सजिलो
२२ चैत्र २०८१
•
१ मिनेट पाठ
सजिलो
उज्यालो भएदेखि घरमा बिहानी धन्दाको चटारो हुन्छ। दुई साना स्कुले नातिलाई नौ बजे स्कुल पुग्नुपर्छ। उनीहरू भात खाएर दिउँसोका लागि घरमै बनाएको खाजा लिएर जान्छन्। छोरालाई पनि अफिस दस बजे पुग्नुपर्छ।




ऊ पनि भात खाएर नै जान्छ। खाना खाजाको तयारी गर्न समय लाग्छ। मलाई पुजाआजा सकेर भान्सातिर पस्दा नौ बजिसकेको हुन्छ। बुहारीको पनि अफिस जान्छिन्। उनी १२ बजेदेखि तीन बजेसम्म नजिकैको मार्ट पसलमा सामान मिलाएर राख्छिन्। त्यसबाट कमाएको रकम तिमी नै खर्च गर भनेको हुनाले उनले सबै काम भ्याएकी छन्।

बुहारीले सबैतिर भ्याएर काम गरेको देख्दा सासूलाई माया लाग्छ। आफू पनि सकेको  सघाइदिन्छिन्। वल्ला पल्ला घरे सबले भान्छामा सजिलै चाँडै पकाउन मिल्ने आजभोलि बजारमा पाइने वैज्ञानिक  भान्छाका साधनहरू जस्तै राइसकुकर, मसला दाल पिध्ने मिक्सी, पानी तताउने जार आदि किनेर सजिलो पारेको देख्दा उनलाई पनि बुहारीको सजिलोका लागि त्यस्ता सामान  ल्याउन पाए हुन्थ्यो जस्तो लाग्छ तर आर्थिक समस्या सबैको त्यस्तै हो। छोराको कमाइले  केटाकेटी पढाउन ठिक्क हुन्छ भनेर चुप थिइन्।

उनी वृद्धभत्ता पाउँथिन्। तीन महिनाको एकै पटक पाउँदा केही रकम आउँथ्यो। आफूलाई औषािधमुलो किनेर बाँकी भएको नातिहरूको खाजाका लागि दिन्थिन्। नातिहरू खुशी हुन्थे।

आज उनी वृद्धभत्ता लिन कार्यालय गएकी घर फर्किदा ठूलो झोला बोकेर र्फर्किइन्। भान्छामा पसेर बुहारीलाई यो तिमीलाई चाँडो काम गरिदिने विज्ञानले बनाइदिएको सजिलो भान्छाकोठाका साधनहरू’ भन्दै झोला बुहारीलाई  दिइन्। बुहारी अचम्म मान्दै समाएर खोलेर हेर्दा त्यसभित्र राइस कुकर, प्रेसर कुकर र पानी ताउने जग जस्ता भान्छाकाे सजिलो साधन देखेर खुशी भइन्।
अर्को समाचार
मैले सजिलो काठमाडौं-४ छोडेर अप्ठ्यारो बाटो रोजें: गगन
१० माघ २०८२
•
१ मिनेट पाठ
मैले सजिलो काठमाडौं-४ छोडेर अप्ठ्यारो बाटो रोजें: गगन
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले राजनीतिमा सजिलो बाटो छोडेर अप्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन्।




शनिबार काठमाडौंमा आयोजित सर्लाहीका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले परिवर्तन ल्याउन आफूले जोखिमपूर्ण र कठिन बाटो रोजेको बताएका हुन्।

थापाले यसपटकको आम निर्वाचनमा उम्मेदवार चयन गर्दा कांग्रेसभित्र ठूलो सुधार र परिवर्तनको महसुस गरिएको दाबी गरे। विगतका अनुभवहरूलाई चिर्दै यसपटक टिकट वितरण निष्पक्ष भएको उनको भनाइ थियो।

उनले भने, ‘१६५ निर्वाचन क्षेत्रमा २४ घण्टाभित्र उम्मेदवार छान्नुपर्ने दबाब थियो, केही कमी कमजोरी भए होलान्। तर, लामो समयदेखि कांग्रेसलाई बुझेकाहरूले अनुभव गरे, यसपटक टिकट वितरणमा कहीँ कतै एक सुका दामको पनि चलखेल भयो भन्ने अवस्था रहेन। यो सानो कुरा होइन, कांग्रेसभित्रको सुधारको संकेत हो।’

सडकमा युवाहरू मात्र नभई तिनका अभिभावक पनि परिवर्तनको पक्षमा उभिएको भन्दै उनले पार्टीले यो जनभावनालाई बेवास्ता गर्न नमिल्ने बताए। ‘यत्रो कुरालाई देखेको नदेख्दै गर्न पार्टीले मिल्दैन, कम्तीमा हाम्रो पार्टीले मिल्दैन,’ उनले भने।

आफ्नो राजनीतिक संघर्षबारे बोल्दै थापाले भने, ‘यदि महाधिवेशनमा साथीहरूले साथ नदिएको भए आज म पार्टीबाट निष्काशित सदस्यको रूपमा तपाईंहरूकै बीचमा उभिएको हुन्थेँ होला। आफ्नो लडाइँ आफैँ लड्नुपर्छ र नियति आफ्नो हातमा हुन्छ भन्नेमा म विश्वास गर्छु।’

काठमाडौं क्षेत्र नं-४ बाट तीन पटक सांसद निर्वाचित भएको स्मरण गर्दै उनले सर्लाहीका मतदाता र शुभचिन्तकहरूले देखाएको सद्भावप्रति आभार समेत व्यक्त गरे। थापाले आगामि निर्वाचनका लागि सर्लाही-४ बाट उम्मेदवारी दर्ता गराएका छन्।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस