९० को दशकमा बलिउड अभिनेता गोविन्दा फिल्म उद्योगमा चर्चित थिए। त्यतिबेला उनी सह-कलाकारहरूसँगको सम्बन्धका कारण चर्चामा आउँथे।
सुनिता आहुजासँग विवाह गरेको केही वर्ष भइसके पनि गोविन्दाले सह-कलाकारहरूप्रति आफ्नो भावना स्पष्टसँग व्यक्त गर्थे। सन् १९९० को एक अन्तर्वार्तामा उनले आफ्नो कुण्डलीमा दोस्रो विवाहको योग रहेको बताए। उनी त्यतिमा मात्र रोकिएनन्, सुनिता तयार भए आफू सम्बन्धमा परेकी केटीसँग विवाह गर्न सक्ने कुरा पनि जोडे।
स्टारडस्टसँगको कुराकानीमा गोविन्दाले सह-कलाकार नीलमप्रति आफ्नो प्रेम व्यक्त गरेका थिए। उनले सुनितासँग वचनका कारण मात्र विवाह गरेको, प्रेमले नभई प्रतिबद्धताले बाँधिएको भने। उनले भनेका थिए, ‘भोलि म फेरि सम्बन्धमा पर्न सक्छु र त्यही केटीसँग विवाह गर्न सक्छु, तर सुनिता त्यसका लागि तयार हुनुपर्छ। मेरो कुण्डलीमा दोस्रो विवाहको योग छ।’
उनले त्यो समयमा १७ वर्षकी दिव्या भारतीलाई कामुक भन्दै प्रशंसा गरे। त्यतिबेला सुपरस्टार बन्दै गरेकी दिव्याबारे उनले भने, ‘म भाग्यमा विश्वास गर्छु। मलाई जुही र दिव्या दुवै मन पर्छ। दिव्याको आकर्षणको प्रतिरोध गर्न गाह्रो छ। सुनिता यो कुराले रिसाउँछिन्, तर म अहिलेसम्म प्रलोभनमा परेको छैन।’
पछिल्लो समयमा सुनिता र गोविन्दाको वैवाहिक जीवन चर्चामा रहेको छ। ३७ वर्ष वैवाहिक जीवनमा उनीहरूका छोरी टीना र छोरा यशवर्धन गरी दुई सन्तान छन्। हालै सम्बन्धविच्छेदको हल्ला चले पनि गोविन्दाका वकिलका अनुसार सुनिताले ६ महिनाअघि सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन्, तर अहिले उनीहरू फेरि मिलेका छन्।