वालिङमा पनि ‘ब्याक टु नाइन्टिज’ ले पायो दर्शकको अभूतपूर्व साथ
०२ चैत्र २०८१
•
३ मिनेट पाठ
वालिङमा पनि ‘ब्याक टु नाइन्टिज’ ले पायो दर्शकको अभूतपूर्व साथ
सांगीतिक विरासत फर्काउन पोखराबाट सुरु भएको ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम स्याङ्जाको वालिङमा आयोजना गरिएको छ। पोखराको अपार सफलतापछि देशव्यापी अभियान सुरु गरेको ‘ब्याक टु नाइन्टिज’ को यो दोस्रो प्रस्तुतिले पनि दर्शकको अभूतपूर्व साथ पाएको हो।




चेम्बर अफ कमर्स वालिङको आयोजनामा जारी ‘प्रथम पिङ्क सिटी महोत्सवको अवसर पारेर आयोजित ‘ब्याक टु नाइन्टिज’ मा करिब १० हजार दर्शक सहभागी भए। ९० को दशकमा उदाएर राष्ट्रिय÷अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोन्ड ब्यान्ड वालिङमा गुन्जिँदा दर्शक मन्त्रमुग्ध भए।

साँझ करिब ५ः३० बजेदेखि ‘ब्याक टु नाइन्टिज’ का कलाकार स्टेज चढ्न सुरु गरे। कार्यक्रम सञ्चालक मनकुमार श्रेष्ठले ब्यान्डहरूको नाम भन्नेबित्तिकै दर्शकको सहमतिमा हुटिङ आइरह्यो। सुरुमा स्टेज चढेका भेगाबोन्ड ब्यान्डका श्यामसुङ तामाङलाई दर्शकले न्यानो माया दर्शाए। प्रस्तुतिको पहिलो गीत ‘जीवन हो घामछायाँ’ लाई दर्शकले पनि उनीसँगै गीत गाएर साथ दिए।

दोस्रो प्रस्तुतिका रूपमा देउराली ब्यान्डका शान्तराज बज्राचार्यले ‘ढुंगेसाँघुको मेलामा’ गाउँदा होस् वा ‘लुकीचोरी’ लगायतका आधा दर्जन गीत गाउँदा दर्शक मन्त्रमुग्ध भइसकेका थिए। तेस्रो प्रस्तुतिका रूपमा ब्रोसिस ब्यान्डका प्रकाश रानाले ‘बस सुन्दरी’, ‘चाइना कम्पनी’ लगायत गीत गाउँदा दर्शकले भरपूर मनोरञ्जन लिए। चौथो प्रस्तुतिका रूपमा लेकाली ब्यान्डका हर्कराज गुरुङ (भाइ) र नविन गुरुङले ‘यो मुटुमा’, ‘पहिलो नजर’ लगायतका गीत गाउँदा दर्शकको हुटिङ पायो।

पाँचौं प्रस्तुतिका रूपमा मध्याह्न ब्यान्डका कर्णदासले ‘मनमनै मनपराइसकेछु’, ‘जिन्दगीको के भरोसा’ लगायतका चर्चित गीत गाउँदा दर्शक नोस्टाल्जिक भए। छैटौं तथा अन्तिम प्रस्तुतिका रूपमा स्टेज चढेका डि–मर्चा ब्यान्डका भाष्करध्वज श्रेष्ठले ‘शिवजीको बस्ती छ’ बाट प्रस्तुति सुरु गर्दा दर्शकको अपार माया पायो। त्यसपछि ‘यो डल्लीले हो मानिन जान’, ‘तारा खस्यौली’ ‘झ्याम्म–झ्याम्म’ लगायतका गीत गाउँदा दर्शकले पटकपटक ‘वान्समोर’ को हुटिङ गुन्जिरह्यो। जहाँ दर्शकले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग सम्बन्ध गर्दै मनोरञ्जन लिएको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले बताए। ‘विगतको समय पुनर्ताजगी हुँदा उहाँहरू मज्जाले झुम्नुभयो अनि रम्नुभयो।’

वालिङमा वालिङ चेम्बर अफ कमर्सको मुख्य आयोजना, ट्रिनिटी क्लब वालिङसँगको सहकार्य र स्थानीय व्यवसायी तथा समाजसेवी विजय मल्ल, विजयविक्रम खाँड, सुनिल खनाल, टेकबहादुर कार्की, वीरेन्द्र केसी र सोनी खानको विशेष सहयोगमा कार्यक्रम भएको हो।

वालिङको कार्यक्रमसँगै ‘ब्याक टु नाइन्टिज’ को देशव्यापी अभियान सुरु भएको छ। ‘ब्याक टु नाइन्टिज’ को तेस्रो एडिसन गोरखामा नयाँ वर्ष २०८२ प्रारम्भको अघिल्लो साँझ चैत ३१ गते, लमजुङको बेसीसहरमा नयाँ वर्ष २०८२ को स्वागतार्थ वैशाख १ गते हुने कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए। त्यसलगत्तै म्याग्दीको बेनी, चितवन भरतपुरको नारायणी किनार, विराटनगर, इलाम, बिर्तामोड, भक्तपुर, ललितपुर र काठमाडौंलगायतका ठाउँमा पनि गर्ने तयारीमा रहेको उनले बताए।

कार्यक्रममार्फत संघले सुषुप्त अवस्थामा रहेका पुराना सांगीतिक ब्यान्डहरूको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै पर्यटनको राजधानी पोखरालाई रिब्रान्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, गीत–संगीतमार्फत निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ। अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धकका रूपमा रहने छ।
अर्को समाचार
‘सिटामोल’ सिनेमाको टिजर सार्वजनिक
१८ असार २०८२
•
१ मिनेट पाठ
‘सिटामोल’ सिनेमाको टिजर सार्वजनिक
आउँदाे साउन २३ गतेबाट प्रदर्शनमा आउने ‘सिटामोल’ सिनेमाको टिजर सार्वजनिक भएको छ। सिनेमाको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ।




‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट सुरु हुने सिनेमाको मर्मस्पर्शी टिजरबाट निर्देशक राज बहादुर सानेले कथावस्तुबारे प्रकाश पारेका छन्। टिजरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतारचढावले दर्शकमा उत्सुकता पैदा गर्न सफल देखिन्छ।

सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन्।

तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोलकुमार कार्की र विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्मातामा छन्।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस