कन आउँदो सातादेखि चितवनमा हुने निर्देशक एकता पौडेलले जानकारी दिइन् । न्युयोर्क फिल्म एकेडेमीबाट चलचित्रसम्बन्धी अध्ययन गरेर चलचित्र निर्माण थालेकी निर्देशक पौडेलले ३५ दिनको तालिका बनाएर छायाङ्कन सुरु गरिने बताइन् । 

“आफूले पढेको र सिकेको अनुभवलाई प्रयोग गरेर निर्देशन गर्दैछु । मैले तयार गरेको पटकथालाई पूर्ण रूपमा पर्दामा ल्याउन कोसिस गर्नेछु”, निर्देशक पौडेलले भनिन् । यस चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्नेछन् ।

‘माग्ने बुढो’को उपनामले परिचित कलाकार केदार घिमिरेको शीर्ष भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को मुहुर्त गर्दै आजदेखि नै काभ्रेबाट छायाङ्कन सुरु गरिएको छ । काभ्रेमा १० दिन र बाँकी छायाङ्कन काठमाडौँमा गरिने लेखक समीप्याराज तिमल्सेनाले जानकारी दिए । 

उनले भने, “एउटा निम्नस्तरको व्यक्तिको धनी बन्ने मोहलाई विषय बनाइएको चलचित्र सामाजिक विभेदसँगै विकृतिलाई व्यङ्ग्य गर्छ । यो पूर्ण रूपमा मनोरञ्जनले भरिपूर्ण चलचित्र बन्नेछ तर यसले उठान गरेको विषय गम्भीर र सोचनीय छ भन्ने हामीलाई लागेको छ ।” चलचित्रमा घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देललगायत कलाकारको अभिनय रहनेछ । ऋषि लामिछानेको निर्देशनमा तयार भइरहेको ‘माग्ने राजा’ चलचित्र आगामी वर्षको तीजमा प्रदर्शन हुने कलाकार घिमिरेले बताए । 

किशोर अनुरागको निर्माण र ‘पूर्णबहादुरको सारङ्गी’का सरोज पौडेलको निर्देशनमा ‘कोशेढुङ्गा’ को  पनि आज छायाङ्कन सुरु भएको छ । किशोर अनुराग र प्रेविल कँडेलले निर्माण गर्ने सो चलचित्रको कार्यकारी निर्माताको भूमिकामा दिनेश खड्का छन् । चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा आज च्यासलस्थित सेटमा मुहूर्त सटसँगै सो चलचित्रको छायाङ्कन सुरु भएको निर्माता अनुरागले बताए । 

करिब एक हप्ता काठमाडौँमा छायाङ्कन गरेपछि चलचित्रको बाँकी काम स्याङ्जामा हुनेछ ।  निर्देशक पौडेलका अनुसार चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईँ, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतले अभिनय गर्नेछन् । चलचित्रमा निर्माता अनुरागले ‘क्रिएटिभ डाइरेक्टर’को भूमिकासमेत निर्वाह गर्ने बताइएको छ । “दर्शकको अपेक्षा बढेको मैले महसुस गरेको छ, सोहीअनुसार विषयवस्तु तयार गरेको छु । दर्शकको मन छुने चलचित्र तयार गर्न कुनै सम्झौता गर्ने छैन”, निर्देशक पौडेलले भने । 

महिला प्रधान रहने यस चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहने छ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको उक्त चलचित्रमा बाबु श्रेष्ठको ‘डिओपी’ र सुरेन्द्र पौडेलको सम्पादन रहने छ । रिदम कँडेल र आशिष अविरलको सङ्गीत रहने  सो चलचित्रमा ‘कास्टिङ डिरेक्टर’ को भूमिका सुवलमणि सापकोटाको हुनेछ । 
अर्को समाचार
अभिव्यक्ति दिँदा असुरक्षित सुरक्षा!
१५ वैशाख २०८२
•
४ मिनेट पाठ
अभिव्यक्ति दिँदा असुरक्षित सुरक्षा!
केही दिनदेखि नायिका सुरक्षा पन्तमाथि सामाजिक सञ्जालमा गालीगलौजसहित अभद्र आक्रमण भइरहेको छ। टेलिभिजनको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिका कारण राजावादीको एउटा समूह उनीमाथि खनिएको छ।




सुरक्षालाई सहानुभूति दिन पनि केही सुभेच्छुकहरू सक्रिय छन्। जसले सुरक्षाले ठूलै अपराध गरे जसरी उनीमाथि खनिएको उग्र राजावादी समूह र उनका सुभेच्छुकहरूबिचको विवादले अहिले सामाजिक सञ्जाल गर्माएको छ।

एउटा अभिव्यक्तिकै कारण नायिकाले यसरी मानिसक रूपमा यातना भोग्नु अति नै लज्जास्पद विषय हो। संविधानले नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक प्राप्त एक नागरिकले आफ्ना विचार व्यक्त गर्दा यसरी यातना भोग्नुपर्ने अवस्था आउनु कहालीलाग्दो अवस्था हो। उनमाथि सामाजिक सञ्जालमा भइरहेका प्रहारले उनको निजी जीवनमा समेत नराम्रो प्रभाव पारेको देखिन्छ।  

सुरक्षालाई मात्र होइन, उनलाई समर्थन गरेकै भरमा अर्की नायिका ऋचा शर्मामाथि पनि राजावादी समूह खनिएको थियो।  

‘हिजोआज केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौ, त्यो सधैं उनीहरूको पक्षमा हुनुपर्छ,’ ऋचाले लेखेकी थिइन, ‘तर म तिमीलाई सम्झाउन चाहन्छु तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठीक कुरा हो। तिमी आफ्नो आवाज हो, अरूको प्रतिध्वनि होइनौँ।’  

कसैलाई मन नपर्ने कुरा भन्नु सर्वथा गलत नहुने उनले उल्लेख गरेकी छन्। ‘जो तिमीलाई सधैं आफू अनुकूल बोलोस भन्ने सोच्छन्, उनीहरूलाई बुझ्न जरुरी छ विचार राख्नु अभिमान होइन, चेतनाको संकेत हो। साँचो बोल्न गाह्रो हुन्छ। किनकि साँचोले ढोंगलाई नङ्ग्याउँछ, आडम्बरलाई तोड्छ र ‘सब ठीक छ’ भन्ने भ्रमलाई चर्काउँछ,’ ऋचाले अगाडि लेखेकी छन्।  

‘तिमीले त्यसरी साँचो बोल्दा कतिलाई रिस उठ्छ, कतिलाई अप्ठ्यारो लाग्छ। तर त्यो रिस र त्यो अप्ठ्यारो उनीहरूको कमजोरी हो, तिम्रो हैन,’ भन्दै ऋचाले सुरक्षालाई सन्त्वना दिएकी छन्।

ऋचाले यत्ति लेखेपछि उनीमाथि पनि सामाजिक सञ्जाल र व्यक्तिगत रूपमै अभद्र तथा अश्लील टिप्पणी गरिरहेको छ। गाली गर्ने धेरै मध्ये केहीले मात्र माफी मागेका छन्। आफूले प्रयोग गरेका तुच्क्ष शब्दलाई फिर्ता लिँदै केहीले माफी मागेको रिचाले सामाजिक सञ्जालमार्फत बताएकी हुन्।  

सुरक्षाले के भनेकी थिइन् ?

झण्डै एक साताअघि रजतपट अनलाइट टिभी नामक युट्युब च्यानलमा प्रसारित हुने ‘द प्रकाश सुवेदी शो’मा कार्यक्रम प्रस्तोताले सुरक्षालाई पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रको तस्बिर देखाउँदै ‘भविष्यमा उहाँलाई कुन रूपमा हेर्न चाहनुहुन्छ?’ भन्दै प्रश्न सोधेका थिए।  

सुरक्षाले प्रश्नको जवाफ दिँदै ‘लुक्स राम्रो छ। अभिनय पनि सक्नुहुन्छ होला। कुनै आर्टतिर लाग्नुभयो भने दामी हुन्छ। सिनेमा क्षेत्रमा स्वागत छ उहाँलाई’ भनेकी थिइन्।  

प्रश्नकर्ता सुवेदीले थप्दै भने, ‘कहीँ कतै उहाँलाई राजा बनाए हुन्छ भन्नेसम्मको अभिव्यक्ति मैले कतै पढेको छु।’

जवाफमा सुरक्षाले ‘राजा बनाउने भन्ने कुरा कहाँ, हामीले स्वीकारेकै छैनौं। त्यो त भन्न सकिन्नँ’ भनेकी थिइन्।

सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर पनि देखाएका थिए। सुरक्षाले पनि शाहको तस्बिर हेर्दै सरल तरिकाले आफ्नो विचार व्यक्त गरेकी थिइन्। विचार राख्दै गर्दा सुरक्षाले पूर्वराजा शाह देशको सामान्य नागरिक भएको बताएकी थिइन् भने जनतालाई सचेत भनेकी थिइन्।

प्रश्नकर्ताले फेरि ‘राजा कि गणतन्त्र?’ भनेर सोधेका थिए। उक्त प्रश्नमा सुरक्षाले गणतन्त्रमा भइरहेको प्रणालीलाई नै अझ राम्रो बनाउनुपर्ने बताएकी थिइन्। यही अभिव्यक्तिलाई लिएर अहिले सुरक्षामाथि सामाजिक सञ्जालमा राजावादीहरूले असभ्य र निकृष्ट शब्द प्रयोग गरेर आक्रमण गरिरहेका हुन्।

सुरक्षालाई गालीगलौज गरिरहँदा राजावादीहरूको समूहले गत शुक्रबारबाट प्रदर्शनमा आएको उनी अभिनित चलचित्र ‘खेल’लाई समेत बहिष्कार गरेका छन्। यो समूहले चलचित्र प्रदर्शनमा आउनु अघि नै चलचित्रलाई बहिष्कार गर्नुपर्छ भन्ने अराजक अभियान सामाजिक सञ्जालमा चलाएका स्पष्ट रूपमा देख्न सकिन्छ। उनीसहित चलचित्रका अन्य टीम पनि यसको असरबाट अछुतो हुन सकेका छैनन्।

अभिव्यक्ति दिएकै कारण एउटा अराजक समूहबाट आलोचना र घृणाको सिकार हुनेमा सुरक्षा र रिचा मात्र होइनन् यसअघि राजनीतिक विचार राखेकै कारण प्रकाश सपुतदेखि मह जोडीका रूपमा प्रख्यात हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि यस्तै आलोचना र घृणाको सिकार भइसकेका छन्।

यी घटनाले नेपाल समाज कतिसम्म अराजक र घृणीत मानसिकताबाट ग्रसित छन् भनेर बुझ्न धेरै समय लाग्दैन।

लोकतन्त्रको यो व्यवस्थामा एउटा स्वतन्त्र व्यक्तिले आफ्नो विचार स्वतन्त्र रूपमा राख्दा यस्ता दूषित मानसिकता भएका झुण्डहरूको नजरमा तारो कहिलेसम्म बनिरहने? सामाजिक सञ्जालबाट प्रहार हुने घृणीत र अश्लील शब्दले मानसिक यातना भोग्नुपर्ने अवस्था कहिलेसम्म? 
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस