के ‘जेन–जी’ लाई नेपाली भन्दा बढि अङ्ग्रेजी भाषा मन पर्छ ?
१७ फागुन २०८१
•
४ मिनेट पाठ
के ‘जेन–जी’ लाई नेपाली भन्दा बढि अङ्ग्रेजी भाषा मन पर्छ ?
आरोप के छ भने अहिलेका नेपाली जेन–जीले नेपाली पुस्तक पढ्दैनन् र नेपाली भाषा, पुस्तक प्रति उनीहरूको मोह छैन। हुन पनि विद्यालय तहबाट उनीहरुलाई नेपाली होइन, अङ्ग्रेजी भाषामा लगाव लाग्ने गरी शिक्षा प्रदान गरिन्छ। विद्यालयमा नेपाली भाषा बोले मात्रै जरिवाना स्वरुप जरिवाना तिनुपर्ने बाध्यतामा उनीहरु छन्। त्यसैले भाषागत त्रुटि हुनु जेन–जीका लागि कुनै नौलो विषय होइन।

‘खासमा मैले नेपाली भाषाको पुस्तक पढेकै छैन, हाम्रो हुर्काई त्यही संस्कारमा भयो, विद्यालयमा नेपाली बोलेको भेटियो भने १ सय रुपैयाँ जरिवाना स्वरुप तिर्नुपर्थ्यो, अङ्ग्रेजीलाई प्राथमिकतामा राखिसकेपछि हामीले त्यही सिक्यिौं,’ पोखरामा जारी १२ औँ एनसेल फाउन्डेसन लिटरेचर फेस्टिभलमा वक्ताका रुपमा रहेका रिन्चेन तामाङ भन्छन्, ‘त्यसैले होला, म आफैं नेपाली साहित्यसँग त्यति नजिक हुन सकिन, हालसालको कुरा गर्ने हो भने नारायण ढकालको पुस्तक पढ्दैछु, अब बानी पर्दै जान्छ कि जस्तो लाग्छ।’

रिन्चेन आदिवासी जनजातिको समुदायबाट प्रतिनिधित्व गर्छन्। तर उनलाई आफ्नै समुदायको विषयमा कुनै जानकारी छैन। नेपाली पुस्तक कम पढ्ने उनलाई यो समुदायको पुस्तक छैन होला जस्तो लाग्छ।

‘आफ्नै समुदायको विषयमा जानकारी भएपनि अन्य आदिवासी समुदायको विषयमा भने जानकारी छैन।’ उनी भन्छन्, ‘बल्ल त नेपाली पुस्तक पढ्ने बानी बसाल्दै छु, अब आफ्नो समुदायको विषयमा पनि खोजी गर्ने कोसिस गर्ने छु।’ आफूहरू इन्टरनेटसंगै जन्मिएर हुर्किएकाले पनि यसमा समस्या भएको हुनसक्ने रिन्चेन बुझ्छन् आजभोलि।

आइतबारसम्म जारी रहने फेस्टिभलका क्रममा शनिबार ‘के पढ्दै छ जेन जी ?’ शीर्षकको सेसनमा अहिलेको जेन–जी पुस्ताका अभिनय चौहान, ऊर्जा आचार्य, रिन्चेन तामाङ र त्रिवेणी वक्ताका रुपमा सहभागी बने भने सहजकर्ताका रुपमा सन्तोष परियार। जेन–जीलाई के कस्ता पुस्तकमा रुचि छ भन्ने विषयमा गहन छलफल पनि भयो यो सेसनमा। यही पुस्तालाई प्रतिनिधित्व गर्नेमध्ये त्रिवेणी एक हुन्। अलि अगाडिका पुस्ता जेन–जी पुस्तालाई अराजक, नैतिकता नभएको र भल्गर छन् भनेको उनलाई खासै मन नपर्ने रहेछ।

‘हामी अराजक होइन, सोच्न सक्छौँ।’ त्रिवेणी भन्छन्, ‘उहाँहरुलाई हामी भल्गर, नैतिकताविहीन र अराजक लाग्छ भने त्यसमा हामीभन्दा पहिलेका पुस्ताको केही गल्ती छ, किनभने हामीले क्रान्ति चाहेका थियौं, त्यो हुन सकेन।’

उनलाई लाग्छ पढ्ने भनेको यत्तिकै हुँदैन, वातावरण हुनुपर्छ हरेक व्यक्तिका लागि। तर नेपालमा कतै पढ्ने वातावरण नभएको उनले प्रत्यक्ष अनुभव गरेका छन्।

उनले यसमा आफैंले गरेको अनुभव सुनाए। एकदिन उनी कुनै विश्वविद्यालयको पुस्तकालयमा गएछन्। त्यहाँ इतिहासका कुरा देखेर पढ्न थाले। ‘मलाई नेपालमा यस्तो इतिहासको विषयमा लेखिएका पुस्तक पाइँदैन होला भन्ने लागेर पढेको थिएँ, पढ्दापढ्दै राति ११, ११ः३० बजिसकेछ, पछि मलाई सोही विश्वविद्यालयको गाडीले म बस्ने स्थानसम्म पुर्‍याइदियो।’ उनी भन्छन्, ‘नेपालमा यस्तो तपाईँले कतै देख्नुभएको छ ? सायद पढ्ने यस्ता वातावरण भएको भए हाम्रो पुस्ताले नेपाली पुस्तक पढ्नमा जोड दिन्थे कि ?’

यता ऊर्जा आचार्यको समेत त्रिवेणीको भन्दा फरक सोचाइ छैन। पढ्ने वातावरण नहुनु एउटा कारण हो भने, जेन–जी पुस्ता पुस्ताले चाहेको जस्तो पुस्तक पाउन गाह्रो छ। उनीहरूको रुचि र चाहनालाई बुझ्न नसक्दा अहिलेका पुस्ताले नेपाली पुस्तक अध्ययन नगर्ने उनले बुझेकी छिन्।

ऊर्जा आफैंले कमै नेपाली पुस्तक पढ्छिन्, त्यसमध्ये कुमार नगरकोटी उनको रोजाइमा पर्छन्। इतिहास भन्ने विषय जसले विजयी हासिल गरेको छ, उसैको मात्र लेख्न गरिन्छ। जेन–जीलाई भने इतिहासको विषयमा कम रुचि भएको उनले बताइन्। एउटा त इन्टरनेट र प्रविसिंगै जन्मिएका पुस्ता भएको र अर्को इतिहास पूर्ण रुपमा नपढाइने भएकाले समस्या हुने उनले बताइन्।

जेन–जीको पुस्तालाई दुख लाग्ने खालको पुस्तकभन्दा अलि रमाइलो र मनोरञ्जन प्रदान गर्ने खालका पुस्तक मन पर्ने उनले बताइन्। आफूहरूलाई लाग्ने नेपाली भाषाको विषयमा जानकारी नभएको आरोप गलत भएको उनको बुझाई छ। ‘हाम्रो पुस्ताले अङ्ग्रेजी भाषलाई बढी प्राथमिकता दिएको साँचो हो। तर हामी पनि नेपाली भाषालाई माया गर्छौं।’ सेसनमा उनले भन्छिन्।

पढाई भनेको किताबको शब्द मात्रै पढ्ने होइन, सिकाई पनि हो। अहिले किताबका रुपमा इन्टरनेटमा पनि आवाजका रुपमा किताब उपलब्ध छन्। त्यसैले होला अभिनय चौहान जसले जेन–जी पुस्ताको प्रतिनिधित्व गर्छन्, उनलाई पनि लाग्छ, यो पुस्ताले इन्टरनेटको माध्यमबाट बढी जानकारी पाइरहेका छन्।

‘नयाँ कुरा सिक्न सकिएन भने जीवनको मूल्य हुँदैन, सिक्नु पर्छ, चाहे त्यो पुस्तकबाट होस् या इन्टरनेटबाट।’ उनी भन्छन्।

धेरैको गुनासो जेन–जी सोच्दैनन्, र इतिहासको पुस्तकमा पूर्ण जानकारी राख्दैनन्। यो पुस्तालाई भने यो आरोप गलत लाग्छ। ‘उदाहरणका लागि सगरमाथा नेपालको मात्रै होइन भन्यो भने हामी सबै रिसाउँछौँ। तर यो सत्य हो, यसलाई नेपाल र चीन दुवैले प्रयोग गर्छन्।’

चौहान भन्छन्, ‘हामीलाई पहिलेका पुस्ताले अलि भावुक र भावनामा डुब्ने बनाए कि भन्ने पनि लाग्छ।’ पछिल्लो समय नकारात्मकतातर्फ समाज उन्मुख रहेको र जेन–जी पुस्ता त्यसबाट अछुतो रहन नसकेको उनले बताए।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
११ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस