साङ्गीतिक विरासतलाई पुनर्जीवित गर्ने उद्देश्यसहित पोखराबाट सुरु गरिएको अभियान ‘ब्याक टु नाइन्टिज’ को तेस्रो संस्करण लमजुङको बेसीशहरमा उत्साहजनक सहभागिता बीच सम्पन्न भएको छ।
पोखरामा अत्यधिक सफलता पाएपछि देशव्यापी रूपमा विस्तार गरिएको अभियानअन्तर्गत बेसीशहर युथ सोसाइटी, सेरा लमजुङको संयोजनमा आयोजित कार्यक्रम ‘हाम्रो संगीत, हाम्रो अभियान– रक्तदाताको पहिचान’ भन्ने नारासहित सम्पन्न भएको हो। कार्यक्रममा ६ राष्ट्रियस्तरका ब्यान्डहरू एउटै मञ्चमा प्रस्तुत भएका थिए।
तस्बिर: नागरिककार्यक्रमको मूल उद्देश्य रक्त अभावको दीर्घकालीन समाधानका लागि ‘ब्लड डोनर्स एप’ निर्माण गर्नु रहेको आयोजकले जनाएका छन्।
सोही अभियानलाई साङ्गीतिक माध्यममार्फत सशक्त बनाउने प्रयासस्वरूप आयोजना गरिएको कार्यक्रममा डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड जस्ता ख्यातिप्राप्त ब्यान्डहरूले आ-आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरू मन्त्रमुग्ध बने।
तस्बिर: शिशिर गैरेपानी परेपछि खुलेको सोमबार साँझ बेसीशहर साङ्गीतिक वातावरणमा रमायो। कार्यक्रमको सञ्चालन गर्दै सञ्चालक मनकुमार श्रेष्ठले जब व्याण्डहरूको नाम उच्चारण गर्थे, दर्शकहरू हुटिङ गर्दै उत्साह प्रकट गर्थे। गीत सुरू भएलगत्तै दर्शकहरू तालमा नाच्दै, गाउँदै सहभागी थिए।
तस्बिर: शिशिर गैरेडि–मर्चाले ‘शिवजीको बस्ती छ’ र ‘झ्याम्म झ्याम्म’ प्रस्तुत गर्दा दर्शकहरू नाच्न थालिहाले। लेकालीले ‘यो मुटुमा’ र ‘पहिलो नजर’ मार्फत सजीवता थप्यो भने, कर्णदासको नेतृत्वमा रहेको मध्याह्न ब्यान्डले ‘सोँच्दासोँच्दै’, ‘मनमनै मनपराई सकेछु’, ‘जिन्दगीको के भरोसा’ जस्ता भावुक गीतमार्फत दर्शकलाई पुराना सम्झनामा फर्कायो।
तस्बिर: नागरिकत्यसैगरी, ब्रोसिसको ‘चाइना कम्पनी’, देउरालीको ‘ढुंगे साँघुको मेलामा’ र भेगाबोण्डको ‘जीवन हो घामछायाँ’ ले कार्यक्रमलाई थप ऊर्जाशील बनायो।
तस्बिर: नागरिककार्यक्रममा सहभागी अधिकांश दर्शक आफूले बाल्यकालमा सुनेका तथा आफ्ना अभिभावक पुस्ताबाट सुनेका गीतहरूसँग सम्बन्धित भावनामा डुबेका देखिन्थे। संयोजक श्रेष्ठका अनुसार कार्यक्रमले तीन पुस्ताबीच साङ्गीतिक संवाद र अनुभव आदान–प्रदान गर्न सफल भएको छ।
तस्बिर: शिशिर गैरे‘हामीले दर्शकलाई ९० को दशकमा फर्काउने उद्देश्य राखेका थियौं,’ श्रेष्ठले भने, ‘दर्शकले ती समयका गीतसँग आफ्नो बाल्यकाल, वातावरण र सम्बन्ध जोड्न सकेका छन् भन्ने अनुभूति पायौं। नयाँ पुस्ताले पनि ती गीतमार्फत अघिल्लो पुस्ताको सांगीतिक स्वाद र भावना बुझ्न सकेको देखियो।’
उनले ‘ब्याक टु नाइन्टिज’ अभियानअन्तर्गत आगामी संस्करण विराटनगर, भक्तपुर र चितवनमा आयोजना हुने जानकारी दिए।
सङ्गीतको माध्यमबाट देशका पुराना ब्यान्डहरूको पुनर्जीवन, नयाँ पुस्तालाई प्रेरणा, तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन उद्देश्य बोकेको अभियानमा पोखरा महानगरपालिकाले प्रवर्द्धकको रूपमा साथ दिएको छ।
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।
लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।
सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।
जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...