पोखरामा साहित्य महोत्सव : साहित्यिक कम, गैरसाहित्यिक बढी
२० फागुन २०८१
•
५ मिनेट पाठ
पोखरामा साहित्य महोत्सव : साहित्यिक कम, गैरसाहित्यिक बढी
पोखरामा हालै सम्पन्न नेपाल साहित्य महोत्सव (नेपाल लिटरेचर फेस्टिभल) को चर्चा–परिचर्चा सर्वत्र छ। फेवाताल किनार वाराहीघाटमा चार दिनसम्म आयोजित महोत्सवमा विभिन्न शीर्षकमा गर्मागर्मी बहस भए। बहसमा आर्थिक, सामाजिक, राजनीतिकसँगै साहित्यिक विषयवस्तु समेटिएका थिए।




तर साहित्य महोत्सवमा साहित्य कम राजनीतिक, आर्थिक बहस बढी भएको चर्चा चुलिएको छ। यसले गर्दा साहित्य महोत्सवमाथि नै प्रश्न उठेका छन्। खास गरेर साहित्य महोत्सव साहित्यिक बहसमा केन्द्रित हुनुपर्थ्यो, महोत्सवको उद्देश्य नै त्यही नै बताइएको थियो। 

साहित्य यस्तो विधा हो, जसलाई समाजको ऐना भनिन्छ। त्यसैले त भन्ने गरिन्छ ‘जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि।’ साहित्यले समय र समाज बोल्नुपर्छ। यसले समाजलाई कता लैजाने भन्ने दिशानिर्देश मात्र होइन, भाषा, संस्कृति र भेषभुषाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा पनि भूमिका निर्वाह गर्न सक्नुपर्छ। त्यसैले साहित्य महोत्सवमा साहित्यको महत्व र यसले पुर्‍याएको योगदानको चर्चा गरिनुपर्थ्यो। शिक्षा र मनोरञ्जनका हिसाबले अहिलेका साहित्य कस्ता छन्? कस्तो हुनुपर्थ्यो? र आगामी दिनमा साहित्यिक विधा कता मोडिनुपर्छ भन्नेबारेमा गर्मागर्मी
बहस हुनुपर्थ्यो।

संघीयतामा साहित्यको योगदान कति छ र हुनुपर्छ? संघ, प्रदेश र स्थानीय तहका सरकारको साहित्यमा योगदानचाहिँ कति छ भन्नेबारेमा बहस हुनुपर्थ्यो। त्यसका लागि सम्बन्धित पक्षलाई राखेर खबरदारी गरिनुपर्थ्यो र आगामी दिनमा त्यसमा योगदान गर्नका लागि जवाफदेही बनाइनुपर्थ्यो। त्यति मात्र होइन, साहित्यको विकास, विस्तार र उन्नयनका लागि भइरहेका प्रयास र गर्नुपर्ने कामका बारेमा लेखाजोखा हुनुपर्थ्यो।

महोत्सवमा कुल ५० वटा बहस भए। त्यसमा केवल १६ वटा मात्र साहित्यसँग सम्बन्धित छन्। अन्य ३४ वटा सत्र भने गैरसाहित्यिक छन्। ती १६ वटा साहित्यिक सत्र पनि नितान्त साहित्यमा केन्द्रित नभई गैरसाहित्यिक विषय प्रवेश गराइएको छ।

यसैलाई लक्षित गर्दै लेकसिटी कलेज पोखराका उपप्राध्यापक तथा साहित्यकर्मी उमेश रेग्मीले आयोजकप्रति कटाक्ष व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा साहित्य महोत्सवप्रति रोष व्यक्त गर्दै उनले लेखेका छन्, ‘एक दिन गएँ, तर मजा आएन। साहित्यभन्दा धेरै राजनीतिक गफ।’

पोखरामा आयोजित साहित्य महोत्सवमा पोखराको विकास र समृद्धिमा साहित्यको महत्वबारे छलफल हुनुपर्थ्यो। यहाँको पर्यटन प्रवर्द्धनमा साहित्यको भूमिकाबारे बहस हुनुपर्थ्यो, तर त्यसबारे एउटा पनि बहस भएन। त्यति मात्र होइन, महोत्सवमा पोखरा र आसपासका बाजा, धुन र संस्कृति प्रदर्शन गरेर महोत्सवलाई थप रौनकता थप्न सकिन्थ्यो।

वरिष्ठ साहित्यकार एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव तीर्थ श्रेष्ठ पोखरामा साहित्य महोत्सव हुनु सकारात्मक भएको बताउँछन्। तर कमीकमजोरी देखिएको स्वीकार्दै उनले भने, ‘निश्चित रूपमा केही न केही कमीकमजोरी देखिएका छन् त्यसलाई सुधार्दै र सुध्रिँदै लैजानुपर्छ।’ पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप) का कार्यवाहक अध्यक्ष लक्ष्मण थापा पनि साहित्य महोत्सव बहकिएर गैरसाहित्यिक बहसमा केन्द्रित भएको टिप्पणी गर्छन्। वास्तवमा भन्ने हो भने यो साहित्यिक महोत्सव नै होइन कि भन्ने भान हुन थालेको छ। उनले भने, ‘त्यही भएर हामी साहित्यिक सत्रमा सहभागी हुन्छौँ। अन्य गैरसाहित्यिक सत्रमा सहभागी पनि हुँदैनौँ र चासो पनि राख्दैनौँ।’ साहित्य महोत्सव नितान्त साहित्यिक विषयमा केन्द्रित हुनुपर्ने आफूहरूको चाहना भए पनि आयोजकले आफूहरूलाई महत्व नदिएको ती व्यक्तिको भनाइ छ।

निजी क्षेत्रबाट भएको साहित्य महोत्सवले गैरसाहित्यलाई प्रोत्साहन गरेपछि साहित्यकर्मीहरू असन्तुष्ट छन्। उनीहरू यस्ता कार्यक्रम सरकारी निकायबाट हुँदा प्रभावकारी हुने बताउँछन् तर खुलेर भने बोल्दैनन्। साहित्य, संगीत, नाटकलगायतको विकासका लागि भनेर तीनवटै तहका सरकारले प्रज्ञा प्रतिष्ठान गठन गरेका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठान अहिले पनि अस्तित्वमा छन्।

तर ती तीनवटै प्रतिष्ठानलाई मात्र होइन पोखरामा भएका अन्य दर्जनौं साहित्यसम्बन्धी संघसंस्थालाई बाइपास गरेर साहित्य महोत्सव आयोजना गरिँदै आएको उनीहरूको भनाइ छ। पोयुसाँपका अध्यक्ष थापा आफूहरूलाई बाइपास गरेर कार्यक्रम भएको स्वीकार्छन्। ‘हामीसँग खासै छलफल हुँदैन। हामीलाई सहकार्य गरौं पनि भन्दैनन् र कार्यक्रमको तालिकाबारे छलफल एवं सरसल्लाह पनि लिँदैनन्’, उनले भने।

पोखरामा भएको साहित्य महोत्सवमा पोखराको पर्यटन, विकास र समृद्धिबारे चर्चा नहुनु कमजोरी भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन्। साहित्यका माध्यमबाट पोखराको पर्यटनमा टेवा पुगोस् भन्ने हाम्रो अपेक्षा हो’, उनले भने, ‘त्यसमा तपाईंहरूको अपेक्षा के हो? साहित्यले कसरी सघाउन सकिन्छ भन्नेबारेमा एउटा सत्र चलाइनुपर्थ्यो, तर त्यस्तो भएन।’ आयोजकसँग पर्यटन व्यवसायीको पहुँच नपुग्दा यो विषय छुटेको हो कि भन्ने लागेको उनको बुझाइ छ।

हुन त साहित्य महोत्सवमा काठमाडौं हाबी भएको आरोप पनि लागेको छ। केन्द्रित मानसिकताबाट ग्रसित आयोजकले अधिकांश वक्ता र सहजकर्ता काठमाडौंबाट ल्याउँदा मोफसलकालाई ‘खाली ठाउँ भर’ भने जसरी प्रयोग मात्र गरिएको टिप्पणी पनि हुने गरेको छ। तर आयोजक बुकवर्म फाउन्डेसनका अजित बराल भने सो आरोपको खण्डन गर्छन्। ‘विषय र व्यक्तिमा विविधता खोज्दा त्यस्तो देखिएको हुन सक्छ’, उनले भने, ‘साहित्यिक महोत्सव भए पनि तात्कालिक मुद्दामा बहस गर्ने पनि उद्देश्य हो। त्यसैले कसैकसैलाई गैरसाहित्यिक सत्र बढी भयो भन्ने लागेको हुन सक्छ।’ तर आगामी दिनमा यसलाई सुधार्दै लैजान सकिने उनले बताए। ‘अहिले नपुगेका कुरा अर्को महोत्सवमा थप्न सकिन्छ’, उनले भने, ‘यसलाई सुझाव मानेर सुधार्ने प्रयत्न गर्छौं।’

उनले पोखराको विषय र व्यक्ति नपरेको भन्ने गुनासोको पनि खण्डन गरे। ‘आरोपलाई अन्यथा मान्नुपर्छ भन्ने मलाई लाग्दैन, उनले भने, ‘तर हामीले करिब-करिब एकतिहाइ व्यक्ति पोखराकै राखेका छौँ। कार्यक्रममा गुणस्तर कायम गर्ने प्रयत्न गर्दा पोखराको स्रोत, साधन प्रयोग भने कम प्रयोग भएको हुन सक्छ।’
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
६ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस